महोत्तरी समाचारदाता
महोत्तरी, माघ १७ गते । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लामा ४५ हजार ४६४ जना किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले खोप आइसकेको तथा खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत अन्तिम चरणमा रहेको र जिल्लामा दुई चरणमा खोप लगाइने बताउनुभयो ।
खोप अभियान २०८१ सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिको बैठकमा बोल्नुहँुदै उहाँले कक्षा ६ देखि कक्षा १० सम्मका छात्रालाई तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप लगाइने बताउनुभयो ।
उहाँले जिल्लामा रहेका १५ पालिकामा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने एचपिभी खोप अभियान दुई चरणमा गरिने बताउनुभयो । माघ २२ गतेदेखि ३० गतेसम्म जिल्लाको सात पालिकामा तथा फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लाका आठ पालिकामा खोप अभियान चलाइने जानकारी प्रमुख साहले दिनुभयो । पहिलो चरणमा जलेश्वर, मटिहानी, बलवा, मनरासिस्वा, लोहारपट्टी नगरपालिका तथा पिपरा र एकडारा गाउँपालिका गरी सात पालिकामा खोप अभियान चलाइने छ भने दोस्रो चरणमा बर्दीबास, रामगोपालपुर, भङ्गहा, औरही र गौशाला नगरपालिका तथा सम्सी, सोनमा तथा महोत्तरी गाउँपालिका गरी आठ पालिकामा खोप अभियान सञ्चालन हुने छ ।
कार्यव्रmममा नेपालमा पाठेघरको मुखको क्यान्सर हुनुका कारण, रोकथाम, निवारण रणनीतिका साथसाथै एचपिभी खोप अभियान तथा नियमित खोप कार्यव्रmम सञ्चालन कार्य नीतिसम्बन्धी विषयमा समेत छलफल भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णको अध्यक्षतामा भएको कार्यव्रmममा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, गोरखनाथ गणका गणपति विनोद विकास पाठक, प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा. विकास कुमारसाहसहित सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
यसैबिच मटिहानी नगरपालिकाले खोप अभियानबाट नगरपालिकाका एक हजार ८६३ किशोरी लाभान्वित हुने जनाएको छ । मटिहानीमा आयोजना गरिएको एचपिभी खोप सञ्चालनसम्बन्धी कार्यव्रmममा स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले किशोर अवस्थामै लगाइने सिकोलिन खोप ९८ प्रतिशतसम्म प्रभावकारी हुने जानकारी गराउनुहँुदै यसले भविष्यमा महिलालाई एचपिभी खोपबाट हुने पाठेघरको मुखको क्यान्सरलगायत यौनाङ्गमा हुने अन्य समस्याबाट सुरक्षित राख्ने जानकारी दिनुभयो । उहाँले खोप लिने विद्यालय तथा स्वास्थ्य संस्था पुग्ने छात्रा र किशोरीलाई मासिक धर्मसम्बन्धी सफाइको विषयमा पनि जनचेतना दिइने बताउनुभयो । नगरपालिकाले पाठेघरको क्यान्सरसम्बन्धी स्व्रिmनिङ तथा विशेषज्ञ परामर्शसमेत विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो ।
एक लाख किशोरीलाई एचपिभी खोप लगाइने
ढल्केबर समाचारदाताका अनुसार मधेश प्रदेशका तीन लाखभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले तीन लाख ६९ हजार १२४ जना किशोरीलाई माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभी खोप
लगाउने भएको हो । निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले प्रदेशका आठ जिल्लामा खोप कार्यव्रmमका लागि कक्षा ६ का विद्यार्थी (१० वर्ष) र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालयभित्र र बाहिर रहेका किशोरीलाई खोप लगाउने बताउनुभयो । विद्यालयभित्रका दुई लाख ९३ हजार ९१३ जना र विद्यालय बाहिर रहेका ७५ हजार २११ जना किशोरीलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप लगाउनका लागि प्रदेशमा तीन हजार ६७१ वटा खोप केन्द्र तोकिएको छ । त्यति नै सङ्ख्या खोप लगाउने स्वास्थ्यकर्मी तोकिएको छ । त्यस्तै सात हजार ३४२ जना स्वयंसेविका परिचालन गरिने छ भने एक हजार २७४ जना सुपरभाइजर परिचालन गरिने छ ।
धनुषामा सबैभन्दा बढी किशोरी रहेका छन् । विद्यालयमा अध्ययनरत ४३ हजार ६४४ र विद्यालयबाहिरका १२ हजार ६३८ जना गरी कुल ५६ हजार २८२ जनालाई खोप लगाइने छ । त्यस्तै पर्सामा ३८ हजार ६८६, बारामा ४५ हजार ५३५, रौतहटमा ४९ हजार २६९, सर्लाहीमा ५१ हजार ७२४, महोत्तरीमा ४५ हजार २८२, सिरहमा ४५ हजार ४६३ र सप्तरीमा ३६ हजार ७०१ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक श्रवणकुमार नायकले किशोरीको पाठेघर मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही आधारमा आवश्यक जनशक्ति तयार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विज्ञले एचपिभी खोप सुरक्षित रहेको दाबी गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत यो खोप गुणस्तरीय भनेर प्रमाणित गरेको छ । खोप लगाउन डराउनुपर्ने छैन ।” पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन एचपिभी
खोपलक्षित किशोरीले अनिवार्य लगाउनुपर्ने निर्देशक नायकले बताउनुभयो ।