गणतन्त्रको प्रताप : सिंहदरबार र प्रतिष्ठानहरू
गाउँगाउँमा सिंहदरबार आउने हो भने गाउँघरमा किन प्रज्ञा प्रतिष्ठान नआउने ? किन त्रिभुवन विश्वविद्यालय नआउने ? किन वीर अस्पताल नआउने ? किन रेडियो नेपाल नआउने ? किन नेपाल टेलिभिजन नआउने ? अनि सर्वोच्च अदालत किन नआउने आदि इत्यादि नारा उरालेर गरिएको अर्मले गाउँको आन्दोलन निकै लामो सङ्घर्षपछि सफल भएको छ । परिणाम स्वरूप यस गाउँमा पनि केही प्रतिष्ठानहरू, केही अस्पतालहरू, केही विश्वविद्यालय केही अदालतहरू खोल्ने कुरा चलिरहेकोमा गोलमेच सम्मेलन गरेपछि सबैभन्दा पहिले प्रज्ञा प्रतिष्ठान नै खोल्ने सबैको सहमति भयो । अदालत खोल्ने हो भने फेरि प्रधानन्यायाधीशको लफडा चल्ला । विश्ववि
मोहपाश
बाहिर बादल गडगडाइरहेछ । एकैछिनमा आकाश अन्धकार हुन्छ भने अर्को क्षणमा सूर्यको किरण देखा पर्दछ । उज्यालोपछिको अँध्यारो र अँध्यारोपछिको उज्यालो हुन्छ भन्ने यस्तै होला भन्ने प्रज्ञाको मनमा आउँछ । आज उनलाई पनि कहिले मन प्रसन्न हुन्छ भने कहिले मन विचलित हुन्छ । के भइरहेछ उनी आफैँलाई आफैँसँग प्रश्न गर्छिन् । आफैँ केलाउन थाल्छिन् विगतका सुखद् तथा घटित घटनाहरूलाई । कुसुमको जीवनमा घटेको घटना आज प्रज्ञाको मन मस्तिष्कमा सल्बलाइरहेछ । कुसुम र प्रज्ञा स्कुलदेखि नै मिल्ने साथी । कलेज पनि साथै पढेका । दुवैको समयमा नै विवाह भएको । संयोगवश दुवैका श्रीमान् एकअर्काका मिल्ने
कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो
मार्क ट्वेन (सन् १८३५–१९१०) प्रसिद्ध अमेरिकी लेखक हुन् । उनका लघुकथा तथा उपन्यास बेजोड भाषा तथा व्यङ्ग्यकार मानक मानिन्छन् । सन् १८६५ मा प्रकाशित ‘कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो’ले ट्वेनलाई एक उदीयमान कथाकारको परिचय दिएको थियो । व्यङ्ग्य र परिहासले भरपूर यस कथा ट्वेनका प्रसिद्ध कथाहरूमा सूचीबद्ध छ । यसलाई अङ्ग्रेजीबाट नेपालीमा शेखर खरेलले भाषान्तर गरेका हुन् ।
घरज्वाइँको धन्दा !
ज्वाइँ छोरा बराबर भन्ने जुग आई नै सक्यो आउन त ! तर बाज्या पालाको पुरानो लवजको कवचभने मछिन्द्रनाथको भोटोजस्तै कहिल्यै पुरानो नहुने परेछ कि क्या हो ! हिमवत्खण्डको सिरानमा सजिएको यो देशकै इतिहास पुरानो भएर पनि हुन सक्छ, सधँै उस्तै र उही उखान मीठोमसिनो लागेर मुखमा झुन्डिएको भेटिन्छ नेपालीको ।
वैतरणी तर्दाको यात्रा संस्मरण
अहो ! कसरी तर्नु ? कालो नीलो रै’छ ! वैतरणी कसरी तर्नु ? लौन के गर्नु ? हे भोला ! उपाय के होला ? यसबाट कसरी मुक्त हुने होला ? अर्काे बाटो भए लामै भए नि बरु बिस्तारै हिँडेर भए पनि तर्ने थिएँ । कस्तो भयो नि ? लौन कोही छ यो बाटो हिँड्ने ? लौन प्रभु मलाई वैतरणी तारी दिनु प-यो । कोही छ यहाँ ?
साहित्य गोष्ठी र माइतीघर मण्डला
जीवनमा छन्द छ, लय छ, गति छ । यिनैले साहित्य रच्छन् । साहित्यले बिहान ब्ल्याक/ ग्रिन/ लेमन/ हर्बल टीबाट उठाउँछ र भरे भरे ओल्ड दरबारमा सुताउँछ । यसले कतिपयलाई केही नगरी प्राज्ञ बनाइदिन्छ र प्रज्ञा जोडिएका तथाकथित साहित्यिक अड्डाहरूमा जागिर दिन्छ अनि राजनीतिकर्ममा प्रवृत्त गराउँछ । जादू । त्यस स्थितिमा साहित्य मधुर हुँदै मधुरसपूर्ण हुन्छ र विपरीतमा कटु कटुतर हुँदै कटुरसपूर्ण । त्यसैले जीवन कटुमधुमिश्र रसपूर्ण भनिन्छ । यसैका लागि हामीले साहित्य समाउँछौँ तर साहित्यले हामीलाई, समाजलाई पनि मुक्त गर्छ । यी सबैले संसार सुन्दर छ । कतिपय मानिस पुनर्जन्मको कामना गर्छन् । एक जीवनमा संसारको साहित्यले अघाइन्न ।
‘हास्यव्यङ्ग्य एवं स्वतन्त्र अभिनय कलाको त्रिवेणी गाईजात्रा उत्सव’
१. सगरमाथा र शाक्यमुनि बुद्ध जन्मेको देशको रूपमा नेपाल विश्वमा परिचित छ । यस परिचयसँगै अब विदेशीहरूले नेपाललाई रमाइलो, जीवन्त चाड मनाउने देशका रूपमा बुझ्दैछन् । हिमाल, पहाड र काठमाडौँ उपत्यकामा मनाइने प्रमुख चाडको समय पारेर पर्यटकहरू नेपाल आउन थालेका छन् । हाम्रा चाडपर्वलाई राष्ट्रिय, स्थानीयसँगै विविध ढङ्गले वर्गीकरण गरेर विश्लेषण गर्न सकिन्छ । जसमध्ये प्रमुख रूपमा
एकाकार प्रतिमा (कविता)
यो माटोको चमक भोलिको सम्पूर्णतालाई इसारा गरेर टाढा टाढा हेरिरहेछु ईश्वर ! तिमीभित्र म जस्तो मान्छे छ छैन ?
नेपाली नारी–आख्यानमा पहिचान र विद्रोह
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी