कोशीमा 'पर्यटन वर्ष २०८२' घोषणा
आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।
झरीले जनजीवन प्रभावित
तीन दिनअघिदेखि भइरहेको वर्षाका कारण पहाडी जिल्ला पाँचथरको जनजीवन प्रभावित भएको छ ।
कम उमेरमा गर्भपतन गराउनेको सङ्ख्या बढी
नवलपुर जिल्लामा कम उमेरमा गर्भपतन गराउने किशोरीको सङ्ख्यामा वृद्धि भएको छ ।
३७ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध कान्ति लोकपथ
अविरल वर्षपछि आएको पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै मार्ग सुचारु भएको छ ।
नारायणी नदीमा झोलुङ्गे पुल बनेसँगै जोखिमबाट मुक्ति
नारायणी नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।
नेपालगन्जमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन
दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई विचार गर्दै नेपालगन्ज सहरको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ ।
कुपोषण रोकथामका लागि आमा समूह गठन
हाँका गाउँ बस्तीमा पछिल्लो समय नयाँ जन्मिने केही शिशुमा कुपोषण देखा परेको भन्दै यसलाई रोक्न पालिकाले आमा समूह गठन गरेका हुन् ।
'लुम्बिनीको पर्यटनबाट देशलाई समृद्ध बनाउन सकिन्छ'
यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा पहिलो
आर्थिक वर्ष २०८०-०८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा स्वास्थ्य सूचकहरुको आधारमा स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ ।
वर्षाले कुलोमा पानी बढेपछि माछा मार्दै थारू महिला
भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी
सूचनाको हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पर्यटन दिवसमा पर्यटन अभियन्ता र पत्रकार सम्मानित
जिल्लाको पर्यटन क्षेत्रमा योगदान पुर्याउने पर्यटन अभियन्ता र पत्रकारलाई सम्मान गरिएको छ ।
खेवाङ गोल्डकप कात्तिक १० गतेबाट हुने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सुन हालसम्मकै महँगो
लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।
कैलालीमा कोरोनाविरुद्धको खोप अभियान
कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
राप्ती राजमार्ग तीन दिन अवरुद्ध
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।
चन्द्रमा कसरी बन्यो ?
सर्वमान्य परिकल्पनाका रूपमा परिचित चन्द्रमाको उत्पत्तिसम्बन्धी सिद्धान्तले भनेको छ,
वर्षाले अधिकांश आन्तरिक उडान प्रभावित
बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
२०८१ साल असोज महिनाको राशिफल
सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । आँटेका काममा महत्वपूर्ण सफलता हात पर्ला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । सन्तानको चिन्ताले केही पिरोल्ने छ । दाम्पत्य
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले गर्नुभयाे स्वागत
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्नुभएको छ ।
बुढ्यौली उपचार सेवा बिस अस्पतालमा
ज्येष्ठ नागरिकको सहज उपचार सेवाका लागि लुम्बिनी प्रदेशका २० अस्पतालमा स्वस्थकर बुढ्यौली उपचार सेवा विस्तार भएको छ ।
मानव बेचबिखनका लागि जमुनाह जोखिमपूर्ण
पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ ।
पिकअपको ठक्करबाट महिलाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।