बजेट अभावले लुम्बिनी गुरुयोजना कार्यान्वयनमा कठिनाइ
लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ ।
माइक्रो दुर्घटनामा १६ जना घाइते
चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।
उत्साहजनक निर्यात
पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिट्ठा, तार्पिन तेल, खोटो रोजिनलगायतका पदार्थको निर्यातमा उत्साहजनक वृद्धि भएको छ ।
दोब्बर मूल्य लिएकासँग तीन लाख जरिबाना
चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले बानेश्वरको जिम्बु थकाली रेस्टुरेन्टले उपभोक्ताबाट अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा दोब्बरसम्म लिएको भेटेपछि जरिबाना गरेको छ ।
दसैँअगावै भुक्तानी उपलब्ध गराउन माग
निर्माण व्यवसायीले दसैँअगावै बाँकी भुक्तानी उपलब्ध गराउन माग गरेका छन् ।
घटस्थापनादेखि स्याउ मेला
किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ ।
एक महिनामा भित्रियो करिब एक खर्ब सैँतिस अर्ब रेमिट्यान्स
एक महिनाकै अवधिमा करिब एक खर्ब ३७ अर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
कांग्रेस बैठक आइतबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते बस्ने भएको छ ।
राज्यसँग जोडियो सुस्ता
नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ ।
सरकारको निवेदन हेर्न नमिल्ने इजलासमा
बागमतीलगायतका उपत्यकाका नदीकिनाराको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला पुनरवलोकनका लागि सरकारले दर्ता गरेको निवेदन बिहीबार सुनुवाइ भएन ।
टिकटकबारे निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले सामाजिक सञ्जाल टिकटक नियमनको आवश्यकता भएमा प्रचलित कानुन संशोधन गर्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ ।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ ।
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
प्रहरी पेट्रोल पम्पसम्बन्धी रिटमा कारण देखाऊ आदेश
जिल्ला प्रशासन कार्यालय कास्कीसँगै जोडिएको जग्गामा पेट्रोल पम्प निर्माण रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले बिहीबार कारण देखाऊ आदेश जारी गरेको छ ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–५ स्थित ३७ किलोमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
मेची राजमार्गको भञ्ज्याङ-राजदुवाली खण्डमा जोखिम कायमै
गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ ।