जनशक्ति अभावमा पनि सेवा
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा दक्ष जनशक्ति र भौतिक पूर्वाधार अभाव हुँदा पनि वार्षिक रूपमा करिब ७४ हजार जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । गत आर्थिक वर्षमा बेनी अस्पतालबाट ७२ हजार ९३० जनाले बहिरङ्ग (ओपिडी) सेवाबाट स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।
औद्योगिक विकासमा प्रविधि
प्रविधि हस्तान्तरण एक देश वा संस्थाबाट अर्कोमा ज्ञान र सिप आदानप्रदान गरिने कार्य हो, जसमा नयाँ अनुप्रयोगमा पहिले नै विकसित प्रविधि कार्यान्वयन गर्न मद्दत गर्छ ।
चाडपर्वकेन्द्रित बजार
वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार संरक्षण गर्न उपभोक्तावादको सिद्धान्तबाट निर्देशित भई नेपालको संविधान, २०७२ को धारा ४४ मा मौलिक हकको रूपमा उपभोक्ता हक सुनिश्चित गरिएको छ ।
धर्म, दर्शन र शिक्षाको मूल्य
शिक्षामा मूल्य भनेको ‘शिक्षाको गुणस्तर, प्रभावकारिता र यसको समाजमा पर्ने सकारात्मक प्रभावलाई जनाउने मापदण्ड हो ।
नदी किनारको बफर जोन परिमार्जनका प्रश्न
यति बेला प्रिन्ट मिडिया, अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालले सर्वोच्च अदालतको आदेशलाई व्यापक रूपमा कभर गरेका छन्, जसको विरुद्धमा सरकारले पुनरावेदन गरेको छ ।
पर्यटकलाई मन्थलीमा स्वागत
४५ औँ विश्व पर्यटन दिवस रामेछापमा सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकको स्वागत गरी मनाइएको छ । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थलीस्थित
‘घामको पर्खाल’ लोकार्पण
कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ को लोकार्पण भएको छ ।
कीर्तिपुरमा मुद्रा प्रदर्शनी
कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्रमा मुद्रा प्रदर्शनी सुरु भएको छ ।
त्रिदिवसीय मौलिक रैथाने लोकनृत्य कार्यशाला
काठमाडौँमा त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत् सांस्कृतिक सङ्गोष्ठी २०८१’ सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
‘सम्मोहन’सार्वजनिक
लेखक राधिका कल्पितको ‘सम्मोहन’ कथासङ्ग्रह सार्वजनिक भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
‘नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।
स्याङ्जामा बाह्र शीतभण्डार
स्याङ्जामा ठुलो एक र साना ११ गरेर १२ वटा शीतभण्डार (कोल्ड स्टोर) रहेका छन् । सिजनमा उत्पादन भएको सुन्तलालाई बेमौसममा उपभोग र आलुलाई अर्को वर्षका लागि बिउ राख्ने उद्देश्यले यहाँ शीतभण्डार निर्माण गरिएको हो ।
दुध बेचेर एकै गाउँमा तीन करोड आम्दानी
बलेफी गाउँपालिका–४ र ५ बिन्ज्यालका स्थानीयले दुध बेचेर नै गाउँमा तीन करोड भित्र्याएका छन् । गाईभैँसी पालेर उनीहरूले दुई करोड ९८ लाख ८७ हजार रुपियाँ बराबर आम्दानी गरेका छन् । सिन्धुपाल्चोकमै बलेफी गाउँपालिकाको बिन्ज्यालगाउँले दुध बिक्री गरेर मनग्गे आम्दानी लिनेमा बर्सौंदेखि पहिलो गाउँ बन्दै आएको छ । गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर बेचेर स्थानीयले झन्डै तीन लाख रुपियाँ गाउँ भित्र्याएका हुन् ।
उखु र दुध किसानको भुक्तानी पक्रिया सुरु
सरकारले उखु र दुध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीका लागि गरेको पहल शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपियाँ र दुधको रकम भुक्तानीका लागि ६० करोड रुपियाँ निकासा गरेको कृषि मन्त्रालयले जनाएको छ ।
अध्यक्ष चयन प्रक्रिया सुरु
करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।
८१४ कसुरदारलाई सजाय छुट
अदालतले तोकेको सजायको दुई तिहाइ भुक्तान गरी तोकिएका सर्त पालना गरेका ८१४ जना कसुरदारले सजाय छुट (प्यारोल) सुविधा पाएका छन् ।
निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।
नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ ।
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ ।
मुग्लिन–नारायणगढ सडक राति बन्द
निरन्तर वर्षा भएपछि मुग्लिन–नारायणगढ सडक खण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
पत्रकारिता विभागमा एआईसम्बन्धी कार्यशाला
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एक दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी जानकारी गराउने उद्देश्यसाथ कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।