बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
नयाँ वर्ष २०८२ सालको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
सुख्खा पहिरोले लाखौँको क्षति
ताप्लेजुङमा सुख्खा पहिरो झरेर घर पुर्दा लाखौँको क्षति भएको छ ।
विश्वशान्तिको कामना गर्दै फूर्दाेक पूजा
विश्वशान्तिको कामना गर्दै सुनसरीको वराहक्षेत्रामा (फुर्दोक) पूजा सुरु गरिएको छ । रिनछिन छवोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा सप्तव्यापी पूजा पाठ र प्रवचन हुँदै आएको हो ।
टेलिश्रृंखला ‘गाउँ फर्क’ आज साँझ देखि प्रसारणमा आउँदै
काठमाडौँ, वैशाख १ गते । रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसँग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को आजबाट प्रसारणमा आउने भएको छ । धनकुटाको झिलिमिलेमा छायाङ्कन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ बस्तीहरू,नझेलिएका चाडपर्व, रीतिरिवाज, कला संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरित्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरी निर्माण भए तापनि उपयुक्त समयाभावका कारण हाललाई ुगाउँ फर्क युट्युब च्यानल मार्फत आज बेलुका साँझ ७ः३० बजे प्रसारण गरिने जानकारी निर्माता एलबी कटवालले जानकारी दिनुभयो । मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश मूलक उद्देश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई विश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन्। शङ्कर अधिकारी घायलको शब्द,विकास चौधरीको सङ्गीत, नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत, अशोक सिवाकोटी, मेलिना ठकुरी, दिवाकर घिमिरे, इच्छा सिंह ठकुरी, प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगायत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।गीताञ्जली योगीको शृङ्गार, राहुल राईको छायाङ्कन रहेको टेलिश्रृंखलाको शृङ्खला निर्देशक चन्द्र भण्डारी हुन् ।
‘योग्य व्यक्तिले अवसर पाउँछन् भन्ने वातावरण सिर्जना गर्नुपर्छ’: सांसद प्रधान
काठमाडौँ, वैशाख १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद ध्रुबबहादुर प्रधानले संविधान संशोधन गर्र्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विसं २०५६ देखि राजनीतिमा सक्रिय उहाँले न्यायाधीशको सवालमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ । सांसद प्रधान नेकपा माओवादी विद्रोहको समयमा नेपाल प्रहरीको प्रमुख हुनुहुन्थ्यो ।तीन दशकसम्म देशको सेवा गर्दै आफ्नो जीवनको अधिकांश समय नेपाल प्रहरीमा बिताउनुभएको उहाँ नेपाल प्रहरीको वरिष्ठ पद अतिरिक्त प्रहरी महानिरीक्षक (आइजिपी) सम्म पुग्न सफल हुनुभएको थियो । प्रतिनिधिसभाका सांसद प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश ।संविधानका अन्य धेरै प्रावधान संशोधन गर्नुपर्ने देखिन्छ । हाम्रो पार्टीले राजसंस्थाको कुरा गर्दै आएको छ । हामीले राजसंस्थासहितको गणतन्त्र पनि भनेका छौँ । हिन्दू राष्ट्रको पुनःबहालीको सवाल पनि हाम्रो पार्टीले उठाउँदै आएको छ । अर्को, सङ्घीयता अत्यन्त खर्चिलो छ । त्यसलाई पनि संशोधन गर्नुपर्ने छ । प्रदेश सरकारलाई तलब मात्रै दिने काम भएको छ । सरकार आफ्नो अनुकूलतामा मात्रै नभएर सबै पार्टीको कुरा सुनेर संविधान संशोधन गर्नुपर्ने हुन्छ । जनताको चाहना बमोजिम संशोधन गर्नुपर्छ । जनतालाई सुशासन दिने सवालमा सरकारको नेतृत्वकर्ताको ठूलो भूमिका हुन्छ । सुशासनको सन्दर्भमा पार्टी र सरकारको प्रवृतिमा भरपर्छ । पहिला पहिला मरेपछि नर्कमा गइन्छ, भन्ने डरले पनि मानिसले भ्रष्टाचार गर्दैन थिए । यो आध्यात्मकतासँगै जोडिएको कुरा पनि भयो । सनातन धर्म अनुसार पनि हामीलाई गाइड गरेको थियो । तर अहिले मानिसलाई आर्थिक अनियमितता गर्न कुनै डर छैन । जनतालाई सुशासन दिने सन्दर्भमा दलहरुले सम्बोधन गरेको पाइँदैन । सरकारमा रहेका मन्त्रीहरु नै भ्रष्ट्राचारमा मुछिएको देखिन्छ । प्रतिनिधिसभा कानुन निर्माणमा त्यति सक्रिय भएको देखिँदैन । राष्ट्रिय हितलाई चिन्तन गरेर मुलुक र जनताको हितको लागि विकासलाई सांसदहरुले प्राथमिकता दिएको देखिँदैन । सदनले आफ्नो जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह गरेको देखिँदैन । यो दलीय व्यवस्थाको कारणपनि भएको होला । संसद्मा दलिय गन्ध अलि बढी आउँछ । संसद्लाई कानुन निर्माण गर्नेभन्दा पनि दलहरु सत्तामा जाने भ¥याङको रुपमा प्रयोग मात्रै गरेको जस्तो देखिन्छ । सत्तामा रहिरहनको लागि संसद्भित्र अनेक चलखेल हुँदैआएको छ । त्यो कुरा राष्ट्रपति र प्रधानमन्त्री चुन्ने