बाउन्न करोडको सुन्तला बिक्री
यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
दुई सहकारी ‘मर्ज’
पूर्वी चितवनको रत्ननगर नगरपालिकाका दुई वटा सहकारी संस्था ‘मर्ज’ भएका छन् । टाँडीमा अवस्थित कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबिच मर्ज भएको हो ।
श्रमिकलाई सस्तियो कोरियाको भाडा
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकले विगतभन्दा सस्तो दरमा हवाई टिकट पाएका छन् । सस्तोमा टिकट पाउँदा श्रमिकलाई राहत भएको छ ।
‘कर प्रणाली सुधारमा सिएको भूमिका महत्वपूर्ण’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्ट (सिए) को भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।
महाकुम्भमा दुर्घटना : मृतकका परिवारलाई पच्चिस लाख
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
तीसबर्से सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ ।
ट्रम्पको आदेश रद्द
अदालतले दिएको आदेश शिरोपर गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ ।
संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।
युवालाई उद्यममा जोड्दै कांग्रेस
नेपाली कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसायका सन्दर्भमा नीति निर्माण, सम्भाव्यताको अनुभव र युवालाई उद्यममा उत्प्रेरित गर्ने उद्देश्यसाथ विज्ञसँग विमर्श गरेको छ ।
विमानस्थलको आम्दानी चार सय चौहत्तर
राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी यति नै हो ।
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ ।
प्रेस सेन्टर प्रतिष्ठान प्रदेश अध्यक्षमा दर्नाल
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाल चयन हुनुभएको छ । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंमा भएको अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समृद्धिका लागि नेपालीबिच एकता आवश्यक : प्रमुख भट्ट
तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका लागि सबै नेपाली बिचको एकता आवश्यक हुने बताउनु भएको छ ।
नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै
स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।
पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार र सम्मान
प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । त्यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने प्रेस चौतारी कास्कीले जनाएको छ ।
दशरथ चन्दको जन्मघरमा काव्यगोष्ठी
सहिद दिवसको अवसमा दशरथ चन्दको जन्मघर बैतडीको बस्कोटमा अन्तर्राष्ट्रिय काव्यगोष्ठी आयोजना गरी सहिद दिवस मनाइएको छ । गोष्ठीको उदघाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हरतमसालीले गर्नुभएको छ ।
टुहुरा बालबालिकालाई आवास निर्माण
वैदेशिक रोजगारीमा रहेका युवा र स्थानीय मनकारी युवाको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।
जग्गाको पूर्ण भोगाधिकार गर्न नपाएको मुक्त कमैयाको गुनासो
कोहलपुरका मुक्त कमैयाहरुले हैसियतमा प्राप्त गरेको जग्गाको साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै कानुनी सहायताको माग गर्दै नेपालगन्जका कानुन व्यवसायी र अधिकारकर्मीहरुलाई गुहारेका छन् ।
कनकाईमा गोठ जलेर नष्ट
झापाको कन्काई नगरपालिका –२ सुकेडाँगीमा बिहान आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट आगलागी भएको हो ।
सांसद सूर्य थापाद्वारा टेलिकमको टावर उदघाटन
प्युठानको सरुमारानी गाउँपालिका –५, सौराकोटमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकम तुलसीपुर कार्यालय प्रमुख सन्तोष शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मासहितको उपस्थितिमा संघीय सांसद सूर्य थापाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।
ढिके नुनको प्रयोग बढ्दो
आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ ।
नेपालगन्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण
नेपालगन्जमा नागरिकस्तरबाट रु. एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।
सिरहाका तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।