मध्य भोटेकोशीको बिजुली एक महिनाभित्र
नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको छ ।
मुद्दतीमा एक अर्ब पन्ध्र करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब १५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
दुई फर्मलाई जरिबाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले आइतबार दुई व्यापारिक प्रतिष्ठानलाई ५० हजारका दरले आर्थिक जरिबाना गरेको छ ।
सबैको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताउनुभएको हो ।
घरजग्गाको कारोबारबाट २९अर्ब राजस्व सङ्कलन
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा घरजग्गाको कारोबारबाट करिब २९ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।
स्वास्थ्य बिमाका लागि चालिस अर्ब आवश्यक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बिमा सञ्चालन गर्न ४० अर्ब रुपियाँ आवश्यक रहेको बताउनुभएको छ ।
आइपुग्यो पक्षाघातको निःशुल्क औषधी
अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ ।
सत्र आङ्गिक क्याम्पसमा बिथोलियो स्ववियु चुनाव
विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ ।
सगरमाथा संवाद : विश्वव्यापी पथप्रदर्शक रहने
नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करण हिमाल संरक्षण गर्दै नेपाललाई जलवायुजन्य पीडाबाट मुक्त गराउन विश्वव्यापी पथप्रदर्शक रहने सरकार तथा सरोकारवाला निकायले प्रस्ट पारेको छ ।
व्यक्तिगत बचतको सीमा हटाउन प्रस्ताव
सहकारी संस्थाको वर्गीकरणका आधारमा व्यक्तिगत बचत रकमको सीमा तोक्ने सहकारीसम्बन्धी अध्यादेशको व्यवस्थाबाट सरकार पछाडि हटेको छ ।
भ्रष्टाचारको सम्पत्ति जफत गरिँदै
सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ ।
सुकुमवासी भएको सत्तरी वर्षमा जग्गाधनी पुर्जा
७० वर्षअघि बाढीपहिरोले घरबारविहीन भएर सुकुमवासी हुनुभएका ८१ वर्षीय सूर्यबहादुर नेगी अहिले जग्गाधनी पुर्जा पाएपछि फुरुङ्ग हुनुभएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १२ मा विगत ४० वर्षदेखि आफैँले भोगचलन गर्दै आउनुभएको २९९.५८ वर्गमिटर जग्गाको धनीपुर्जा नेगीलाई आइतबार उपलब्ध गराइएको हो ।
घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते
आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् ।
लागुऔषधसहित दुई जना पक्राउ
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित बाँकेका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१ बस्ने २० बर्षीय बिजयजंग शाही र ३० बर्षीय लोकबहादुर सोमै मगर रहेका छन् ।
पानी माग्दै किसानले गरे नदीमा पूजा
ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् ।
फेवातालमा जलकुम्भी सरसफाई गरिदै
पोखराको फेवातालमा रहेको जलकुम्भी हटाउने अभियान पुनः सुरु भएको छ । “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी” भन्ने मूल नारासाथ यस वर्ष जलकुम्भी सरसफाई अभियानको आइतबार शुभारम्भ गरिएको हो ।
राष्ट्रिय परिचयपत्र अब पालिकाबाटै
इलामको सूर्योदय नगरपालिकामा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता वितरणको काम थालिएको छ । आज एक कार्यक्रमबिच सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रको दर्ता स्टेशनको उदघाटन गर्नुभयो ।
कारबाहीबाट २९ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारीसाधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
रास्वपा गैँडाकोट सभापतिमा विमल
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो ।
राप्ती विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो।
‘पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या घट्यो’
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।
गोरखाबाट एसइईमा चार हजार बढी विद्यार्थी सहभागी हुने
गोरखा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
गाजर बिक्रीबाट लाखौँ आम्दानी
हेटौँडा–काठमाडौँ सडकखण्डको भीमफेदीका किसानले गाँजर बिक्री गरेर मासिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका –६ जुरिखेतका किसानले गाजर बिक्री गरेर आम्दानी गर्नुभएको हो ।
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।