दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने
गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
विद्यार्थी घटेपछि परीक्षा केन्द्र हटाइयो
रुकुमपश्चिममा माध्यमिक तह परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या कम भएपछि परीक्षा केन्द्र घटाइएको छ । यस वर्ष जिल्लाका विभिन्न आठ विद्यालयमा हुने आठ वटा परीक्षा केन्द्र हटाएको हो ।
बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी
नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकको सिफारिसमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
सप्तरीमा एक सय दशमलव ११ हेक्टर वन अतिक्रमित
सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।
सप्तरीमा यस वर्ष आँप उत्पादन कम हुने
सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ ।
नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौं : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको छ ।
बाँके निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान विस्तार गरिने
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसे मैदान क्षेत्र बढाइने भएकाे छ ।
१७ ग्राम खैरो हेरोइनसहित पक्राउ
कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता
नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।
स्वास्थ्य बिमा पाँच लाख पुर्याउन सम्भव छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा पाँच लाख पुर्याउन सम्भव भएको बताउनुभएको छ । आइतबार स्वास्थ्य बिमाको सुधारको लागि गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
कांग्रेसको नेतृत्वमा परिवर्तन सम्भव छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा भएका हरेक परिवर्तन कांग्रेस पार्टीको नेतृत्वमा मात्र सम्भव भएको बताउनुभएको छ ।
ताप्लेजुङ राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्षमा सेन्दाङ
नेकपा (एमाले) सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन हुनुभएको छ ।
कालीगण्डकी कोरिडोर निर्माणमा खटिएका मजदुरको मृत्यु
कालीगण्डकी कोरिडोर अन्तर्गत राम्दी-दर्पुक-रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ ।
कानुन बनाउनभन्दा पनि कार्यान्वयन गर्न चुनौती छ : सांसद विश्वकर्मा
काठमाडौँ, चैत ३ गते । राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसदभित्र देशको हितमा काम गर्न चाहने र नचाहने बीचमा के कस्ता खेल हुने रहेछ भन्ने कुराको पनि केही अनुभूति भयो । मैले सुनेको संसद् र भोगेको संसदमा आकाश पातालको फरक रहेछ । संसद् भनेको जनताको सर्वोच्च निकाय हो । कानुन निर्माण गर्ने थलो हो । संसदमा रहँदा देश र जनताको निम्ति धेरै काम गर्न सकिन्छ भन्ने लागेको थियो । तर संसद्भित्र छिरेपछि सांसदहरु जनतातिर फर्किंदा रहेनछन् भन्ने थाहा भयो ।देश र जनताको निम्ति केही गर्छु भनेर आएका ठूला राजनीतिक दलहरु नै सत्ताको लागि लडाइँ झगडा मात्रै गर्दा रहेछन् । सत्तामा जानका लागि संसदमा दृष्य र अदृष्य दुवै खालका खेल हुँदा रहेछन् । जनताका सवाललाई संसद्मा उठाउने भन्दा पनि सांसदहरूलाई सरकारमै जान हतार हुँदोरहेछ । कानुन निर्माण गर्नेभन्दा पनि सांसदहरूले व्यक्तिगत र पार्टीगत स्वार्थमा मात्रै केन्द्रित भएको पनि देखियो । संसदमा बहुमत र अल्पमतको खेल हुने भएकाले पनि होला जुन पार्टीको बहुमत छ, उसले जे गरेपनि हुँदोरहेछ । बहुमत हुनेले आफू र आफ्नो पार्टी अनुकूल कानुन बनाए पनि हुँदोरहेछ । संसद् भनेको जालजेल गर्ने थलो पनि रहेछ । ठुला दल भन्ने अनेक स्वार्थकाबिच सरकारमा जाने र बाँडेर खाएको