बेलामा पनि देखिन्छ । सदनमा सांसद भइसकेपछि सार्वभौम संसदहरुले आफ्नो स्वच्छाले चल्नुपर्ने हो । तर पार्टीको हुइपको आधारमा सांसद चलेको देखिन्छ । सांसदहरुले निष्पक्ष रुपमा जनताका सवाललाई संसद्मा उठाएको देखिँदैन । त्यो ठूला दल वा सानो दल सबैमा लागू भएको छ । सांसदले जनताको प्रतिनिधिको हिसाबले आफ्नो विषय उठाएको कमै देखिन्छ । यसको प्रत्यक्ष प्रभाव मुलुकले अहिले भोगिरेहको छ । यद्धपि, संसद्ले कानुन निर्माणको पाटोमा काम गरिरहेको छ । तरपनि कानुन निर्माणमा ठूलो दलको प्रभाव परेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी [एमाले] र नेकपा [माओवादी केन्द्र] लगायतका ठूला राजनीतिक पार्टीहरु एक आपसमा नमिल्दा त्यसको प्रभाव कानुन निर्माणमा परेको छ ।जस्तो टिआरसीको सवालमा निकै लामो समय लागेको छ । ठूला दलकै कारण द्वन्द्वको समस्या अहिलेपनि समाधान हुन सकेको छैन । यो ठूला दलको भागबण्डा नमिलेका कारण भएको हो । राजनीतिक भागबण्डाको कारण मिल्न सकेको छैन । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रलगायत जनताका सामसामयिक चासोको विषय उठाउने गरेका छन् । तर निर्णायक घडीमा सांसद दलको घेराभन्दा बाहिर आउन सक्दैनन् । त्यसले गर्दा जनताले राहत पाउने कुरा हुँदैन । म न्याय, कानुन तथा मानवअधिकार समितिको सदस्य छु । यो समितिले भने आफ्नो जिम्मेवारी सही ढङ्गबाट पूरा गर्दै आएको छ । समितिमा अहिले विभिन्न ऐनकोबारेमा छलफल भइरहेको छ । हाम्रो पार्टी वर्तमान व्यवस्था परिवर्तनको लागि लागिरहेको छ । व्यवस्था परिवर्तन गर्नका लागि अर्को विकल्प वार्ताको माध्यमबाट पनि हाम्रो माग सम्बोधन गर्न पनि सकिन्छ । पार्टीगत रुपमा अहिले भइरहेको आन्दोेलनलाई सहयोग गर्दै पार्टीको आन्दोलनको पनि घोषणा गरिएको छ । हाम्रो माग सम्बोधन भएको खण्डमा मात्रै हामी सङ्घीयता सुध्रिण गर्ने सवालमा बोल्ने योजना छ । युवा पलायन रोक्नका लागि सबैभन्दा पहिला सही व्यक्तिको निम्ति सही पदको व्यवस्था हुनुपर्छ । क्षमतावान मानिसको लागि त्यही अनुसारको पद हुनुपर्छ । देशमा क्षमतावान व्यक्तिभन्दा पनि पार्टीका कार्यकर्ता र आफ्नो मान्छेलाई पोस्ने काम भएको छ । योग्य व्यक्तिले अवसर पाउँछन् भन्ने वातावरण सिर्जना गर्नुपर्छ । हामीले युवा पुस्तालाई दोष मात्रै दिएर हुँदैन । देशमा युवाको क्षमताको सम्मान हुनसकेको छैन । देशमा केही अवसर नभएपछि युवाहरु विदेशिन बाध्य भएका हुन । हामीले अन्य मुलुकबाट विकासका काम गराइरहेका छौँ । तर हाम्रा युवाहरु विदेशिन बाध्य छन् । रोजगारीको राम्रो व्यवस्थापन पनि हुनसकेको छैन । देशमा युवाहरुको लागि जुन वातावरण हुनुपर्ने हो, त्यो वातावरण हुन सकेको छैन । अहिले त नेपाली युवा विदेश जानका लागि पनि कडाइ गरिँदै छ । अमेरिका, अष्ट्रेलिया र कतिपय युरोपियन देशमा युवालाई प्रतिबन्ध गरिँदै छ । सरकारको रोजगारी सिर्जना गर्नेतर्फ ध्यानै गएको छैन । कुनै एउटा सरकार मात्रै होइन । कुनै पनि सरकारको उद्योग÷कलकारखाना सञ्चालन गर्नेबारे ध्यानै गएको छैन । त्यसैले हामीले व्यवस्था परिवर्तन गर्नुपर्छ भनेको हो । यो अहिलेको व्यवस्थाले मुलुकको हितको निम्ति केहीपनि गर्न सकेको छैन । नेपालका राजनीतिक दलह सबै योग्य र सक्षम हुनुहुन्छ । तर मुलुको हितको लागि सोच्नुपर्छ । उहाँहरुले जनताको हितममा कामना गर्नुपर्छ । आफू केन्द्रित भएर आफ्नो फाइदाको लागि काम गर्नुहुँदैन । जबसम्म जनतालाई केन्द्रमा राखेर काम हुँदैन, तबसम्म देशमा केही पनि हुँदैन । कतिपय देशमा एउटा व्यवस्थाले काम नगरेपछि अर्को व्यवस्था ल्याएर काम गरेको पनि धेरै उदाहरण छन् । म निर्वाचित नवलपरासी जिल्ला कृषिमा आधारित जिल्ला हो । त्यहाँका किसानलाई सिँचाइको समस्या छ । बीउ र मलको अभाव छ । त्यसको लागि पहल गर्ने मेरो योजना छ । नवलपरासी जिल्ला भारतसँगको बार्डरसँग पनि जोडिएको छ । यो जिल्लाको सडक सञ्जालको विषय पनि छ ।
नेपालको विकास र समृद्धिको आधार पर्यटन: परराष्ट्र मन्त्री
काठमाडौँ, वैशाख १ गते । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्व सन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभयो । इलाम क्षेत्रको महत्त्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटै फाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गर्नुभयो । उहाँले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेरो आग्रह छ कि यहाँबाट फर्किँदा तपाईँहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरूको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो ।परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन गर्न आग्रह गर्नुभयो । यस कार्यक्रममा बेलायत, जापान, अस्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । उहाँहरूले कन्यामको सुन्दरता र चिया बारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै सोमबार बिहान अन्तुबाट सूर्योदयको अवलोकन गर्नुभएको थियो । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् । नेपालको पर्यटन प्रवर्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यस बर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो ।
