मधेशमा तिला सङ्क्रान्तिको रौनक
मधेश प्रदेशका जिल्लाहरुमा मङ्गलबार तिला सङ्क्रान्ति मनाइने भएकोले यसको यत्रतत्र रौनक छाएको छ ।
कुम्हरौडामा बालबालिकालाई निःशुल्क ट्युसन
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७, कुम्हरौडामा मोबाइलको लत कम गर्न र शिक्षाप्रतिको आकर्षण बढाउन बालबालिकालाई निःशुल्क ट्युसन दिन सुरु गरिएको छ ।
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र
विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा ) चलाएर जीवनमा पुन खुसी फर्काउनुभयो ।
यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार
ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ ।
रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको छ।
देवघाटमा महाउत्सव हुने
तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।
लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु
काठमाडौँ, पुस २९ गते । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिवार साँझसम्म डढेलोबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ । शनिवार दिउँसोसम्म १५ प्रतिशत नियन्त्रणमा आएको थियो । लगभग ७ हजार ८१ संरचना आगोबाट क्षतिग्रस्त भएका छन् । सिन्ह्वाको सहयोगमा
क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने
पश्चिमी सीमा नाका झुलाघाटस्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुलाघाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।
एकमहिने माधवनारायण मेला सुरु (फोटो फिचर)
आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतकाे आठौँ शताब्दीदेखि सुरु भएकाे एकमहिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
माघी मेलामा थारू कलाकार
बाँके, पुस २९ गते । माघी पर्वको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामामा आयोजित माघी मेलामा नाचगान गर्दै स्थानीय थारू कलाकारहरु । तस्बिरः रासस
लड्डु बनाउँदै
महोत्तरी, पुस २९ गते । मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ । तस्बिरः रासस
मुस्ताङबाट देखिएको आकाश
मुस्ताङ, पुस २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस
च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल
भोजपुर, पुस २९ गते । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल । केन्द्र सरकार र गाउँपालिकाको रु. दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस
उखु ढुवानी
सर्लाही, पुस २९ गते । सर्लाहीको हरिवन नगरपालिका–८, बासाटोलमा उखु बयलगाडामा राखेर स्थानीय इन्दुशङ्कर चिनी उद्योगमा लैजाँदै किसानहरू । तस्बिरः रासस
ट्रककाे ठक्करबाट एक युवाको मृत्यु
ट्रकको ठक्करबाट कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
विवाह गर्न सिफारिस अनिवार्य
जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको हो ।
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
धनुषामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ ।
अझै स्तरोन्नति भएन सहीद मार्ग
सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा