दशैँ, लुम्बिनी र बुद्ध
२०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन । बरु पाठेघरको शल्यक्रियाकै कारण उहाँ यति कमजोर हुनुभएको हो र चाँडै नै ठीक हुनु हुनेछ भन्नेमा हामी निर्ढुक्क थियौँ । तर दशैँ सकिएको चार महिनापछि नै उहाँको शरीरमा चौथो स्टेजको क्यान्सर हुर्किसकेको र उपचारभन्दा धेरै पर पुगिसकेको थाहा पाइयो । हामीले टुलुटुलु हेर्दै अरू अढाइ महिना रुँगेर बिदा ग-यौँ ।
पानी छायाँ (कविता)
उसले पहाडमाथि हैकम जमायो उधिन्यो धेरैको घरबास र, आफूलाई सम्पन्न बनायो आलिशान महल ठड्यायो आफ्नै नामको सहर बसायो
ढुङ्गा – म (कविता)
–ए ! प्रिय मान्छे, हृदयहीन ढुङ्गा भनेर विन्ती गाली नगर ।
साध्वी ओसिन
अदालतको कुनामा एउटा मानिस भीडबाट छेलिएर त्यहाँको दृश्य हेर्न खोजिरहेको प्रष्ट देखिन्थ्यो । क्याप र कालो चस्माले आफूलाई लुकाउन खोजिरहेको थियो तर पनि आकर्षक देखिन्थ्यो ऊ । अघिदेखि उसलाई नियालिरहेकी पत्रकार युवतीले उसलाई पछ्याउँदै ! माइक र क्यामरा उनका पछि दौडिहाले । नमस्कार, तपाईं अघिदेखि नै ओसिनलाई लुक्दै हेरिरहनु भएको छ नि किन ?
प्रतिशोध [कथा]
असारका बेफुर्सदिला दिन थिए । सुर्जे बूढाले अन्तिम सास वायुमण्डलमा छाड्दा दिउँसोको एक जति बजेको हुँदो हो । मध्यदिनको मरन भयो । गाउँका धेरै मानिस मेलापातमा थिए । खेतखेतमा भरमार रोपाइँ चलेको थियो । एकोहोरो शङ्खको कर्कश आवाज डाँडाबाट भुँवरी पर्दै कुनाकुनासम्म पैmलियो । गाउँलेले खेतखेतमा नारेका गोरु फुकाए । सबै जना काम गर्दागर्दैको हिलै लुगामा मलामा हिँडे ।
नङ [लघुकथा]
एक दिन भगवान् पशुपति दर्शन गरेपछि केही बिस्कुट र फलफूल लिएर पशुपति वृद्धाश्रममा गएँ । घाम तपिरहकेका चार पाँच जना वृद्धवृद्धाहरूको हात खुट्टाको नङ तन्मयसँग काट्दै थिई नीरा बहिनीले । दुई महिनाअघि मात्र मेरो माइतीघरको तल्लो तलामा श्रीमान्, सासू र दुई छोरीसहित डेरा लिएर बसेकी थिई । उनको सेवा देखेर उनीप्रति श्रद्धा भाव पलायो धन्यवाद दिएँ । “हरेक पन्ध्र दिनमा यहाँ यी बुबा आमाको सेवा आउँछु नि दिदी” नीराले सुनाइन् गर्वका साथ ।
लेखनकै बलमा उभिएको व्यक्तित्व
नलेखी बस्नै नसक्ने तर लेखेको कुरा छपाउन रुचि नभएको लेखक हतपत पाइँदैन । काठमाडौँको कमलपोखरीमा विगत एक दशकदेखि यस्तै परिचय बनाएर बस्नुभएको छ उहाँ । सामाजिक सञ्जालमा आफ्ना सिर्जना राख्न भने प्रायः छुटाउनुहुन्न । लेखेर नथाक्ने साहित्यकारमा पर्नुहुन्छ उहाँ । सात वर्षको उमेरमै संस्कृतमा चार पङ्क्ति कविता सुनाएर मोहन समशेरबाट चार सय रुपियाँ नगद पुरस्कार पाएको हो उहाँले । नेपालीमा लेख्न थालेकै सात दशक नाघिसक्यो ।
थुरथुर
छोरो हत्तपत्त घरमा बनाएको खाना खाँदैन । बाहिरबाहिरै केके खाएर आउँछ । म दिनदिनै गाली गर्छु, बाहिर नखा, होटलका खानेकुरा स्वस्थ्यकर हुँदैनन्, रोग लाग्छ । ऊ भन्छ, घरमा के छ र खानु ! त्यै दाल, त्यै भात, त्यै रोटी, त्यै बाबर, त्यै चाम्रे, त्यै गुन्द्रुक, त्यै फर्सी, त्यै घिरौँला, त्यै साग । मेरो त ब्लड पनि हरिऽऽऽयो भइसक्यो होला । म हाम्रा अर्गानिक खानाको महत्त्वबारे सम्झाउने प्रयास गर्छु तर सक्दिनँ । ऊ भन्छ, तपाईंहरू मलाई एक्काइस वर्षदेखि एउटै खानेकुरा कोच्याएको कोच्याइ हुनुहुन्छ । संसारमा खानेकुराका करोडौँ आइटम छन्, तपाईंहरू जम्मा तीनवटा खानेकुरा बनाउनुहुन्छ, दाल, भात, तरकारी । बिहान दाल, भात, तरकारी । बेलुका दाल, भात, तरकारी । सकभर दिउँसो पनि भुटीभात । यो दालभातको पिण्डबाट कहिले छुटकारा पाउने हो !
कविज्यू ! म तपाईंको कविता छाप्न सक्तिनँ
श्रीमतीको छाप्नै प-यो नत्र घरमा उधुम मच्चाउँछिन् सालीको छाप्नै प-यो नत्र रिसाएर बोल्नै छोड्छिन् झन् प्रेमिकाको त छाप्नै प-यो नत्र डेटिङमा जानै मान्दिनन्