स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन
धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो ।
खुला व्यायामशालातर्फ सर्वसाधारणको आकर्षण
तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो ।
दैलेखमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई
पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।
फोहोर फाल्ने खोला सौन्दर्य स्थल
चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको छ । कुनै समय यो खोला नारायणगढ बजारसहित वरपरबाट पौडी खे
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
तीन कृतिलाई फेडोल सम्मान
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन कृतिका लेखकलाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरिएको हो । प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्नुभएको हो ।
पुनर्जन्मको कथा ‘काँचो धागो’
नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।
सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने
अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । विभागले श्वेतपत्रको ढाँचासमेत सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी संस्थाका सदस्यले संस्था नै नचिन्ने, संस्था नदेख्ने, सञ्चालकलाई पनि राम्ररी नचिन्ने अवस्थाले गर्दा सहकारीमा समस्या आएको आमगुनासोका आधारमा विभागले यस्तो व्यवस्था गरेको हो ।
पूर्वाधारको प्रतीक्षामा सुतैया ताल
बाँकेको बैजनाथ गाउँपालिका–३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाइ बन्दै गएको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अतिनै रमणीय भएकाले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वनजङ्गलको आनन्द लिनेहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्धन गर्दै आएको छ ।
ऊर्जाविज्ञमा अधिकारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीपरिषद्को भदौ १३ को बैठकले उहाँलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरेको हो । इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी करिब तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ । काभ्रेको रोशी गाउँपालिका–९ का अधिकारी ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिनुहुन्छ । नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।
पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनु पर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालयको संरक्षण, प्रवर्धन र पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा शनिबार सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री भट्टराईले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन अभाव रहेको उल्लेख गर्दै कानुन बनाउन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हिमाल चढ्न ३६ जनाले पाए अनुमति
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् । विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”
‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको लाइसेन्स दिन थाले पनि त्यसै बेलादेखि यो समस्या जटिल बनेको हो । स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरेर राजस्वसमेत तिरेर लाइसेन्स पाउने पालो कुरेका सेवाग्राही १६ लाख छन् । सावरीचालक अनुमतिपत्रका लागि लिइने लिखित, प्राविधिक जाँच र प्रयोगात्मक परीक्षा पास गरेर लाइसेन्सको कार्ड पाउन तीन वर्षसम्म कुर्नु परेको छ ।
शिवपुरीमा बढ्यो चरा संरक्षणको चुनौती
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ झन्डै ८० प्रजातिका नयाँ चरा थपिएका छन् । सन् २०१५ मा नेपाल पन्छी संरक्षण सङ्घले निकालेको सूची अनुसार शिवपुरी क्षेत्रमा ३१८ प्रजातिका चरा थियो । बढेका चरा कसरी जोगाउने भन्ने चिन्ता संरक्षणकर्मीमा थपिएको छ ।
पुस्तकालय सञ्चालन नीति अभाव छ : मन्त्री भट्टराई
१७ औँ पुस्तकालय दिवस आज एक समारोहबिच सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा दिवस मनाइएको हो ।
देशले नदेखेको नार्पाभूमि
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो, मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । यहाँ पुग्न मात्रै दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
महले बजार नपाएको भन्दै मन्त्रीको ध्यानाकर्षण
चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् ।
कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरीबाट
चितवनको एक मात्र कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरी चौकीले गर्दै आएको छ । जिल्लाको संवेदनशील क्षेत्र भए पनि वर्षौँदेखि अस्थायी प्रहरी चौकीको भरमा सुरक्षा प्रदान भइराखेको हो ।
मन्त्री दाहालद्वारा पृथ्वीराजमार्गको निरीक्षण
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पृथ्वीराजमार्ग निर्माणको काम छिटो सक्न निर्देशन दिनुभएको छ ।
तिजको खर्च कटाएर बिरामीलाई आर्थिक सहयोग
महिलाको महान् पर्व तिज आउनु अघि नै अधिकांश महिला सम्बद्ध सङ्घ संस्थाहरूले ठुला होटलमा दर खाने नाममा पार्टी गरेर लाखौँ रुपियाँ खर्च गरिरहेका छन् ।
न्यायको पर्खाइमा द्वन्द्वपीडित, नवलपुरमा २५ अझै बेपत्ता
नवलपुरका द्वन्द्वपीडित परिवारले दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित भएर अझै पनि न्याय पाउन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
होटल रेस्टुरेन्टमा अनुगमन, ५७ किलो मासु नष्ट
नवलपुर सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टमा अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको टोलीले होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको हो ।