आफन्तकै गिदी खाने मानिस
दशकौँदेखि पपुआ न्युगिनीका फोर जनजातिका मानिसले आफ्नै नातागोताका मृतकको गिदी खाने गर्दथे । उनीमा बयस्क पुरुषले भूतप्रेतबाट बच्नका लागि मृत आफन्तको शव खान्थे भने बालबालिका र महिलाका लागि गिदी बाँकी राखिन्थ्यो ।
बेचिएका बालबालिकाको उद्धार, बाह्र जनालाई आफन्तको जिम्मा
भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
साढे दुई हजार चालक कारबाहीमा
दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ ।
नौ सय सवारीचालक कारबाहीमा
नवलपुरमा दसैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका नौ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् । असोज १७ देखि कात्तिक १ सम्म सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेले आज [आइतबार] सचिवालय बैठक बोलाएको छ ।
सुदूरपश्चिम प्रदेश : सात वर्षमा तीस वटा ऐन संशोधन
सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ ।
सडक दुर्घटनामा त्रिचालिसको मृत्यु
कञ्चनपुरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस असोज २९ गते डडेलधुराको खस्रेखानमा दुर्घटना हुँदा बैतडीका एक शिशुसहित एकै परिवार चार गरी पाँच जनाको मृत्यु भयो ।
हरिपुर्वा सबस्टेसन ‘चार्ज’ गर्न मिल्ने अवस्थामा
बहुप्रतिक्षित सर्लाहीको हरिपुर्वास्थित विद्युत् सबस्टेसन चार्ज गर्न मिल्ने अवस्थामा पुगेको छ । दसैँअघि नै चार्ज गरेर सञ्चालनमा ल्याउने भनिएको सबस्टेसन ठेकेदारको भुक्तानीमा ढिलाई हुँदा काम रोकिन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले ठेकेदारले पाउनुपर्ने रकम भुक्तानी भइसकेकाले अब तिहार र छठलगत्तै सबस्टेसन चार्ज गरेर सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
बथनडाँडा गाउँ
दाङ, कात्तिक ४ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ स्थित बथनडाँडा गाउँ र आसपासको रमणीय दृश्य। तस्बिरः रासस
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना
कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजना अघि सारेको छ ।
रुकुमको जंगालगाउँ
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं १ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ ।
खुर्कोटमा बेलिब्रिज पुन निर्माण सकियो
रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।
बाढीबाट सन्तान गुमाउने आमाको पीडा : राहत त पाइयो, पुछिएन आँसु
वर्षा सकिएको केहीबेरमै यहाँका नदीनालामा आएका बाढी सुकिसके तर ६६ वर्षीय पञ्चमाया थिङ र ५० वर्षीय सुशीला देवीका आँखामा आँसुको भल झन् झन् उर्लिंदै गएको छ । घटनाको ११ औँ
माटोका भाँडा बनाउन भ्याइनभ्याई
इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।
पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै
सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
पनौतीमा पर्यटकलाई निःशुल्क ‘सम्पदा पासपोर्ट’
यदि तपाईं पनौती घुम्न आउँदै हुनुहुन्छ भने पनौतीमा रहेको पर्यटक सूचना केन्द्रले तपाईंलाई निःशुल्क रूपमा ‘पनौती हेरिटेज पासपोर्ट’ सम्पदा पासपोर्ट र पथप्रदर्शक (गाइड) उपलब्ध गराउने छ । पनौतीमा पर्यटन सूचना केन्द्रले विश्व पर्यटन दिवसको दिनबाट नेपालमै पहिलो पटक पनौतीमा घुम्न आउने पर्यटकका लागि निःशुल्क हेरिटेज पासपोर्ट र पथप्रदर्शकको व्यवस्था सुरु गरेको हो ।
कसी लगाउने मौका
प्रतिनिधि सभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, किर्ते तथा सङ्गठित अपराध अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
संसदीय अभ्यास नियाल्दा
संसदीय समितिको काम आजसम्म निश्चित गर्न सकिएको छैन । संसदीय समिति कार्यकारी होइन ।
चाडपर्वपछिको अर्थतन्त्र
नेपालको अर्थतन्त्र अहिलेसम्म पनि लयमा फर्किसकेको छैन । उद्योग कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । व्यापार व्यवसायको अवस्था पनि कमजोर नै देखिन्छ ।
रवि गिरफ्तारीको सन्देश
कात्तिक २ गते साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सहकारी ठगीसम्बन्धी प्रकरणलाई लिएर गिरफ्तार गरेको छ ।
तीन सातादेखि विद्युत् उत्पादन ठप्प
पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।
बालविकासको नीतिगत अवधारणामा प्रश्न
विकासात्मक मनोविद्का अनुसार मानिसको मस्तिष्क विकासका दृष्टिले तीन वर्षसम्मको उमेर महत्वपूर्ण मानिन्छ
महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।
जात्राले स-यो दसैँको टीका
उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् ।