फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
निर्दोष बालबालिका पनि कारागारमा
जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयोभने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
खोप अभियानको तयारी पूरा
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लामा ४५ हजार ४६४ जना किशोरीलाई पाठेघर मुखको
स्वास्थ्य जाँच रिपोर्ट अब क्युआर कोडबाटै
अब स्वास्थ्य जाँच रिपोर्ट लिन अस्पतालमा धाउन नपर्ने भएको छ । भरतपुर अस्पतालमा बिरामीले ल्याब परीक्षणका लागि दिएको रिपोर्ट अब क्युआर कोडमै पाउने व्यवस्था मिलाइएको छ ।
दोस्रो पटक क्यान्सरविरुद्धको खोप लगाइने
दोस्रो पटकमा डडेलधुराका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइने भएको छ ।
संविधान संशोधनका विषयमा दलहरु आफैँ अलमलमा छन्ः सांसद बोहरा
काठमाडौँ, माघ १७ गते । अहिले संविधान संशोधनको विषय राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । संविधान संशोधन गर्ने हो भने शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाजस्ता केही महत्वपूर्ण विषयलाई छलफल र बहसमा लैजानुपर्छ । उदाहरणका लागि, प्रदेश, पालिका, वडाको सङ्ख्या घटाउन सकिन्छ । कार्यकारीसहित सङ्घ र प्रदेशमा सानो मन्त्रिमण्डल बनाउन सकिन्छ । सङ्घीयता आफैँमा बेठीक होइन, यसलाई चुस्त, प्रभावकारी र आर्थिक रुपमा धान्न सकिने बनाउन जरुरी भइसकेको छ । अहिले उठेको संविधान संशोधनको मुद्दा सत्ताको खेलसँग जोडिएको भर्याङजस्तो लागिरहेको छ । यो विषय राजनीतिक दलले पर्गेल्न सक्नेजस्तो देख्दिन । वर्तमान सरकार गठन हुँदा नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधनको कार्यसूची अगाडि सारे पनि यस विषयमा दुवै दलका नेताहरु नै अलमलमा रहेको देखिन्छ । कुन विषयमा संविधान संशोधन गर्ने भन्ने यकिन भएको छैन । संविधान संशोधनजस्तो विषयमा देशभित्र राष्ट्रिय सहमति पनि आवश्यक पर्छ । लोकतन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका राजनीतिक दल र त्यसका नेतृत्वले विकास, समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण समेतका अनेकन जल्दाबल्दा विषयमा जनतालाई आश्वस्त बनाउन सकिरहेका छैनन् । मुलुकमा सुशासन कायम गर्न नसक्दा नागरिकमा असन्तुष्टि चुलिएको छ । भ्रष्टाचार मौलाउने, बेथिति बढेका कारण नागरिकमा वितृष्णा उत्पन्न भएको छ । विगतमा राजनीतिक अस्थिरताकै कारण संसद्मा पेस भएका विधेयकलाई सक्रियताका साथ अघि बढाउन सकिएको छैन । कानुन निर्माणमा संसद्ले कछुवाको गतिमा काम गरेको प्रष्टै छ । निर्माण भएका कानुनको कार्यान्वयनको पाटो पनि कमजोर छ । सरकारले कानुन कार्यान्वयन प्रभावकारी रुपमा गर्न सकिरहेको छैन । यसबीच, भूमिसम्बन्धी कानुन संसद्बाट सहजै पारित नहुने देखिएपछि सरकारले अध्यादेशको सहारा लिएको भन्ने लाग्छ । राज्यलाई दूरगामी प्रभाव पार्ने यस्ता विषयमा सरकारले पनि विशेष ध्यान पुर्याउनुपर्छ । जनताको सर्वोच्च संस्था संसद्बाट पर्याप्त छलफल गराएर कानुन निर्माण गर्नुपर्नेमा सरकार अध्यादेशमार्फत राज्य सञ्चालनमा लाग्नु दुःखद् हो । यस्तो क्रियाकलापले स्वयं संसद्लाई कमजोर तुल्याउँछ । संसद् कमजोर हुनु भनेको समग्र लोकतन्त्रमाथि नै प्रश्न उठ्नु हो । सरकार र राजनीतिक दलहरुले सिङ्गो राष्ट्रको स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हो । तर त्यो देखिएको छैन । अझ, सरकार र दलका निर्णय प्रक्रियामा बिचौलिया हाबी हुन थालेको चर्चा छ । सरकार गठनमा होस् वा कानुन निर्माणमा त्यस्ता गतिविधि खुलेआम देखिन्छ । मुलुकमा रोजगारीको सिर्जना नहुँदा युवाको विदेश पलायन तीव्र गतिमा भइरहेको छ । अहिले देशभित्र रोजगारीका अवसर खुम्चिएका छन् । युवालाई देशभित्रै स्वरोजगारमा अग्रसर तुल्याउन र स्वावलम्बी बनाउन राज्यले विशेष ध्यान दिनुको विकल्प छैन । यदि अहिलेकै प्रवृत्ति कायम रहे देशभित्र श्रमशील र ऊर्जाशील युवा भेट्टाउन मुस्किल पर्नेछ । तर यो सङ्गीन विषयमा बेखबरझैँ देखिएका सरकारहरु एकले अर्को दल र सरकारलाई दोषारोपण गर्नमै व्यस्त छन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरण गर्ने लगायतमा राज्यको लगानी बढाउनेतर्फ खासै प्रगति देखिन्न । यी सबै विषयवस्तु भाषणमा मात्रै सीमित रहेको देखिनु विडम्बना हो । भन्नैपर्छ, देश र जनताप्रति इमानदार र प्रतिबद्ध कोही देखिएनन् । कृषि उत्पादनमा ह्रास आएपछि अत्यावश्यक खाद्य सामग्री समेत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । आयात निर्यातको सन्तुलन खल्बलिएको छ । व्यापार घाटा बढेको छ ।सांसद उदयबहादुर बोहराको परिचय विसं २०२४ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरी विसं २०४५ देखि दलीय राजनीतिमा सक्रिय रहनुभएका राष्ट्रियसभा सदस्य उदयबहादुर बोहरा हाल नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी] का केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०५६ मा सल्यान जिल्ला विकास समिति सभापति र २०६४ मा संविधानसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । श्री बोहरा हाल राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सदस्य हुनुहुन्छ ।मुलुकको अहिलेको अवस्था तत्कालै रुपान्तरण होला र समृद्धि हासिल भइहाल्ला भन्ने होइन र यो सम्भव पनि छैन । तर केही हुँदैछ भन्ने आशाको सञ्चार गराउन कम्तीमा राज्यले सक्नुपर्ने हो । हामीसँग युवालाई देशमै रोक्ने कार्यक्रम खोइ रु युवालाई स्वदेशमै रोक्न रोजगारी प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने नीति बनाउन हामीले सकेनौँ । राजनीतिक क्षेत्रमा मात्र हैन, कर्मचारीतन्त्र र समग्र समाजमै पनि भ्रष्टाचार मौलाएको छ । उत्पादन गर्ने किसान र उपभोग गर्ने नागरिक दुवै ठगिएका छन् । यस्ता गतिविधिले खुलेआम प्रश्रय पाएको र दण्डहीनता बढेका कारण समाजका हरेक मान्छेमा इमानदारीको खडेरीजस्तो देखिएको छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सरकारले निर्मम समीक्षा गरी ठूलो प्रतिबद्धताका साथ देश बनाउनेतर्फ लाग्नुपर्छ ।हुनत, सङ्घीय सांसदको मुख्य कार्य देशलाई आवश्यक पर्ने कानुनहरु बनाउने हो । त्यसमा आफ्नो बुद्धिले भ्याएसम्म लागिपरिरहेकै छु । तर, कतिपय अवस्थामा कानुन निर्माणमा समेत दलीय ह्विप मान्नुपर्ने बाध्यता हुन्छ । हामीले धेरै कानुन बनाउन समितिमा बारम्बार छलफल र पैरवी गरिरहेका छौँ । समितिलाई सबल र सक्षम बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुनुपर्छ भनेर लागेका छौँ । सरकारलाई पनि त्यही किसिमको सुझाव दिएका हौँ । खासगरी मुलुकको राजनीतिक स्थायित्व, दिगो शान्ति, विकास र आर्थिक समृद्धिको यात्रामा सबै जिम्मेवार हुनुपर्छ । जनताको सर्वोच्च थलोमा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिका एकै किसिमको भूमिका हुन्छन् र त्यसमा मैले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेकै छु । सल्यानको प्राथमिकता सडकसल्यान जिल्लाको प्राथमिकता सडक सञ्जाल नै हो । राप्ती राजमार्गलगायतका सडकको निर्माण लामो समयदेखि अलपत्र छ । आवश्यक बजेट विनियोजन हुन सकेको छैन । जिल्लाको यस मुख्य सडकको निर्माण पूरा गरेर आमनागरिकको जीवनलाई सहज तुल्याउनुपर्ने अपरिहार्य छ । कृषि उत्पादन बढाउने, उद्योग खोल्ने र रोजगारी प्रवद्र्धन गर्ने कार्यमा सरकारलाई निरन्तर घच्घच्याइरहन्छु ।