तस्बिरमा रोल्पाको उवा क्षेत्र र गुराँस
रोल्पाको उत्तर पूर्वमा पर्ने उवा इतिहासमा बेग्लै पहिचान भएको गाउँ हो । उवा थवाङ गाउँपालिकाको–४ र ५ नम्बर वडामा पर्ने यो क्षेत्र पुग्दा नरमाउने पर्यटक कमै होलान् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
बौद्ध क्षेत्रमा लुटपाट गर्ने १८ जना युवा पक्राउ
काठमाडौँ, वैशाख १ गते । काठमाडौँको बौद्ध क्षेत्रमा रहेर लुटपाट गर्ने १८ जना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । चैत २७ गते जग्गा बैना गर्ने भनेर बोलाई नवराज खनाललाई उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । बौद्ध बस्ने ४२ वर्षीय रितेश लामाको नगद रु ६० लाख लुटी फरार भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । लुटपाटमा संलग्न भई पक्राउ पर्नेहरूमा तार्केश्वर नपा लोलाङ बस्ने वर्ष २३ को राज पराजुली, रामेछाप खाँडादेवी गापा वडा नं ४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नपा ०४ बस्ने वर्ष २३ को प्रभास केसी भन्ने हरि राम खत्री, सोही गाउँका वर्ष २८ को सार्की माझी, रामेछाप खाँडादेवी गापा ८ घर भई हाल कागेश्वरी मनोहरा नपा ८ गोठाटार बस्ने वर्ष २० को राजेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै गरी सोलुखुम्बु लिखु पिके नपा ९ घर भई हाल काठमाडौँ ३२ बस्ने वर्ष २६ को कुशल बस्नेत, काभ्रेपलान्चोक रोशी गापा ५ घर भई हाल नयाँबानेश्वर बस्ने वर्ष ३५ को रञ्जित लामा, तार्केश्वर लोलाङ बस्ने वर्ष २१ को सुयोज लामा, रामेछाप दोरम्बा गापा ४ घर भई काठमाडौँ बस्ने वर्ष ३७ को उत्तम मगर, सोही गाउँका वर्ष २८ को राजु मगर, वर्ष २६ को टिका बहादुर मगर, वर्ष ३४ को रमेश बहादुर मगर, वर्ष २९ को लब बहादुर मगर लगायत रहेका छन् । उनीहरूलाई लुटपाट आपराधिक कार्य गर्ने कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
टिजर सार्वजनिक
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत मुख्य कलाकारहरू देखिनुभएको छ । टिजरमा निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुङ्गो बनाएको दृश्य टिजरमा देखिन्छ ।
कोरिडोर बनेपछि यात्रा सहज
गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट
एक्स्काइभेटर पल्टिँदा चालकसहित दुई जनाको मृत्यु
राजन रावतहुम्ला, वैशाख १ गते । एक्स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । चैनवाल एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । प्रदेश नम्बर २–०३–००१क ०९७५ को एक्स्काभेटर सडकबाट पल्टिएको उहाँले बताउनुभयो । यसअघि बिग्रिएर सडक मै राखिएको एक्स्काभेटरलाई चालक कामीले चलाएर लैजाने क्रममा पल्टिदा सडकबाट एक सय मिटर तल खसेको थियो । गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्ट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । दुवै शव प्रसुती गृह पिप्लाङमा राखिएको र पोस्ट मार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ । सो दुर्घटना आइतबार बेलुका भएको हो । लोतीबाट मिमी जाने क्रममा एक्स्काभेटर पल्टिएको हो ।
गुल्मीको २२ हजार हेक्टर जमिनमा मकै खेती
टोपलाल अर्यालरेसुङ्गा, वैशाख १ गते । किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । मकै रोप्ने केही बेला ढिप्किएपनि लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का राम बहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्दछ । सुत्यवति गाउँपालिका–५ का युवराज भण्डारी खेतमा रोपेका मकै कम्मर–कम्मर आउने भए । तर, वर्षा नभएका कारण बारीमा मल फालेर मात्रै बस्नु परेको थियो । अहिले तीन दिन परेको वर्षाको कारण मकै रोप्न थालिएको भण्डारीले बताउनुभयो । फागुनमा नभएपछि केही गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ । उन्नतर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जसका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।
गुन्जिए कालजयी गीत
नेपाली साङ्गीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरामा उहाँका कालजयी गीतले सभा हल गुञ्जायमान भयो ।
