‘पश्चिमका केही महान् साहित्यकार’ सँग साक्षात्कार
काम विशेषले साझा प्रकाशन गएको थिए तारानाथ शर्मा । त्यहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीसँग भेट भयो । त्रिपाठीले अकस्मात् पश्चिमका साहित्यकारहरूबारे पुस्तक लेख्न अनुरोध गरे । त्यो अनुरोध सुन्नेबित्तिकै साझा प्रकाशनका व्यवस्थापक क्षेत्रप्रताप अधिकारीले केही रुपियाँ शर्मालाई बैना मारिहाले ।
ऐठन [लघुकथा]
नाताले उनी मेरा मामा पर्थे । लामो समय अमेरिकातिरै बसेका थिए । अकस्मात मेरै टोलको गल्लीमा फाटेका किताबहरूको झोलासहित प्रकट भए । उनको अनुहारमा थकान र खिन्नता थियो । भोकै छन् कि क्या हो भनेर मैले उनलाई अनुरोध गरेँ– “मामा यतिबेला भइसक्यो, खाना खानुभएको छैन होला, हिँड्नुहोस् घरमै जाऔँ, खाना खाऔँ ।” “हैन, हैन नजाऔँ,” उनले भने ।
तारानाथ शर्माको साहित्येतिहास लेखनकला
तारानाथ शर्मा (जीवनकाल : वि.सं. १९९१ असार ९–२०७८ फागुन ३) नेपाली साहित्यका बहुआयामिक व्यक्तित्व हुन् । इलामको बरबोटेमा प्रजापति उपाध्याय र देवकीका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनले नेपाली साहित्यका निबन्ध, यात्रासाहित्य, उपन्यास, समालोचना र साहित्येतिहास विधामा आफ्नो सिर्जनात्मक सक्षमता, समालोचनात्मक दृष्टि र साहित्येतिहास चेतना प्रस्तुत गरेका छन् । नेपाली भाषाको व्याकरण लेखन तथा संरचनागत व्यवस्थानिर्माण अभियानमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ । साहित्यिक कृतिको सम्पादन, पत्रपत्रिकाको सम्पादन तथा विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनले विशिष्ट योगदान गरेका छन् । विभिन्न तहका पाठ्यपुस्तकलेखन पनि उनका लेखनीको एउटा पाटो हो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका शर्माका जीवनको मुख्य पेसा प्राध्यापन र लेखन रहेको देखिन्छ । झर्रोवादी आन्दोलन र त्यसको प्रभाव रहेको समयसम्म ‘तानासर्मा’ नामले परिचित उनको लेखकीय जीवन समग्रतः सफल र उर्वर रहेको देखिन्छ ।
एउटा वर्जित फूल हुँ म (कविता)
दुुनियाँको पहुँचभन्दा पर पारि पहरामा फुलेको एउटा अनाम फूल हुँ म झुक्किएर पनि नहेर्नु यता एउटा वर्जित फूल हुँ म
छेपाराहरू [लघुकथा]
राजगद्दी खालि भयो । नयाँ राजा चुन्नुपर्ने भयो । राजा चुन्ने क्षमता कोहीसँग थिएन । अकस्मात् कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।राजा चुन्न हात्ती ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाममा खडा थिए ।राजा छानेको दृश्य हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो– हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू पनि सेतो रङमा लामबद्ध भएर बसेका थिए ।हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा छान्नुपर्ने थियो ।छेपाराहरूको अनुमानविपरीत हात्तीले उम्मेदवारमध्येबाट कालोलाई आफ्नो सुँडले उचालेर राजा घोषित गरिदियो ।कालो राजा घोषित हुनासाथ सेता छेपाराहरू तत्कालै रङ बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै नवघोषित राजाको अगाडि झुम्मिएर भन्ने थाले– “हेर्नुस् त महाराज ! हाम्रो रङ पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।” राजाले जुँघाको ताउ मिलाउँदै छेपारातिर हे¥यो ।राजाको गद्दीरोहण भयो । छेपाराहरूले दाम राखेर स्वस्ती गरे । तत्कालै राजालाई रथारोहण गराएर सहर परिक्रमा गराइने भयो ।राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तँछाड मछाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउति धमाधम रथको पाङ्ग्रामुनि परेर घुनझैँ पिसिँदै थिए । नवरङ्गधारी छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।पुराना छेपाराहरू एकपछि अर्को गरी मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।
