नेपाली नारी–आख्यानमा पहिचान र विद्रोह
साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ । समालोचनामा नारीवादी चिन्तनको प्रवेश पश्चात्य समालोचक र ज्ञाननिर्माण प्रक्रियाको प्रतिफल हो भन्ने आधार यिनको छ । पूर्वीय वाङ्मयका कालजयी रचना वेदका मन्त्र रचनामा नारीको योगदान रहेकाले वैदिक सूक्तकाल समतामा आधारित थियो भन्ने ठहर यिनको छ । कृष्ण गौतम, गोविन्दराज भट्टराई, कमला भासिन, वीणा पौड्याललगायतका मान्यतालाई यिनले नारीवादी दृष्टि निर्माणको
आस्था (कविता)
आस्था कुनै पत्थर होइन कतै जडी दिन्छौं कतै उखेली दिन्छौं । आस्था कुनै मूर्ति होइन कतै फोडी दिन्छौं कतै जोडी दिन्छौं ।
कोरोना कथा: घरभाडा
काठमाडौँको आकाश सफा थियो। घनश्याम बरन्डामा काठको मेचमा बसेर खुलेको आकाश हेरिरहेको थियो। बिहानको नित्यकर्मपछि ऊ घर पछाडि गएर केही बेर अल्मलिएर आएको थियो। टोल सुनसान थियो। अलिपरको एउटा रूखमा चराहरू भुर्र भुर्र उड्दै बस्दै गरिरहेका थिए। राधिका स्टिलको थालमा दुई कप चिया लिएर टुप्लुक्क उसको सामु झुल्किँदा घनश्याम झन्डै झस्कियो तर सम्हालियो। सँगैको अर्को मेचमा बस्दै राधिकाले चियाको थाल स्टुलमा राखी।
मिस्टर टर्नर
‘मिस्टर टर्नर’ शीर्षकीय ‘बायोपिक’ (उन्नाइसौँ शताब्दीका सुविख्यात ब्रिटिस चित्रकार जे.एम.डब्लु. टर्नरको जीवनीमा आधारित सिनेमा) दोहो¥याई तेह¥याई हेरियो । सन् २०१४ मा रिलिज भएको यो फिल्म वास्तवमा नै कलात्मक र उत्कृष्ट रहेछ ! टर्नरको भूमिका निर्वाह गरेका टिमोथी स्पालको अभिनयलाई त मान्नै पर्छ ! समीक्षकहरूबाट निकै रुचाइएको यस फिल्मका लेखक एवम् निर्देशक हुन्– माइक लेइघ ।
‘सम्झनामा रुस’को सङ्क्षिप्त सिंहावलोकन
‘सम्झनामा रुस’ एउटा सामूहिक नियात्रा लेखकहरूको उल्लेखनीय र उदाहरणीय नियात्रा सङ्ग्रहका रूपमा आएको छ । यसमा सात स्रष्टाका संस्मरणात्मक नियात्रा सङ्ग्रहित समीक्ष्य पुस्तकको अर्को विशेषता के छ भने यसको पूर्वपीठिका रुसी भाषामा लेखिएकाले यसको सारसङ्क्षेप चाहिँ रुसी पाठकहरूले पनि सजिलोसित बुझ्न सक्छन् । यो उनीहरूका लागि सम्प्रेषणीय पनि हुन सक्छ । यो सन्दर्भका लागि पनि धेरै उपयोगी हुन सक्छ । यसबाहेक अङ्ग्रेजी भाषामा पनि यो पूर्वपीठिका भएकाले अङ्ग्रेजी भाषाका पाठकहरूले सन्दर्भको साथसाथै सम्झनाका लािग पनि उपयोगी हुन सक्छ ।
भुक्तभोगी स्रष्टाको यात्रा अनुभव
पवन आलोक नेपाली साहित्यका स्थापित सर्जक हुन् । कथा, कविता र निबन्धका उनका उम्दा रचनाहरूले धेरै पाठकको मन जितेको छ । पछिल्लो समय उनको नयाँ कृति ‘पहाड र लमतन्न समुद्र’मा नेपालका पहाडी जीवन र पश्चिमी देशका समाजलाई चित्रण गरिएका निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा लेखिएका १५ वटा नियात्रा छन् ।
सतीगमन प्रथा होइन
सुजित मैनाली नेपाली इतिहासको अध्ययन अनुसन्धानमा लागिरहने ‘स्कलर’ हुन् । उनका अघिल्ला दुई कृतिहरूले यस कुराको पुष्टि गरेका छन् । उनको सती– इतिहास र मीमांसा २०७८ सालमा प्रकाशित पछिल्लो कृति हो । प्रस्तुत कृति भारत र नेपालीय परिवेशमा इतिहासको कुनै कालखण्डमा चलेको ‘सतीप्रथा’को अध्ययन हो । उनले आफ्नो अध्ययनको क्षेत्रलाई निकै विस्तार दिएकाले यस ग्रन्थको साङ्गोपाङ्गो विवेचन गर्दा एउटा मोटो ग्रन्थ नै लेख्नुपर्ने हुन्छ । त्यसर्थ यस आलेखमा पुस्तकको समग्रतामा नगएर केही मूलभूत पक्षको विवेचन गरिने छ । लेखकले सुरुमै, पतिको मृत्युपछि विधवा स्त्रीको यौनजीवनलाई नियन्त्रण गर्न सतीप्रथा पुरुषले चलाएको क्रुर अस्त्र हो भन्ने पुस्तकको निष्कर्ष दिएका छन् । यसै निष्कर्षको सेरोफेरोमा समीक्ष्य पुस्तकको विवेचनको प्रयास रहने छ । सबैभन्दा पहिेले सतीप्रथा के हो ? र यो संंस्थागत भएको हो होइन यसमा छलफल गरौँ ।
युप्पारुङ याङ
लिम्बूहरूको विवाह संस्कार नेपालका अन्य समुदायको भन्दा फरक छ । नेपालका अधिकांश समुदायको विवाह हुँदा पहिले दुलाहा पक्ष जन्ती लिएर दुलहीको घरमा जाने र त्यहाँ भव्य रूपमा विवाह गरेर आफ्नो घरमा ल्याई दुलही भित्र्याउने चलन छ । तर लिम्बूहरूमा त्यस्तो परम्परा छैन । लिम्बूहरूमा फेदाङ्वाले केटी माग्ने दिनको साइत निकाल्छन् । त्यसपछि लमीको सहयोगमा कुटुम्ब खोज्न थालिन्छ । कुटुम्ब फेला परेपछि लमीलाई अगाडि लगाइन्छ । तर कुटुम्बसँग चार पुस्तासम्म साइनो सम्बन्ध पर्नेसँग भने लिम्बूहरूमा विवाह चल्दैन ।
गैरमामुली कविताका योद्धा पाब्लो नेरुदा
मामुली कविले मामुली कविता लेख्छन् अनि अचाक्ली भ्रम पाल्छन् र आत्मरतिमा रमाइरहन्छन् । खतरनाक त गैरमामुली कविहरू पो हुन्छन् । जसका कविता पनि उतिक्कै गैरमामुली हुन्छन् । एक त्यस्तै गैरमामुली कवि हुन् पाब्लो नेरुदा । उनले दुनियाँ छाडेको नै आज पाँच दशक पुग्न लागिसकेको छ र पनि उनको असर भने अझै यस्तो छ, मानौँ उनी अहिले पनि यही दुनियाँमा छन्, यतै कतै छन् ।