‘सम्मानित व्यक्तित्व राजनीतिमा आउनु अनुपयुक्त’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुककै अभिभावक भइसकेका पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताउनुभएको छ ।
राष्ट्रिय निर्माण महोत्सव हुने
निर्माण व्यवसायी सङ्घ मकवानपुर र नेपाल निर्माण व्यवसायी महासङ्घको आयोजनामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण उद्योगको प्रवद्र्धन
विदेश पठाइदिने भन्दै ठगी
विदेश पठाउने नाममा सर्वसाधारणसँग रकम लिएर फरार हुने क्रम अझै पनि रोकिएको छैन ।
हट्दै सौर्य ऊर्जाको बाध्यता
माथिल्लो मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ । तिलिचो तालको आधार शिविर र थोराङ्ला भन्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेपछि यो बाध्यता हटेको हो ।
मलको अभाव
तराई क्षेत्रका किसान यतिबेला मकै खेतीमा हाल्ने युरिया, डिएपी र पोटास मलको पर्खाइमा छन् । पर्याप्त मात्रामा किसानले मल नपाउँदा मकैबोटमा मल हालेर गोड्नसमेत पाएका छैनन् ।
माघेऔँसी मेलामा देशैभरका भक्तजन
पूर्वी नवलपरासीको प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधाम नेपालकै पवित्र तीर्थस्थल हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, माघ १७ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
समृद्धिमै सहिदको सम्मान
जीवको अस्तित्व पृथ्वीमा मात्र छ ।
बिदेसिएका विद्यार्थी फर्काउने विकल्प
विगत तीन वर्षमा उच्च शिक्षा अध्ययन गर्न नोअब्जेक्सनपत्र लिने विद्यार्थीको सङ्ख्या एक लाख १० हजारभन्दा माथि छ ।
देशभर मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अबको बाटो जलवायु कूटनीति
नेपाल सरकारले दोस्रो पटक सगरमाथा संवाद गर्ने निर्णय गरेसँगै जलवायु कूटनीतिका सम्बन्धमा थप चर्चा हुन थालेको छ ।
सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ, माघ १७ गते । राष्ट्रि«यसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभयो । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनामल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने गरिन्छ । “नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ”, अध्यक्ष दाहालले भन्नुभएको छ,“प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस प्रकारका पर्वहरुले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।”
जैविक मलको उपयोगिता
रासायनिक मलको पर्याप्त आपूर्ति नभएर कृषकबाट निरन्तर गुनासो आउनु नियति बनेको छ ।
चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख
काठमाडौँ, माघ १७ गते । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ । तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उहाँले उल्लेख गर्नुभएको छ ।
एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति
काठमाडौँ, माघ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ । सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
महिलाको अर्थपूर्ण सहभागिता
नारीको अवस्थालाई केही नियालेर हेर्ने हो भने निकै विभेदपूर्ण पाइन्छ ।