तारानाथ शर्माका कथामा प्रगतिवादी चेतना
वि.सं २००७ को क्रान्तिपछि जब देशमा प्रजातन्त्र आयो, राजनीतिक स्वतन्त्रताको अधिकतम उपभोेग गर्न पाउने मौलिक अधिकार पनि आम जनताले पाए । धमाधम राजनीतिक दलहरू एकपछि अर्को गर्दै देखिन थालिए । जनताले वाक् स्वातन्त्रता पाउनुको फलस्वरूप समाचार पत्रिकाहरू पनि प्रकाशन हुन थाले । रेडियो नेपालजस्तो सञ्चार माध्यम बिस्तारै बिस्तारै जनचेतना जगाउन क्रियाशील भयो समग्र नेपाली साहित्यमा नयाँ धारको श्रीगणेश भयो । पूर्णवर्ती साहित्य, परम्पराले नयाँ गति र दिशा लिन थाल्यो, किनभने निरङ्कुश राणातन्त्रले लगाएको पर्खाल भत्किसकेको थियो । देशभर प्रजातन्त्रको नयाँ किरण झलमलाएको थियो । नयाँ चेतना र उत्साहको लहर सर्वत्र फैलिएको थियो । यसै पृष्ठभूमिमा २००७ सालको क्रान्तिको सफलताले विशेष गरेर आधुनिक कथा परम्परामा एउटा अत्यन्त महìवपूर्ण मोड आयो ।
तारानाथ गुरुलाई पूरा बुझ्न शान्ता शर्माको कुरा पनि सुन्नुपर्छ
दर्जनौँ पुस्तकका लेखक आदरणीय डा. तारानाथ गुरुको जीवनकाल (१९९१–२०७८) मा प्रकाशित सिर्जनात्मक पुस्तकमध्ये अन्तिम पुस्तकको नाम हो ‘चरी भरर’ । त्यस दिन यो पुस्तक उपहार स्वरूप मेरो हातमा थमाउनुअघि शान्ता शर्माले यसको रचनागर्भबारे सविस्तारमा बताउ“दै लेखकीय पृष्ठमा रहेको मुटुमा सञ्चित मायाको कोसेली शीर्षक पाठ ‘आफैँ पढेर सुनाउँछु’ भन्दै पाना त पल्टाइन् तर सात आठ हरफभन्दा अगाडि बढ्न सकिनन् उनी । पढ्दापढ्दै बीचैमा अनायासै भावविह्वल हुन पुगिन् । गला अवरुद्ध भयो, आँसुले पूरै भिज्यो आ“खा, भक्कानो फुट्यो उनको । त्यो परिस्थितिले मलाई पनि स्तब्ध पारिदियो । एकछिनभरि म केही बोल्न सकिन“, केही सोध्न सकिन“ । मात्र मौन भएर पढिरहे“ उनको त्यो विदीर्ण अनुहार र भिजेका आ“खाहरू, जहा“ साहित्यकार पतिप्रतिको उनको अथाह प्रेम र श्रद्धाभाव छचल्किरहेको थियो । सँगसँगै पतिको भौतिक अवसानले शून्य बन्न पुगेको उनको एक्लो जीवनको अत्यास र उच्चाट पनि उस्तैसित त्यहा“ प्रतिध्वनित भइरहेको प्रतीत हुन्थ्यो ।
मेरा अनौठा र अड्भाङ्गे साथीहरू
हामी दिनहुँ नौला नौला मान्छेहरूलाई भेट्छाैँ, बात गर्छौं, उनीहरूसँगै काम पनि गर्छौं । तर ती सबैसँग हाम्रो हेम्खेम बढ्न सक्तैन र तुरुन्तै झन्नै जम्मै जसोलाई नै बिर्संदै जान्छौँ । हुन पनि यस लामो जीवनमा सबैलाई सम्झेर साध्य पनि हुँदैन किनभने हाम्रो सानो मगजमा ती सबैका नाउँहरू, आकारहरू, अनुहारहरू, बानी–बेहोराहरू र चाखहरूका लागि ठाउँ नै हुन सक्दैन । म आफूलाई थाहा छ, मान्छेसँग राम्रो बोली वचन गर्नुपर्छ भन्ने ज्ञान पलाएदेखि आजसम्म अर्थात् कुन्नै पन्ध्र वर्षसम्ममा मैले दस लाखभन्दा बढ्ता
कथा : भयाक्रान्त
मुख्य सडक । यसको बायाँतर्फ छेउमा एउटा मन्दिर । भित्रपट्टि अर्को सहायक सडक । वरिपरि मानव बस्ती । ठाउँ–ठाउँमा चिबहाःहरू । चैत्यहरू । सानातिना देवलहरू पनि । अलिक पर एउटा ढुङ्गेधारा । धारो–मास्तिर पुरातन फल्चा ।