तालिमप्राप्त कुकुरद्वारा जाँच
भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर आकस्मिक जाँच अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिमप्राप्त कुकु
सर्वोच्चको आदेशको अटेरी
कालीकोटको पलाँता गाउँपालिकाले कानुनको अवज्ञासहित सर्वाेच्च अदालतको आदेशलाई लत्याएको पाइएको छ । गाउँपालिकाको केन्द्र विवादमा अदालतले पुरानै ठाउँबाट से
सिस्नो लगाएर मनाइने बिसुपर्व
बिसुपर्वका नामले मनाइने नयाँ वर्षको पहिलो दिनलाई भव्य बनाउन सुदूरपश्चिमेलीलाई चटारो भएको छ । बिसु मनाउन देशविदेश तथा घरबाहिर रहेकाहरू फर्केसँगै गाउँमा चहलपहल बढेको छ । बिसुपर्वलाई परिवारका सदस्य तथा आफन्तको जमघट, मिठोमसिनो खानपिन, देउडा खेलेर रमाइलो गर्दै विशेष रूपमा मनाइने गरिन्छ ।
वर्ष २०८१ मा सरकार: नीतिगत फड्को कार्यान्वयन आवश्यक
संविधान संशोधनको समेत एजेन्डा बनाएर संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता सहयात्रा गरेको नौ महिना पूरा भएको छ । स्थिर सरकारको राजनीतिक
मिथिला क्षेत्रमा जुडशीतल सुरु
नयाँ वर्ष–२०८२ को आगमनसँंगै मिथिला क्षेत्रमा जुडशीतल (सिरुवा) पर्वको पनि आगमन भएको छ । मिथिला संस्कृति अनुसार सांस्कृतिक कर्म गर्नेका लागि नयाँ वर्षको
बुढेसकालमा सिप सिक्दै आमा
चुलोचौकोमा सीमित पश्चिम बागलुङको निसीखोला र ढोरपाटनका महिला ऊनमार्फत आयआर्जनमा जोडिन थालेका छन् । बुढेसकालमा यहाँका आमाहरू सिप सिकेर आयआर्जनसँग जोडिने प्रयासमा रहेका छन् ।
बजेट अभावमा सडक निर्माण रोकियो
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित छ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।
गणतन्त्रबारे निर्मम समीक्षा बहस
गणतन्त्रकालीन पुस्ता किन बोधो भयो ? किनभने यो पुस्तालाई गणतन्त्रका निम्ति कहीँकतै बहस गर्नु परेन । उसलाई त्यस विषयको पक्षका वाङ्मयहरू चाहिएनन्, तथ्यहरू जरुरी भएनन् । गणतन्त्र घोषणा भएपछि जन्मेको बच्चो पनि आज देशको नागरिक बनिसक्यो । उसलाई राजतन्त्र युगका कुरूपताको ज्ञान दिन तथा गणतान्त्रिक व्यवस्थाको सुन्दर पक्षका बारेमा दीक्षित गर्न कसैले आवश्यक ठानेन ।समय बदलिएको छ । हात हातमा कृत्रिम बौद्धिकता मुस्कुराइरहेछ । मान्छे सामाजिक सञ्जालमा दौडिरहेछ । दुनियाँ रिलमा नाचिरहेछ । औँलाहरू स्व्रिmनमा तलमाथि गरिरहेछन् । यसो बाहिरफेरो निस्कियो, करेसाबारीतिर छि¥यो, कुनै काममा अल्झियो भने बेग्लै कुरा नत्र सामाजिक सञ्जालमा घोप्टियो भने आशावादमा तुवाँलो लाग्छ, उदासीनताको पोखरीमा मान्छे चुर्लुम्म डुब्न पुग्छ । बिहान हुन्छ, दिउँसो हुन्छ, रात पर्छ, फेरि बिहान हुन्छ तर सामाजिक निराशालाई उत्साहमा बदल्न गाह्रो परिरहेछ । तपाईंले यो लेख पढिरहँदा पनि नयाँ नयाँ अफवाहहरू सामाजिक सञ्जालभित्र छिरिरहेछन् । हुँदा÷नहुँदा कुरामा आरोप÷प्रत्यारोप चलिरहेछ । एउटा पाखुरा सुर्किरहेछ, अर्को कुतर्कमा फुर्किरहेछ । त्यहाँ व्यवस्थाका कुरा पनि छन्, अवस्थाका कुरा पनि छन् । बेला बेलामा राजा फर्कने पर्चा पनि छ, हिन्दु राष्ट्रको चर्चा पनि देखिन्छ । उहिले यस्तो थियो भनेर इतिहासतिरै रुमलिएका पनि छन् मान्छेहरू । अहिले यस्तो छ भनेर वर्तमान खोतलिरहेका पनि छन् मान्छेहरू । तपाईं दिनभर हेर्नुहोस्, सकिँदै सकिँदैनन् समाचार । रातभर हेर्नुहोस्, नयाँ नयाँ थपिइरहेका छन् पोस्टहरू । प्रस्तोताहरू भ्युजवाला कन्टेन्ट खोजिरहेछन्, हामी तिनै कन्टेन्ट हेरेर सोचिरहेछौँ, “लौ बरबाद भयो ।” केही दिनयताको राजा फर्कने हल्लाले राजतन्त्र भोगेको पुस्ता चिन्तामा छ । त्यसका विरुद्ध सङ्घर्ष गर्दा भोग्नु परेका पीडा सम्झँदा त्यो पुस्ताको जिउ अहिले पनि सिरिङ्ङ हुन्छ । अत्यास लाग्दा दिनहरूको स्मृतिले तिनीहरूको मस्तिष्क रन्थनाइरहेछ । ‘... चोर, देश छोड्’ भन्दै हिजो जस्तै आज पनि सडकमा मानिसहरू नारा लगाइरहेका छन् तर कन्टेन्टमा आकाश जमिनको फरक देखिएको छ । तमासा हेर्न आफू कतै जानु पर्दैन, मोबाइलले घरमै एङ्गल मिलाइमिलाई देखाइदिन्छ । स्व्रिmनमा एउटा मान्छेले कारबाट टाउको ठड्याउँछ र मुस्कुराउँदै जुलुसलाई अभिवादन गर्छ । मान्छेको एक मनले भन्छ, “बागमतीमा कति पानी बगिसक्यो, अब कहाँ आउँछ राजतन्त्र ?” फेरि स्मृतिमा हिजोका भयानक दिनहरूको धमिलो देखिन्छ, सहिदका आकृतिहरू आँखैअगाडि सलबलाउँछन् । अर्को मनले भन्छ,“हँ, कतै फर्किइ पो हाल्छ कि त !”