• ७ जेठ २०८१, सोमबार

जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा बढी कैदीबन्दी

blog

जिल्ला कारागार ।

प्रेमराज सिम्खडा 

कालिकोट, वैशाख २८ गते । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् । कारागारको क्षमता जम्मा २५ जनाको भएपनि यहाँ अहिले ५८ केदीबन्दी छन् । ठाउँ अभावका कारणले गोलघेराको सानो ठाउँमा काठले बारेर जसोतसो व्यवस्थापन गरिएको छ । 

जिल्ला कारागारका प्रमुख जेलर नरबहादुर सार्कीले १५ जना पुरुष र दश जना महिलाको क्षमता भएको कारागारमा ५८ जना राख्नुपरेको बताउनुभयो । जीर्ण भवन, साँघुरो कोठामा यसरी कैदीबन्दी राख्दा उनिहरुमा थप मानसिक समस्या हुने गरेको बताउनुभयो । पछिल्लो समयमा जिल्ला न्यायाधीश श्री भरत लम्सालको पालामा केही थान मुद्दाको फर्छ्याेट भएकाले अलि सहज भएको बताउनुभयो । 

जिल्ला कारागारमा ५३ जना पुरुष छन् भने पाँच जना महिला कैदीबन्दी छन् । महिलाहरुका लागि कारागारको वास सहज भएपनि पुरुष भने तिन तिहाई बढिरहेको बताउनुभयो। यस्तो समस्या समाधानका लागि कतैबाट पहल नहुने गरेको बताउनुभयो । 

जीर्ण भवन र पर्खाल भएकाले कहिले कैदीबन्दी भाग्ने खतरा रहेकाले सुरक्षा सतर्कता जहिले पनि कायम राख्नुपर्ने कर्मचारीको गुनासो छ । जेलर सार्कीले धेरै प्रयासपछि कारागार व्यवस्था विभागले कालीकोटको कैदीबन्दी राख्ने भवन र कार्यलयका लागि नयाँ भवन बनाउनुपर्ने पहिलो लिस्टमा  रहेको जानकारी दिनुभयो ।