असारे अमर फूल
खेतको रोपो मनको धोको जीवनको जुहार पसिना झुल्छन् धानका बाला मङ्सिरको मुहार खोलाको पानी आँखाका नानी बाउसे, रोपार ब्याडे र बाउसे खेताला खेतका सहकाल ओसार
मृत्युको शैली
मृत्यु फरक शैलीमा आइरहेछ मनिर ऊ मभित्र गहिरोसँग रोपिइसकेको छ न म उसलाई उखालेर फ्याक्नु सक्छु न ऊबाट भाग्न तथापि म रोप्न सक्छु फूल जसले
दरिद्रता : दस प्रकरण
१. यति दरिद्र पनि के हुनु ? एकदुई तोला लज्जा पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? तीनचार मासा इमान पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? पाँचछ लाल निश्छलता पनि नहोस् आफूसँग
शिक्षक (कविता)
बन्ने ज्ञानी छिनछिन यहाँ खोजका वात गर्दैबोल्ने भाषा असल हितका लोभहिंसा लघार्दै को होला त्यो ? पद जगतमा भन्छ अध्यापकै त्यो बूढो माझी तटतिर बसी तार्छ डुङ्गा सधैँ जो । १उल्ले आफ्नो अनुभव कला सार्न सक्दा त रम्ने गल्ती गर्दा अमुक जनमा ज्ञानका बात छर्ने बस्ने–रम्ने हरबखत नै छात्रछात्रा पढाई शिक्षा बाँड्ने बुझ मनुज हो बाँच्छ बाधा हटाई । २चुम्ने माटो सहज छरितो बोट नौलो लगाई पुज्नेरम्ने हरतरहले देश आफ्नो सजाई इन्द्रेणीका मधुर धुनले दिन्छ आभा वसन्त आफ्नै चेला युवकयुवती देश हाँक्ने अनन्त । ३छक्कापञ्जा कुटिलपनका वात यिन्को हुँदैन गर्ने कोही यदि जब भए मान्नता नै हुँदैन सोझो आफ्नो सरल गतिमा मार्ग राम्रो त दिन्छ हो त्यो ज्ञानी सरर बहँदै ज्ञानको भाव बोल्छ । ४शिक्षा यौटा असल गतिलो मेरुदण्डै बनेको नौला–नौला हरतरहका खोज राम्रो गरेको मान्छे हाम्रो सहज सजिलै हिँड्छ अध्यापकै त्यो आँफू जल्दै वरपर सधैँ मैन बत्ती बनेको । ५शिक्षा अर्को हृदयभरमा ज्ञान आगो छ बाल्ने राम्रो कस्तो गहन–गरिमा छिद्रमा भित्र पस्ने दीक्षा छर्ला मन–मगजले दीर्घजीवी ऊ बन्ने मर्ला डढ्ला शरीर तन त्यो आत्मा कैले नमर्ने । ६चित्तै दुख्ने जब अनुजले देश ताक्दा त अर्को लोभी–पापी विकसित भनौँ गर्छ ढाट्ने जमर्को सार्नेचोर्ने अनुभव कला ज्ञानको स्रोत मान्छ जे जो राम्रो गहन गरिमा सार्छ सक्दै लघार्छ । ७चेलाचेली परपर गए ज्ञान शिल्पी छ सिक्नैफर्की आए वर–घर छिटो बीज नौलो छ रोप्नैसुर्कासुर्की, थरघर सबै जोत्न बाँकी बलौटा रोपे फल्लान् हर–तरहका अन्नबाली अनौठा ।
यात्रा हाइकु
जीवन यात्रा उत्साह र उमङ्ग बल्छीमा माछा । सपना पनि यौटा यात्राको बिन्दु
व्यङ्ग्य कविता पढेपछि...
एक जना व्यङ्ग्यकारको कविता पत्रिकामा पढेपछि नेताजीको एक्कासि पारा चढ्यो उनले उत्निखेरै फोन गरेर व्यङ्ग्यकारको सातो खाए– “कोही नपाएर मलाईं तपाईंले
एक झिल्को
हरे, कति गारो रहेछ अमेरिकामा ! नेपालमा बस्नेहरूले हेर्दा छोराछोरीलाई अमेरिका पठाएपछि त आकाशबाटै बर्सन्छ भन्ठान्छन् । यहाँ भने हेर कस्तो ! बेलुका एघाह्र बजेसम्म काम गर्दा पुग्ने ठाउँमा रातको एक बजिसक्दा पनि घर फर्केकी होइन । छोरीलाई कति गाह्रो !
लटरी [कथा]
बोर भएको बेला ट्रान्सपर्थको बसलाई दुई डलर तिरेर हामी रेड क्लिफबाट बेलमोन्ट फोरम पुग्थ्यौँ– बहाना हुन्थ्यो सस्तोमा बस यात्रा, हिँड्दै गरेको बसबाट बाहिरको सुन्दर दृश्य । सस्तोमा बस यात्रा गर्न पाएकोमा म निकै खुसी हुन्थेँ; मीना म्याम जाँदा दुई आउँदा दुई गरेर चार डलर खर्च गर्न परेकोमा रिसाउनु हुन्थ्यो । भन्नु हुन्थ्यो,’ सधैँ किन जानुप¥यो घुम्न ? कसरी पुग्छ ?’ कसरी पुग्छ ? यो बडो जटिल प्रश्न हो । कोसँग होला र यसको उत्तर ? धेरै भयो मेरो मौन शक्तिले उहाँसँग कुनै प्रतिवाद गर्ने इजाजत दिन छोडेको ।
कवि कटुवालको पुण्य स्मृतिमा
शब्द ओकल्न कविलाई आज सखारै समयले ओकली दिएछ । एक्लो कवि, आफ्नै शøयामा छटपटिँदै अहोरात्र बिहानीपख एक्कासि कविता बनेर कहिल्यै नब्युँतने निद्रा सुतेछ