सडक, सदन, चोक, चौतारामा अहिले यो विषय चर्चामा छ । एकथरी मानिस सम्भावनामा पर्खाल ठड्याइरहेछन् । पाका पुराना तथा भर्भराउँदा नेताहरू, सेना र अदालत मात्र होइन उत्तरप्रदेशका योगी पनि तर्कमा तानिन्छन् । जे होस्, समाज अहिले पक्ष विपक्षमा बहस गरिरहेको छ । बहसको कुरो आउनासाथ मलाई चूडामणि सरको सम्झना आउँछ । बागलुङको कुरो हो त्यो । हामी डेरा गरेर एकै कोठामा बस्थ्यौँ, लहरेपिपल स्कुलमा सँगै पढाउँथ्यौँ । उहाँको गाउँमा दुई राजनीतिक पार्टीका बिचमा चर्को प्रतिस्पर्धा रहेछ । यस्तो प्रतिस्पर्धाले दुवै पक्षलाई भौतिक रूपमा मात्र होइन बौद्धिक रूपमा पनि सशक्त बनाएको रहेछ । बहसको वातावरणबाट हुर्केका हुनाले राजनीतिक सामाजिक विषयमा कुराकानी हुँदा चूडामणि सरले बलिया तर्कहरू अघि सार्नुहुन्थ्यो, लेनिन र माओका उद्धरणहरूले, गान्धी र बिपीका सन्दर्भले त्यसलाई पुष्टि गर्नुहुन्थ्यो । राजनीतिक बहसमा उहाँलाई हराउन सकिँदैनथ्यो । उहाँका तथ्य, तर्क र प्रस्तुति कलाका अघि हामी नतमस्तक हुन्थ्यौँ । अर्कातिर थियो हाम्रो गाउँ । हाम्रो गाउँमा भने कुरो अर्कै थियो । गाविसको युगमा हाम्रो वडा निर्विरोध हुन्थ्यो । अर्को राजनीतिक दलका हुँ भन्ने १०÷१५ परिवारलाई विद्युतीकरणका बेला पहिले बिजुली दिएर आफ्ना पक्षमा पारिसकिएको थियो । यति हुँदा पनि तीन÷चार जना बाहरू मान्नुभएन । हामी उम्मेदवारी पनि दिँदैनौँ अनि भोट हालिरहेको चिह्न पनि फेर्दैनौँ भन्ने उहाँहरूको धारणा थियो । यसो भएपछि गाउँ एकलौटी भएको थियो, लौरो उठाए पनि जितिन्थ्यो । हामीलाई आफ्नो अस्तित्व जोगाउन कसैसँग बहस गर्नु पर्दैनथ्यो । प्रतिस्पर्धीका विचारलाई खण्डन गर्न अध्ययन गर्ने, तथ्य खोज्ने र तर्क गर्ने कामै थिएन । त्यस्तो गाउँमा हुर्केको हुनाले म बोधो थिएँ, सङ्घर्षको रापतापमा हुर्केको हुनाले चूडामणि सर प्रखर हुनुहुन्थ्यो । परिस्थितिको ठोस विश्लेषण गर्न र बहसलाई जीवन्त बनाउन आफ्नै समाजले सिकाएको थियो उहाँलाई । विरोधीसँग निरन्तर गरिरहनुपर्ने सङ्घर्षले उहाँको व्यक्तित्वलाई निखारेको थियो । यी दुई दृष्टान्त सामाजिक परिस्थितिको प्रभाव व्यक्ति व्यक्तिमा कसरी पर्छ भन्ने बुझ्न पर्याप्त छन् । जहाँ सङ्कट हुन्छ, त्यहाँ त्यससँग जुध्ने कलाको विकास गरिँदो रहेछ । सामाजिक सङ्घर्ष जति घनीभूत छ, त्यसले त्यति नै बढी योग्य मानिस निर्माण गर्दो रहेछ । यस खालको बहस, चिन्तन र द्वन्द्वात्मक परिस्थितिले नै समाजलाई अग्रगतितिर धकेल्दो रहेछ । समस्या नै नआइपरेपछि समाधानको पालुवा कसरी पलाउँछ र ? अहिले हुँदै गरेको गणतन्त्र र राजतन्त्रको बहस यस अर्थमा सही छ । गणतन्त्रकालीन पुस्ता किन बोधो भयो ? किनभने यो पुस्तालाई गणतन्त्रका निम्ति कहीँकतै बहस गर्नु परेन । उसलाई त्यस विषयको पक्षका वाङ्मयहरू चाहिएनन्, तथ्यहरू जरुरी भएनन् । गणतन्त्र घोषणा भएपछि जन्मेको बच्चो पनि आज देशको नागरिक बनिसक्यो । उसलाई राजतन्त्र युगका कुरूपताको ज्ञान दिन तथा गणतान्त्रिक व्यवस्थाको सुन्दर पक्षबारे दीक्षित गर्न कसैले आवश्यक ठानेन । भुइाचालोको त्रासबाट भुइँमा ओर्लिएको मानिसले दिन बित्दै जाँदा त्रास बिर्से झैँ गणतन्त्रवालाले पनि त्यो राजतन्त्रात्मक अतीत बिर्संदै गए । कुनै बेला त्यो व्यवस्थाले फेरि टाउको उठाउन सक्छ भन्ने पत्यार उनीहरूलाई कहीँकतै लागेन । यस व्यवस्थामा देखिएका कसिङ्गर बढार्न कुचो समाउने जाँगर कसैलाई भएन । यो ई पुस्ताले १७ वर्षसम्म गणतान्त्रिक नेताका कुकर्म मात्र सुनिरह्यो, हेरिरह्यो । किशोरकिशोरीहरू स्व्रिmनको ‘सकियो’ ‘खत्तम भयो’ ‘बरबाद भयो’ भन्ने भाष्यले थिचिएर कुप्रा बनिरहे । हुँदा हुँदा अब किन राजा चाहियो भन्ने प्रश्नको जवाफमा ‘मैले राजतन्त्र देख्न पाइनँ नि त’ भन्ने उत्तरसमेत टिकटकमा आउन थाले ।अहिले सडकमा मानिसले ‘हाम्रो राजा हाम्रो देश...’ नारा लगाइरहेको सुन्दा म चूडामणि सरलाई सम्झिरहेको छु । बोधो बन्दै गएको समाज बौद्धिक बहसमा सव्रिmय बन्ने भयो भन्ने अभिलाषाले दिल खुस भएको छ । म देखिरहेको छु, मानिसहरू दुई व्यवस्थाको तुलनात्मक अध्ययनमा लागेका छन् । आआफ्ना तर्क पेस गरिरहेका छन् । तथ्यहरूलाई तालिकामा, अन्तरलाई स्तम्भचित्रमा देखाउन थालिएको छ । एक किसिमको खोजको हुटहुटी पैदा भएको छ, थाहाको खोजमा मानिस भिडिरहेछ । व्यवस्थाका विरोधीबाट वर्तमानका अनगन्ती कमजोरी, विसङ्गति, कुरूपता सञ्जालमा देख्न पाउनु खुसीको कुरा हो । तिनीहरूका केही तर्क असाध्यै चोटिला छन् तर केही तर्क काम चलाउ छन् र केही भने अझै उडन्ते नै छन् । तिनीहरूले धर्म निरपेक्षतासहितको यो समावेशी समानुपातिक गणतान्त्रिक व्यवस्थाका अँध्यारा पक्षहरू तथ्याङ्कसहित अगाडि ल्याऊन् । तिनीहरूले आन्दोलनको आँधीबेहरी सिर्जना गरून्, तिनले सकेछन् भने यो व्यवस्थालाई नै बदलेर राजतन्त्रात्मक व्यवस्था नै ल्याऊन् । अनि हुन्छ बहस । अनि हुन्छ विवाद, प्रतिवाद र सङ्घर्ष । अनि पो जन्मिन्छन् गाउँ गाउँमा चूडामणिहरू । बिनाबहस कसरी पुग्न सकिन्छ भरभराउँदो भविष्यतिर ? भलिबल जति जोडले भुइँमा थचारिन्छ, उति उफ्रेर माथि पुग्छ । व्यवस्थामाथिको सङ्कट जति गहिरिएर जान्छ, उन्नत व्यवस्था उत्ति चुलिएर आउँछ । बितेका समय इतिहासमा सुरक्षित हुन्छन्, सोही रूपमा वर्तमानमा आउन सक्दैनन् । अब राजतन्त्र आयो भने हिजोभन्दा खतरनाक स्वरूपमा आउनु पर्छ । नत्र दुई÷चार वर्षमा त्यो सकिन्छ र अर्को कुरा अब आएको त्यस्तो राजतन्त्र सकिँदा पनि हिजोभन्दा बढ्ता नामेट भएर सकिन्छ । के भएको हो कुन्नि, मेरो मन निरन्तर भनिरहेछ, व्यवस्थामा देखिन थालेको यो सङ्कट अझै गहिरिएर जाओस् ।अझ म त चाहन्छु, इतिहासको कालो पर्दाले समाजलाई ढपक्क ढाकोस् । निरङ्कुशताले हामीमाथि लाठी बर्साओस् । स्वतन्त्रताका पक्षमा बोल्नेको जिब्रो थुतियोस्, प्रगतिका पक्षमा लेख्नेको हात काटियोस्, शोषणका विरुद्धमा उभिनेको छातीमा गोली लागोस् । मानपदवीका लागि फेरि लेखियुन् स्तुति पद्यहरू । यति भइदियो भने बल्ल हुन थाल्ने छन् जीवन्त छलफलहरू । पुछ्न थाल्ने छन् मस्तिष्कमा लागेका माकुराका जाला । खुल्न थाल्ने छन् धमिरा लागेका पुस्तकालय । बोध हुने छ, गणतन्त्रवादीलाई आफूले गरेका अपराध । आत्मसात् हुने छ, सामाजिक सञ्जालका अभियन्तालाई, फेसबुकका टिप्पणीकार र युट्युबका कलाकारलाई आफ्नै उत्तेजनाको दीर्घकालीन प्रभाव । हामी गणतान्त्रिक भोजभतेरको मदहोस समयमा छौँ । यतिबेला एकातिर गणतन्त्रवादीको चर्को सङ्गीतको डिस्को पार्टी चलिरहेको छ, अर्कातिर जिम्दारी खोसिएका राजतन्त्रवादी र श्री हराएका पण्डापुजारी बेहोसीको रनाहामा नाचिरहेका छन् भस्मासुर नृत्य । देश ज्योति मगर र दुर्गेश थापाको राजनीतिक महोत्सवमा उफ्रिरहेको छ । मित्रराष्ट्र आतेसवाजीका लागि अधैर्य हुँदै छन् । त्यसैले अहिले अत्यावश्यक बनेको छ, अर्थपूर्ण बहस, जीवन्त छलफल, निर्मम समीक्षा र आत्मसमीक्षा । यो समय उत्तेजनाको होइन, हाम्रो धरातलीय यथार्थ अनुसारको अग्रगामी योजनाको हो, विवेकको हो । अहिले हामी यही कुरा गुमाइरहेका छौँ र यो गुम्दा धेरै कुरा गुमिसकेको हुने छ ।
सङ्घीयता कार्यान्वयनका चुनौती
शासन प्रव्रिmयामा प्रतिभावान्, सक्षम र योग्य एवं दक्ष व्यक्तिलाई समुचित भूमिका दिन, पेसा व्यवसायमा एवं वृत्तिविकासका अवसरमा त्यस्ता व्यक्तिप्रति गरिएका अन्याय र विभेद अन्त्य गर्न उठेका स्वर र मुखरित आवाज सम्बोधन गरी योग्यता प्रणाली स्थापित गर्न पनि सङ्घीयता ल्याउनु अपरिहार्य थियो ।सङ्घीयता संविधानवादी मान्यता हो । यो विधिको शासनमा आधारित लोकतान्त्रिक राज्य सञ्चालन प्रणाली मात्र नभई शक्ति सञ्चय, मातृभूमिको रक्षा, विकास तथा प्रवर्धन र पहिचानको बलियो आधार पनि हो । सङ्घीयता एक गहन र प्राविधिक विषय पनि भएकाले त्यसको स्वरूप तथा व्यवस्थापन र सञ्चालनलाई दिगो बनाउन सङ्घीय व्यवस्थापनका विविध आयामको गम्भीरतापूर्वक विश्लेषण, पूर्वअध्ययन र प्रभावको विश्लेषण गर्नु पर्छ । नेपालको सन्दर्भमा विदेशमा झैँ यो उपनिवेशवादबाट मुक्ति हुने स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्षको पीडाभन्दा पनि बढी आफ्नै खालका भूवास्तविक मौलिक विशेषतायुक्त स्वरूपबाट संविधानवादमा आधारित भएर विकसित प्रणालीगत अवधारणा हो । नेपालमा विगतदेखि देखिँदै आएको क्षेत्रीय असन्तुलन, वर्गीय विभेद तथा सामाजिक उत्पीडन समाप्त गर्न भनी सङ्घीयतामा जाने संवैधानिक निर्णय लिइएको पाइन्छ । फलतः यसमा समावेशीकरण, लोकतान्त्रीकरण तथा सबै वर्ग एवं तप्का र क्षेत्रका जनताको पूर्ण सहभागिता सहमति एवं सहकार्यको आवश्यकतालाई सम्बोधन गर्ने राज्यसंयन्त्र अपेक्षा गरिएको छ । सङ्घीयता राज्यका विभिन्न स्वरूपमध्येका एक बहुतह सरकारको अवधारणा हो । सैद्धान्तिक रूपमा सङ्कथन गर्दा सङ्घका राज्यमा सङ्घीय संविधानबाटै तहगत सरकारको गठन, अधिकार क्षेत्र र जिम्मेवारीको बाँडफाँट सुनिश्चित गरिएको हुन्छ । सङ्घीयताविद् रोनाल्ड बाट्सका अनुसार परिपक्व सङ्घीयता भएका देशमा अमेरिका, स्विट्जरल्यान्ड, क्यानडा, अस्ट्रेलिया र जर्मनी पर्दछन् । सङ्घीयतामा अधिकतम जनतालाई सार्वभौम सत्ताको व्यापक प्रयोगमा सहभागी गराउन समुचित मौका मिल्छ । उदाहरणका लागि सङ्घीय एकाइहरूको जवाफदेहिता तुलनात्मक रूपमा केन्द्र वा सङ्घभन्दा आफ्नै क्षेत्र र आफ्नै जनप्रतिनिधिमूलक निकायप्रति रहने हुँदा स्वतन्त्र रूपमा काम गर्ने वातावरण बन्नुका साथै प्रतिस्पर्धात्मक रूपमा अन्तरसङ्घीय एकाइहरूबिच शासनको उत्तम अभ्यास गर्ने हौसला मिल्छ । सङ्घीयताको स्वरूपलाई स्पष्ट रूपमा भन्नुपर्दा “सङ्घीयता भनेको सहभागितामूलक, स्वायत्त, विधिसम्मत, नियन्त्रित र सन्तुलित एवं परिपूरक, अन्तरनिर्भर, समन्वयात्मक, सुशासनयुक्त, सव्रिmय र इमानदार शासन प्रणाली” हो । फलतः व्यावहारिक रूपान्तरण र सैद्धान्तिक आवश्यकता अनुरूप परिमार्जन गरी जनमुखी एवं जिम्मेवार, उत्तरदायी एवं कल्याणकारी राज्य प्रणालीमा शासनलाई रूपान्तरण गर्न सङ्घीयताले पर्याप्त अवसर दिन्छ । यसर्थ यो एउटा साझेदारी प्रणाली पनि हो । जहाँ सबै साझेदार समान रूपमा सहभागी, जिम्मेवार र फाइदाका हिस्सेदार अर्थात् लामग्राही हुन्छन् । सङ्घीयताको उद्देश्य सिद्धान्ततः सङ्घीयताको उद्देश्य अधिकार बाँडफाँटको ढाँचा निर्माण र कार्यान्वयनमा स्पष्टता र इमानदारीबाट छिटो प्रतिफल दिने तर धेरै तहका धेरै कर्ता र पद्धति एवं उपपद्धति एवं उपपद्धतिबिचको प्रतिस्पर्धा तथा नियन्त्रण र सन्तुलनको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण हो । सङ्घीयता रोजाइको सन्दर्भ स्मरण गर्नु आवश्यक छ । राज्यको प्रणाली सङ्घात्मक वा एकात्मक के हुने ? भन्ने विषय आफँैमा साध्य होइन साधन मात्र हो । नेपालको विशिष्ट परिस्थितिमा तीव्र जनचाहना र बहुमत जनताका निर्वाचित जनप्रतिनिधिले संविधान सभाका दुई वटै कार्यकालमा राष्ट्रिय बजेटकोे राज्यकोषको व्यापक धनराशि खर्च भयो । जनताको व्यापक श्रमको लगानी गरी संविधान निर्माण प्रव्रिmयामा समर्थित विषय भएकै आधारमा पनि यसको सही अभ्यास नै नगरी सङ्घीयताबाट फर्किने कुरा व्यावहारिक हुँदैन । राजनीतिक स्थायित्वका हिसाबले बढी जोखिमपूर्ण हुने सम्भावना रहेको र यसले विकासका लागि पूर्वसर्तका रूपमा रहेको राजनीतिक स्थायित्वलाई प्रश्रय दिँदैन । प्रथमतः सङ्घीयताका समष्टिगत सार र उद्देश्यलाई राम्रोसँग पहिल्याई तिनको दृढताका साथ कार्यान्वयन गर्नु आजको आवश्यकता हो । यस सन्दर्भमा ती उद्देश्य र सारलाई केन्द्र भागमा राखी ती के थिए भन्ने विषयको पहिचान गर्नु आवश्यक छ । ती हुन् ः–क) उच्चतम नागरिक स्वतन्त्रता र वैयक्तिक मौलिक हकको प्रत्याभूति गर्ने ।ख) सामाजिक न्याय, समानतामुखी समाज व्यवस्था र लोककल्याणकारी राज्यको प्रवर्धन गर्ने । ग) प्रादेशिक तथा स्थानीय तहका जनप्रतिनिधिमूलक सरकारमार्फत व्यापक जनपरिचालन, अन्तरसरकार आपसी सहयोग र समन्वय, प्रतिस्पर्धा तथा सिर्जनशील विकास प्रयासबाट देशको शीघ्र विकास, जनताको आर्थिक, सामाजिक जीवनस्तरमा सुधार समृद्धिस्तरमा बढोत्तरी गर्ने ।घ) ठालु प्रजातन्त्रको ठाउँमा सार्वभौम सत्ताको प्रयोगमा आमजनताको व्यापक, समावेशी, वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक आधारमा एवं व्रिmयाशील सहभागितासहितको लोकतान्त्रिक राज्य व्यवस्थाको प्रत्याभूति गर्ने ।ङ) आमजनताको स्वायत्त शासनको चाहनाको सम्बोधन, राज्यशक्ति र केन्द्रमा बोझिलो भएको मारित अधिकारको जनताका नजिकको राज्यका निकाय, स्थानीय तहमा पु¥याई, बाँडफाँट गरी नागरिकलाई अधिकार सम्पन्न बनाउन तथा राज्य सञ्चालनमा प्रत्यक्ष सहभागी गराउनु । च) सुशासन एवं जवाफदेही राज्यसंयन्त्रको संस्थागत विकास गर्न र समानुपातिक, क्षेत्रीय र स्थानीय विकासको मार्ग प्रशस्त गर्न एवं जनतालाई छिटोछरितो एवं प्रभावकारी रूपमा सार्वजनिक सेवा र सुविधा प्रदान गर्ने राज्यसंयन्त्रको खोजीका लागि सङ्घीयताको आवश्यकता बोध गरिएको हो । नेपालमा सङ्घीयताको उद्देश्य निर्धारण गर्दा साबिकको एकात्मक प्रणालीलाई आधिकारिक बाँडफाँट गरी सङ्घ, प्रदेश र स्थानीय तहलाई शासकीय अर्थात् सङ्घीय एकाइ मानी विकेन्द्रित उपागममा अगाडि बढाउन खोजिएको पाइन्छ । यसै सन्दर्भमा संविधानमा, राज्यको पुनः संरचना र राज्यशक्तिको बाँडफाँट समिति २०६६ ले एकात्मक राज्य प्रणालीलाई सङ्घात्मक बनाउनुपर्ने कारण पहिचान गरेको छ । सङ्घीय व्यवस्था ल्याउनुपर्ने कारणक) नेपालको विविधता ः उदाहरणका लागि ः– भाषिक, जातीय, सामुदायिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, क्षेत्रीय र लैङ्गिक बहुलतालाई लिन सकिन्छ । उल्लिखित कुरालाई अझ यसरी व्याख्या गर्न सकिन्छ ः–नेपाली समाजको बहुलतालाई अवलोकन गर्दा उद्गमका हिसाबले आर्य, मङ्गोल, आस्ट्रिक र द्रविड, नस्ल समुदायको बसोबास क्षेत्रका रूपमा नेपाल रहेको छ । यहाँ १२५ भन्दा बढी जातजातिको अवस्थिति छ । भाषागत रूपमा भोटबर्मेली, भारोपेली, आस्ट्रिक र द्रविड गरी चार भाषा परिवारका १२३ भन्दा बढी भाषाभाषी समुदायको बसोबास छ । धार्मिक आधारमा भन्नुपर्दा हिन्दु, बौद्ध, इस्लाम, किराँत, जैन, सिख प्रभृति विविधतायुक्त धर्म मान्ने जनताको उपस्थिति छ र सोही अनुसारको सांस्कृतिक