शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ ।
अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए
काठमाडौँ, माघ १७ गते । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए भने अन्य खोजी भइरहेको बिबिसीले जनाएको छ ।
पहेँलपुर तोरीखेती
बागलुङ, माघ १७ गते । जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा पहेलपुर फुलेको तोरीखेती । फाँटमा धान र तोरीको राम्रो उत्पादन हुने गरेको छ । तस्बिरः रासस
एभोकाडो व्यापार
भोजपुर, माघ १७ गते । भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा रहेको नुयुङ कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको एभोकाडो बजारमा पठाउन ुप्याकेजिङु गर्दै किसान । यहाँ उत्पादनको भएको एभोकाडो भोजपुर सदरमुकामसँगै धरान, विराटनगर, काठमाडाँलगायतमा सहरमा जाने गरेको छ । तस्बिरः रासस
ढुङ्गेधारा
काठमाडौँ, माघ १७ गते । शङ्खरापुर नगरपालिका ७ स्थित साँखु बजारमा रहेको ऐतिहासिक साखास् गास्हिती ढुङ्गेधारा । तस्बिरः रासस
उखु पेल्दै
हलेसी, माघ १७ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पिप्लेबेँसीमा सखर उत्पादनका लागि गोरु नारेर उखु पेल्दै स्थानीय किसान । पिप्लेबेँसीमा उत्पादित सखर औषधीको लागि समेत प्रयोग गर्ने भन्दै नागरिकले खरिद गरेर लाने गरेको किसान बताउँछन् । । तस्बिरः रासस
कर्णाली किनारमा रहेको लाफा गाउँ
सुर्खेत, माघ १७ गते । कालिकोटको पचालझरना गाउँपालिका ४ स्थित कर्णाली नदी किनारमा रहेको लाफा गाउँ र आसपास । तस्बिरः रासस
कालिकोटको लाफा गाउँ
सुर्खेत, माघ १७ गते । कालिकोटको पचालझरना गाउँपालिका ४ स्थित कर्णाली नदी किनारमा रहेको लाफा गाउँ । तस्बिरः रासस
कोहलपुर बजार
बाँके, माघ १७ गते । बाँकेको कोहलपुर नगरपालिका ११ मा अवस्थित कोहलपुर बजार र आसपास । तस्बिरः रासस
तामाङ घरबास भुस्मे गाउँ
लमजुङ, माघ १७ गते । मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे गाउँस्थित तामाङ घरबास गाउँ । यहाँ रहेका घरबास पाहुनाहरुबिच तामाङ परिकारका लागि समेत परिचित छ । तस्बिरः रासस
च्याउको व्यापार
सिरहा, माघ १७ गते । सिरहाको गोलबजारस्थित गुरुधामका कृषकले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजार पठाउन ुप्याकिङु गर्दै। प्रतिकिलो रु १०० मा च्याउ बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः रासस
काउली बिक्री गर्दै कृषक
स्याङ्जा, माघ १७ गते । स्याङ्जाको वालिङ ८ विरन्टारीका किसान दामोदर तिवारी आफुले उत्पादन गरेको काउली ग्राहकको घर(घरमा लगेर बिक्री गर्नुहुँदै । तस्बिरः रासस
चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्छ: मुख्यमन्त्री
राममणि दाहालहेटौँडा, माघ १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले हाम्रो चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने बताउनुभएको छ ।तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६१ (डुलः सा पुखी ल्हो) सोनाम ल्होसारको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले सोनाम ल्होसार पर्वले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।मुख्यमन्त्री लामाले सोनाम ल्होसारको अवसरमा सम्भोटा र नेपाली भाषामा शुभकामना जारी गर्दै आफू नेतृत्वको बागमती प्रदेश सरकार गठन भए पश्चात् बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन यही माघ११ गते मन्त्रिपरिषद्को बैठकको निर्णयबाट कार्यान्वयनमा लैजाने निर्णय गरिएको स्मरण गर्नुभएको छ ।शुभकामना सन्देशमा उहाँले प्रदेशमा तामाङ भाषाको थप संरक्षण एवम् प्रवद्र्वनमा ठुलो टेवा पुग्ने विश्वास लिएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ, ल्होसारले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।मञ्जुश्री पात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने सोनाम ल्होसार पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई तामाङ सेलो भाकामा गीत गाउँदै नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। ’ल्होसार’ तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाउने गर्दछन्। धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्त्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको भन्दै उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।बागमती प्रदेश भित्रका बहुसङ्ख्यक जाति तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको बताउँदै उहाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने सबै जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
भेदभाव होइन सहयोग गरौँ
विद्यालयमा ओहोरदोहोर गर्दा वा कतै जाँदा सडक चोकमा अपाङ्गता भएका बालबालिका बोकेर कतिपय अभिभावकले मागिरहेको वा सँगै राखेर गीत गाइरहेको बेला बेलामा देख्ने गरेका छौँ ।
सत्कर्म मार्ग परिश्रम
यस संसारमा यस्तो कुनै वस्तु छैन जसलाई परिश्रमले प्राप्त गर्न नसकियोस् ।
कर्मको फल (कथा)
कुनै गाउँमा असाध्यै मिल्ने दुई जना साथी थिए । तिनीहरूको नाम श्याम र गोपाल थियो ।
कुखुरे चट (कथा)
धेरै वर्ष पहिलेको कुरा हो । कुखुराका पुर्खा जङ्गलमा बस्थे । उनीहरूलाई धेरै दुःख थियो । बस्ने घर थिएन ।
प्रमुख देवकोटाद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ल्होसार पर्व २०८१ को अवसरमा तामाङ समुदायसहित देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
फिस्टाको बुद्धि (कथा)
जाडो सकिएर गर्मी सुरु हुँदै थियो । एक दिन ऐँसेलु झाडीमा आगो लाग्यो । ऐँसेलु झाडीनजिकै एउटा सानो नदी थियो र त्यसको पारिपट्टि ठुलो जङ्गल थियो ।
ममीको काखमा सरर जिपलाइन
म स्कुल बसमा मामाघरबाट आउने जाने गर्छु । मेरो बाबाममीले अफिसबाट फुर्सद हुँदा मलाई लिन आउनुहुन्छ ।
हुम्लाका पालिका सङ्घीय अनुदान बढी पाउनेमा
सङ्घीय सरकारले स्थानीय तहलाई नयाँ तरिकाले विभाजन गरेर समपूरक अनुदान दिने भएको छ ।
जडीबुटी प्रशोधन केन्द्र अन्योलमा
सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा परेको छ । सङ्घीय सरकारले कर्णाली प्रदेशलाई जडीबुटीको हब बनाउने भन्दै बजेट विनियोजन गरेको छ ।
निर्देशनविपरीत रकम असुल्दै
जिल्ला प्रशासन कार्यालय कालीकोटले रास्कोट नगरपालिकालाई ब्यारेल राखेर यातायातका साधनबाट रकम नउठाउन गरेको निर्देशन नगरपालिकाले अवज्ञा गरेको छ ।
कमला–पथलैया सडक स्तरोन्नतिमा समस्या
सडक मार्गमा रहेका अनेक समस्याले पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डको कामले गति लिन सकेको छैन । आयोजना अन्तर्गतको कमला