पनि देखियो । त्यसैले मेरो सोचाइको संसद् र भोगेको संसद्मा अत्यन्तै फरक पाएँ । संविधान कार्यान्वयनको अवस्था हेरौँ त । यो अत्यन्त फितलो छ । संविधान अनुसार केही हदसम्म कानुन बनेका छन् तर बन्नुपर्ने अत्यन्त आवश्यक कानुन अहिले पनि बन्न सकेका छैनन् । त्यसमा पनि मुख्य समस्या कार्यान्वयनमा छ । ऐन कानुन नभएको होइन । राम्रा ऐन कानुन पनि छन् । तर कार्यान्वयन पटक्कै भएको जस्तो लाग्दैन । २०६८ सालमा जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) ऐन जारी भएको आज १३ वर्ष हुँदा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जातीय भेद्भाव तथा छुवाछूतको बहानामा दलितहरू पीडित भएकै छन् । पीडक खुलेआम हिँडिरहेका छन् । उनीहरूलाई कुनै कारबाही हुँदैन । यतिसम्म कि ऐन लागु भएको १३ वर्ष हुँदा पनि प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता जनाइरहेको छ । अनि ऐन मात्रै बनाएर हुन्छ ? त्यसको व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन हुनुपर्दैन ? सोजुकै सत्तामा गएपनि भएका कानुनको इमानदारिपूर्वक प्रभावकारी कार्यान्वयन गरिरहेका छैनन् । कुनै एउटा दल होइन, सत्तामा गएपछि जुन दलले पनि कानुन कार्यान्वयनमा ध्यान दिएको पाइन्न । कानुन कार्यान्वयनमा अरुचि र उदासिनता देखिन्छ । यद्यपि हामी दलित समुदायको प्रतिनिधित्व गर्ने सांसदहरूले दलित समुदायका विषयवस्तु संसदम उठाइनै रहेका छौँ । धारा २४ र धारा ४० लाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भनिरहेका छौँ । तर सरकारले टेर्दैनन् । कानुन त सम्बन्धित मन्त्रालय वा मन्त्रीले ल्याउने हो । दलितका बारेमा कानुन बनाउनेतर्फ उनीहरूको ध्यान गएको छैन । हामीले दलित कार्ययोजना तयार गरेर पनि सरकारलाई दिएका छौँ । दलित समुदायको सम्बन्धमा छुट्टै एकीकृत कानुन बन्नुपर्छ भनेर पनि हामीले विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रतिवेदन पनि बुझाएका छौँ । संविधान संशोधनको नाममा सदनबाट पारित गर्न नसक्ने विषयवस्तु पेस गर्नुहुँदैन । अध्यादेशमार्फत् जथाभावी विधेयक संसदमा ल्याउने काम पनि भएको छ । संसद् हुँदाहुँदै सरकारले अध्यादेश ल्याउनु खतरापूर्ण छ । सङ्घीयता यो देशले धान्न सक्दैन भनेर हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै विरोध गर्दै आएको हो । यति सानो देशमा सङ्घीयताको केही अर्थ छैन । अहिले बल्ल कतिपय दलका लागि घाँडो जस्तै भएको छ, तर बोल्न सकेका छैनन् । सङ्घीयता आवश्यकताभन्दा पनि विदेशीको इसारामा ल्याइएको हो । सिंहदरबारको एउटा सरकार चलाउन नसक्नेले विदेशीसँग ऋण काढेर आठ आठ वटा सरकार चलाउन सक्छ रु विगत फर्केर हेर्ने हो भने सङ्घीयताका निम्ति भनेर कुनैपनि आन्दोलन भएनन् । जनताले सङ्घीयता चाहिन्छ भनेर कहिल्यै भनेका छैनन् । सङ्घीयता कुनै पनि राजनीतिक दलको घोषणापत्रमा थिएन । त्यसैले यो सङ्घीयता खारेज हुनुपर्छ भन्ने हाम्रो पार्टीका माग छ । सुशासनको निम्ति बनेका कानुनलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्छ । सदाचार नीतिलाई पालन गर्नुपर्यो । सरकारमा रहेका मन्त्रीहरू पारदर्शी हुनुपर्छ । दलका नेताहरू पारदर्शी हुनुपर्छ । संविधानमा समावेश नभएका महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्रको थप अधिकारलाई संशोधन गरेर समावेश गर्नुपर्छ । त्यसको निम्ति संविधान संशोधन गर्न जरुरी छ । सरकारमा जाने भनेको कमाउन जाने होइन । आफ्नालाई जागिर लगाइदिन जाने होइन । त्यहाँ त जनताको सेवा गर्न जाने हो । युवा पलायनलाई रोक्नका लागि देशमा उद्योगधन्दाको विकास गर्नुपर्यो । देशमा एउटा उद्योग नखोल्ने, अनि युवा विदेशतिर छिरे भनेर हुन्छ सरकारले कलकारखाना खोल्नुपर्यो । भएका उद्योग सबै बन्द गरेर देशभित्र युवा कसरी बस्छन् ? नेपालले विद्यमान शिक्षा प्रणालीमा व्यापक सुधार गरी व्यावसायिक शिक्षामा जोड दिनुपर्छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । रासस
