• ४ चैत २०८१, सोमबार

मुद्दतीमा एक अर्ब पन्ध्र करोड रुपियाँ लगानी गर्दै राष्ट्र बैङ्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ४ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब १५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा ९२ करोड रुपियाँ, विकास बैङ्कमा १७ करोड रुपियाँ र फाइनान्स कम्पनीमा पाँच करोड ७५ लाख रुपियाँ गरी कुल एक अर्ब १५ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप आगामी चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिन अवधिका लागि राख्न लागेको हो ।