रीतिरिवाज, प्रचलन, प्रथा, वेशभूषा, रहनसहन, संस्कार, पुष्पित र पल्लवित भएका छन् । भौगोलिक रूपमा पर्यवेक्षण गर्दा तराई, पहाड, हिमाल, उपत्यका, दुन, बहुविध आदि भौगोलिक संरचना र तिनको सङ्गम अभेद्य रूपमा रहेका छन् । नदी प्रवाह, जलप्रणाली हेर्दा नेपाल मेची, कोशी, गण्डकी, राप्ती, कर्णाली र सेती, महाकाली प्रवाह क्षेत्रका रूपमा समेत सजिएको छ । नेपालको यही बहुविध विशिष्टतालाई सम्बोधन गर्नु आजको वास्तविक यथार्थ हो । अतः नेपाल सङ्घीयतामा जानुका पछाडि मूलतः हालसम्मका राजनीतिक सहमति र संवैधानिक व्यवस्थाले स्वीकार गरेको विद्यमान वर्गीय, क्षेत्रीय, लैङ्गिक, भाषिक एवं जातीय पहिचान र जातीय विभेद, योग्यता र क्षमताको अधिकतम उपयोग र सम्मान गर्न र नेपाली समाजको बहुलतालाई राष्ट्रिय हितमा सम्बोधन र समाधान गर्नु रहेको छ । नागरिकलाई सशक्त बनाउँदै प्रभावकारी सेवा प्रवाहमार्फत समृद्धिस्तरमा अभिवृद्धि गर्नु र राज्यमा समावेशी प्रतिनिधित्वका साथै समतामूलक समाज निर्माण गर्नु रहेको छ । ख) शक्ति विकेन्द्रीकरण गर्न नचाहने विगतको शासकीय मानसिकतानेपालको शासकीय प्रणालीमा केन्द्रीकृत मानसिकता हाबी भएको छ । वर्तमान नेपालसमेत विश्वका २८ देश सङ्घीय प्रणालीमा गए पनि हामी सङ्घीय प्रणालीको संरचना निर्माणको व्रmममा छौँ । यस कारण सरकार–सरकारबिचको शक्ति सन्तुलन र अधिकार र स्रोतको बाँडफाँटलाई कसरी व्यवस्थित गर्ने ? केन्द्र बलियो हुँदा के परिणाम देखिन सक्छ ? विभेद र असन्तुलनको अन्त्य कसरी गर्ने ? र देशको अखण्डतालाई कसरी जोगाउने ? आदि प्रश्नको जवाफ खोज्नु पर्छ । एउटा राज्यको आदर्श जनसङ्ख्या कति हुने ?भौगोलिक क्षेत्रको सीमाङ्कन तथा तल्लो तहका सरकारको जनताप्रतिको र माथिल्लो सरकारप्रतिको दायित्व के हुने ? काम दिँदा तलबाट दिँदै ल्याई क्षमताका आधारमा माथि ल्याउने कि ? माथिको अधिकार छुट्याई बाँकी तल दिने ? भन्ने प्रश्नको निक्र्योल अन्तर्राष्ट्रिय अनुभव र हाम्रो विशेष अवस्थालाई ध्यानमा राखेर गर्नु पर्छ । विकेन्द्रीकरण सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि एउटा उपपद्धति हो । यसर्थ अधिकारको बाँडफाँटको समुचित संयन्त्र सेवाग्राहीको नजिकको सरकारको जिम्मेवारी, दक्षता र प्रभावकारिता व्यवस्थापन क्षमता, हालमा केन्द्रीकृत कार्यको पहिचान र तिनको समुचित निक्षेपण, आर्थिक जिम्मेवारी र साधन वा राजस्व कार्यको पहिचान र तिनको समुचित निक्षेपणयुक्त आर्थिक जिम्मेवारी र साधन वा राजस्व जिम्मेवारीका लागि सन्तुलित प्रशासनिक संयन्त्र र प्रयोग (राजस्व बाँडफाँट र अनुदान प्रणाली), अन्तरसरकारबिच (ठाडो र तेस्रो) असन्तुलनको समाप्ति र साधनको न्यायिक वितरणसम्बन्धी व्यवस्थापनलाई सम्बोधन गर्न सकिएमा मात्र सङ्घीयता दिगो हुने छ । ग) राज्यसँग सबै क्षेत्रमा जनताको अपनत्व र स्वामित्व तथा सामीप्य स्थापित गर्नुपर्ने कारण सङ्घीयताको आवश्यकताबोध गरिएको हो । घ) प्रतिनिधित्व र सहभागिता वृद्धिका निम्ति कमजोर राज्य व्यवस्थालाई सुदृढ बनाउन संविधानले परिकल्पना गरेको लोककल्याणकारी समावेशी राज्य निर्माण गर्न र जनताको व्यापक सहभागिता आवश्यकता बोध गरिएको हो । जसका लागि राज्यलाई असफल हुनबाट जोगाउन समृद्ध अर्थतन्त्र निर्माणका लागि सुदृढ एवं सफल राज्यसंयन्त्रको अपेक्षा गरिएको हो । ङ) समानताको पक्षमा एवं केन्द्रीकृत सामन्त राज्यबाट भएको सामाजिक, आर्थिक, राजनीतिक, भाषिक, सांस्कृतिक विभेद र शोषणविरुद्ध उठेको मधेश आन्दोलनको (२०६३) मूल एजेन्डा सङ्घीयता नै हो ।च) समाजको लोकतान्त्रीकरण गर्दै समतामूलक, समावेशी लोकतन्त्रको खोजी हुनु पनि सङ्घीयता ल्याउनुपर्ने कारण हो । छ) एकात्मक राज्यले सम्बोधन गर्न नसकेको विषयलाई सम्बोधन गर्न पनि सङ्घीयता आवश्यक भएको हो ।ज) जनतामा बढ्दै गएको जातीय, भाषिक र सांस्कृतिक पहिचानको माग पूरा गर्न सङ्घीयता ल्याउनुपर्ने कारण रहेको छ ।झ) नागरिकमा उठेको समान अधिकारको माग, आर्थिक अवसरमा समान पहुँच, न्यायको मागको सम्बोधन र समाधानका लागि सङ्घीय व्यवस्थाको सूत्रपात भएको हो । ञ) शासन प्रव्रिmयामा प्रतिभावान्, सक्षम र योग्य एवं दक्ष व्यक्तिलाई समुचित भूमिका दिन, पेसा व्यवसायमा एवं वृत्तिविकासका अवसरमा त्यस्ता व्यक्तिप्रति गरिएका अन्याय र विभेद अन्त्य गर्न उठेका स्वर र मुखरित आवाज सम्बोधन गरी योग्यता प्रणाली स्थापित गर्न पनि सङ्घीयता ल्याउनु अपरिहार्य थियो । ट) राज्यबाट प्रदान गरिने सेवा सुविधामा न्यायोचित वितरण गर्न र विकास निर्माणको प्रतिफलको निष्पक्ष एवं समुचित मूल्याङ्कन गरी हिस्सेदारी स्थापित गर्न पनि सङ्घीय व्यवस्था वा प्रणालीको आवश्यकता बोध भएको हो ।