• १७ चैत २०८२, मङ्गलबार

प्रतिकूलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

blog

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल

काठमाडौँ, चैत १७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उहाँले अहिलेको प्रतिकूलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउनुभएको हो ।

देशका हरेक संकटमा नेपाली कांग्रेससँगै रहेर एकजुट रहेको भन्दै उहाँले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गर्नुभएको छ ।

अहिलेको प्रतिकूलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उहाँले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गर्नुभयो ।

‘‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’’ उहाँले भन्नुभयो, ‘‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’’

महामन्त्री पौडेलले कांग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताउनुभयो । ‘‘र, यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’’ उहाँले  भन्नुभएको छ ।