एक कट्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु
शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कट्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातका आलु खेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो ।
गण्डकी खेलकुदको राजधानी बन्न सक्छ: सञ्चारमन्त्री गुरुङ
कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब त्यसतर्फ सङ्घीय र प्रदेश सकार तथा स्थानीय तहले ध्यान दिन जरुरी छ । ”उहाँले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि पहल भइरहेको बताउनुभयो। “सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा आइसकेको छ,”उहाँले भन्नुभयो,“ विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति भएको छैन, प्रदेश सरकारले यसमा चासो दिनुपर्दछ ।” गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममालाई तीव्रता दिने प्रयास थालिएको बताउनुभयो । सार्वजनिक सेवा प्रभावकारी बनाउन अध्यादेश ल्याउन लागिएको बताउँदै कर्मचारीलाई देश र जनताप्रति उत्तरदायी बनाउनेतर्फ पनि सरकारले कदम चाल्ने उहाँको भनाइ छ ।
ग्यास सिलिन्डर पड्केर तीन घाइते
अविनाश चौधरीधनगढी, चैत ३ गते । कैलालीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीका मीना खड्का, उहाँकी छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी घाइते भएका हुन । उहाँहरू तीनै जनाको धनगढीकै विसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि पड्किएको थियो । घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
होली खेल्ने क्रममा छुरा प्रहार, एक युवकको मृत्यु
लक्ष्मी चौधरीजनकपुरधाम, चैत ३ गते । जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ होली खेल्ने क्रममा विवाद हुँदा लक्ष्मण महतोका छोरा धर्मेन्द्रले पप्पु यादवका छोरा आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।घटनामा संलग्न भएको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरी कार्यालय धनुषाले मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाम मै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइए पनि जनकपुरधाममा भने शनिबार मात्र होली मनाइएको थियो ।
हात्ती नियन्त्रणको योजना ल्याउन माग
झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरेको छ । जङ्गली हात्तीको आक्रमणमा
‘शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनु पर्छ’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।
एकै दिन तीन सयभन्दा बढी सवारी साधन कारबाहीमा
मधेश प्रदेशमा शुक्रबार होलीपर्वको दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ३१७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५७ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
जनता आवास कार्यक्रमबाट विपन्नलाई घर
घर बनाउन नसक्ने विपन्न, दलित, लोपोन्मुख, सीमान्तकृत, अल्पसङ्ख्यक समुदायलाई सरकारले जनता आवास कार्यक्रमबाट घर उपलब्ध गराएको छ ।
तरकारी किनमेल
काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिका १६ स्थित माछापोखरी सडक छेउमा आइतबार बिहान तरकारी किनमेल गर्दै सर्वसाधारण । तस्बिरः रासस
हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु
मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले