• ३ चैत २०८१, आइतबार

हात्ती नियन्त्रणको योजना ल्याउन माग

blog

दमक समाचारदाता

दमक, चैत ३ गते  । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरेको छ । 

जङ्गली हात्तीको आक्रमणमा परेर केही समययता कमल गाउँपालिकामा चार जनाको ज्यान गइसकेकाले सो पालिकाले प्रधानमन्त्री ओलीलाई यस्तो कार्यक्रमको माग गरेको हो ।

दिनहुँजसो जङ्गली हात्ती मानव बस्तीमा पसेर जनधनको क्षति पु-याउन थालेको बताउँदै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस्तो माग प्रस्तुत गर्नुभएको हो । पूर्वपश्चिम राजमार्गको उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलबाट हात्ती गाउँबस्तीमा पस्ने गरेका छन् ।

अध्यक्ष राईका अनुसार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर लिखित रूपमा गाउँपालिकाका तर्फबाट हात्ती नियन्त्रणका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउन माग गरिएको हो । उहाँले भन्नुभयो, “हात्ती समस्या सामधानका लागि दीर्घकालीन योजना ल्याउन माग गरेका छौँ ।