• २ माघ २०८१, बुधबार

भैरहवाबाट फ्लाई दुबईको पुनः उडान

blog

गौतमबुद्ध विवमानस्थलमा अवतरण गरेको फ्लाई दुवईको जहाज । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ १ गते । मंसिरको अन्तिम साताबाट उडान रोकेको फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान पुनः थालेको छ । मौसमको कारण देखाउँदै फ्लाई दुवईले उडान रोकेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौं उडान आइतबारदेखि सुरु गरेको हो । उडान थालेको पहिलो दिन आइतबार दुबईबाट ९० जना यात्रु लिएर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको रावतले जानकारी दिनुभयो ।

जहाजमा आएका ९० जना यात्रुमध्ये ८३ यात्रु भने सोही उडानबाट काठमाडौं गएका छन् । यस्तै, १५ जना दुबई जानका लागि भैरहवाबाट प्रस्थान गरेको विमानस्थल प्रशासनले जनाएको छ । सूचना अधिकारी रावतले अब फ्लाई दुवईले नियमित उडान गर्ने जानकारी दिनुभयो ।