लेबलबिनाका वस्तु जफत गर्ने चेतावनी
सरकारले लेबलबिनाका वस्तु बजारमा पठाएमा जफत गर्ने चेतावनी दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २० गतेपछि बजारमा लेबल नभएका वस्तु भेटिएमा जफत तथा सम्बन्धित उत्पादक उद्योगलाई कारबाही हुने जानकारी गराएको हो ।
विश्व बैङ्कको बिस अर्ब चालिस करोड सहयोग
तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि विश्व बैङ्कले २० अर्ब ४० करोड रुपियाँ प्रदान गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।
पाँच सय दरका तेइस करोड नयाँ नोट छापिँदै
बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ ।
सन्चोको उत्पादन अन्योल
काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँ रुपियाँको सामान नष्ट भएको छ । राजावादी समर्थकले गत शुक्रबार गरेको तोडफोडका कारण कम्पनीको उत्पादन बन्द भएको हो ।
राकम कर्णालीमा स्याटेलाइट अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले दैलेखको आठबिसकोट नगरपालिका राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
अराजकको संयुक्त प्रतिवाद
नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
एघार जनाविरुद्ध राजद्रोहको अभियोग
राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।
व्यक्तिको मुद्दामा संसद् बन्धक
एक जना कर्मचारीको सवालका पछाडि प्रतिपक्षी लाग्दा जरुरी विधायिकी कार्यसम्पादन गर्नुपर्ने सङ्घीय संसद्का दुवै सदन ‘बन्धक’ बनेका छन् ।
वरिष्ठ पत्रकार कोइरालाको निधन
वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
उच्च अदालत हेटौंडा इजलासमा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट
बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित उच्च अदालत पाटन हेटौंडा इजलासले चालू आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
करेन्ट लागेर एकको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका –१, हजार बिघामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
वडाध्यक्षसहित तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले एकजना वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ रहेका छन् । त्यस्तै, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पनि पक्राउ परेका छन् ।
बगमबेली फूलमा मोहित स्थानीय
तुलसीपुर उपमहानगरपालिका ९ स्थित कृष्ण मन्दिरको ओरालोमा केशर शाहीको घरको फूलबारीमा अहिले बगमबेली फूल फुलेर मनमोहक वातावरण बनाएको छ । फूलले आफ्नो आकर्षक रंग र बगमबेलीको अनौठो फूलझरिका कारण स्थानीय र बाह्य पर्यटकहरूको मन तानेको छ ।
सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्न माग
नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
हिंसाविरुद्ध पोखरामा नागरिकको धर्ना
अराजकता र हिंसाका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठमाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित दुई जनाको ज्यान जानेगरी भएको हिंसाविरुद्ध धर्ना दिएका हुन् ।
सामुदायिक वनमा आगो लगाउने एक पक्राउ
सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो : सभापती देउवा
नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ ।
'गणतन्त्रकाे संरक्षण पत्रकारिता क्षेत्रले गर्नुपर्छ'
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।
नेप्से परिसूचक २९ अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ ।
शतप्रतिशत अनुदानमा सिँचाइ यन्त्र उपकरण वितरण
कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ ।
उच्च स्तरीय छानबिन समिति गठन गर्न माग
सुदूरपश्चिम प्रदेश दीगो वन व्यवस्थापन विधेयकलाई लिएर ठुलो आर्थिक चलखेल भइरहेको भन्दै प्रतिपक्षी दलले उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
केबुलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो ।
कालोपट्टी बाँधेर पत्रकार हत्या र आक्रमणको विरोध
गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरोधमा रामेछापको पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।
विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने
विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।