खोइ नेपाली ‘रेनेसा’ ?
हामी आफ्नै छेउको झरनाको पानी नपिएर ‘प...र’ इनारको कुहिएको पानी पिउनमा रमाइरहेका छौँ । एक पटक दार्शनिक लियोनार्दो दा भिन्चीले भनेका थिए, ‘झरनाको नजिक बस्ने मान्छेले इनारको पानी पिउँदैन ।’ यो भनाइ विद्यार्थी हुँदा पढेको थिएँ तर बुझेको थिइनँ । आज बुझ्दै छु ।
तीनजुरे किन गएनौ किशोर ?
तेह्रथुम भ्रमण गरेर फर्केको केही समय भयो । मनमा सुन्दर तेह्रथुमको सम्झना ताजै छ । कवि हेम हमालको ‘गाउँ गाउँजस्तो छैन, सहर सहरजस्तो छैन’ भनेझैँ तेह्रथुम गाउँजस्तो छैन, तेह्रथुम सहरजस्तो छैन भन्ने कुरा मनमा खेलिरहेको छ । कोरोनाकै कारण कति साथीभाइ असमयमै हामीबाट सधैँको निम्ति टाढा गए । त्यसपछि २०७८ सालको अन्त्यतिर कोरोना अलि सुस्ताएको अनुभव भएपछि विश्वले तेह्रथुम जाने कुरा मिलाइसकेका रहेछन् ।
माटो र इतिहास
म यतिखेर मेरो माटोको इतिहास खोजिरहेछु पुर्खाका पसिनाले भिजेका भोटाहरू दापसहित रक्तरञ्जित खुकुरी, खुँडा र तरबारहरू पुर्खाले टेकेका पाइतालाको डाम
वर्षा
(स्रग्धरा छन्द)आइन् वर्षा ऋतु यो क्षितिज–गगनमा मेघमाला उदायो ढाक्यो आकाश, कालो जलधर घनले घामको ज्योति भाग्यो ।दक्र्यो पानी रसीलो मन प्रमुदित भै खेतबारी टुसायो धर्ती सारा रसायो सुरभित पृथिवी मग्मगायो र नाच्यो ।।१डाँडा पाखा रसाए कलकल स्वरमा अम्बुका मूल जागे धर्तीमा बालिनाली मलजल थपिए कोख नै त्यो रसाए ।खेल्दै माटो, हिलोमा छुपुछुपु सबले धान रोपेर नाचेवर्षाको भेल झेल्दै कृषक सब मिली सिर्जना गीत गाए ।।२घन्क्यो रोदी, असारे, घरघर सबमा बाउसे नाच्न थाले ठोके डम्फू सबैले तनमन भरियो हर्ष उल्लास छाए ।उर्ले खोल्सा र झर्ना हिमनद चुलिई खेतबारी पटाएरोपाहाले रसीलो मधुर स्वर झिकी खेतमा प्राण हाले ।।३नाच्छन् डाँफे निकाल्दै मृदुल स्वरसुधा लेक–बेसी हँसाई नाच्छन् रङ्गीन भङ्गी सहित मुजुर अहा ! पङ्ख नै त्यो फिँजाई ।भाका हाल्छन् सुरीलो युवक र युवती दोहरीमा रमाई धर्ती नाच्छिन् र हाँस्छिन् सबतिर हरियो अन्नको बीज पाई ।।४झम्–झम्–झम् वृष्टि बर्सी अवनितल कतै ताल भै डुब्नथाल्छ डङ्–डङ्–डङ् भेल उर्ली बगर–तट यसै बाढमा बग्नथाल्छ।डाङ्डुङ् चट्याङ गर्जी गगनसतहमा त्रास–सन्ताप बढ्छछङ्छङ्छङ् नीर उर्ली नहर घर पसी शोकको गर्त बन्छ ।।५ वर्षा हुन् प्राणदात्री सकल भुवनमा हुन् यिनी अन्नपूर्णावर्षा नै हुन् रसीली अमृतसम छिटा रापिलो यो धरामा ।वर्षाले नै बगाई समय–समयमा मृत्युको मार थप्छिन्वर्षाले नै फुलाई लहलह बिरुवा सृष्टिमा प्राण भर्छिन् ।।६ थापाथली, काठमाडौँ
असारको रात
असारको रात उखर्माउलो गर्मी तृष्णाले मडारिएको आँत पानी बोकेर आफ्नै प्यासमा तिर्खाएको बादल
मुक्तक
रात्रीको कहर कस्तो त्रास मै प्रातः जगाउँछ अविश्वासमा नै विश्वास कस्तो श्राप बनाउँछ कलियुग या परिवर्तनशील मौसमी प्रभाव हो, लामो आयु भए पनि रातमै अग्राख पलाउँछ ?
ए परदेशी
तिमीलाई खोज्दैखोज्दै एक दिन आउनेछ– सिरसिर्रे र साथमा ल्याउनेछ– गाउँको सम्झना गाउँमा तिम्री आमा डोकोमा जूनताराको भारी बोकेर
समयको कठघरामा
सत्यको अर्गानिक इतिहास यतिखेर भ्रमहरूको दुकानबाट एकाएक लिलाम भएको छ र, मृत्यु क्याप्सुल सेवन गरेर.. खरानी भएको छ
बूढो ल्याम्पपोस्ट
एउटा बूढो ल्याम्पपोस्ट कुनामा चुपचाप उभिएको छ ऊ हेरिरहन्छ– सडकमा खेलिरहेका बच्चाहरू चोकमा गफ गरिरहेका थकित भरियाहरू पल्लो घरको बरन्डामा गृहिणीहरूको गन्थन चिया पसलमा साथीभाइको भेटघाट ।