यस युगको सिसिफसको यात्रा
आफूभन्दा बलियाहरूले मिच्दा मिच्दा साँघुरिएर बित्ताभर बाँकी रहेको छ मेरो जीवनको राजमार्ग म त्यही सानो र अप्ठ्यारो बाटोमा नितान्त एक्लै, चुपचाप, ज्युँदो मुर्कट्टाझैँ
डार्क सिनेमा
डार्क सिनेमा अर्थात् फिल्म न्वा अर्थात् सन् १९४० देखि १९५९ सम्म निर्माण भएका विशेष गुणले युक्त अपराध चलचित्रहरू । फिल्म माने चलचित्र अनि न्वा माने कालो । ‘फिल्म न्वा’ नामकरण गरिदिएका थिए फ्रान्सेली चलचित्र समालोचक निनो फ्राङ्कले । कालो चलचित्र नाम यसकारण कि ती सब चलचित्र मानव समाजको, मानव मनको अन्धकार पक्षमाथि केन्द्रित हुने गरेको पाइयो ।
आमिस भिलेजमा एक दिन
वास्तवमा अमेरिका आएपछि थाहा भयो समरको महत्त्व । नेपालमा हुँदा हिउँद मन पराउने मान्छे म । हिउँदका दिनहरू एकदमै मन पथ्र्यो मलाई । तोरी फुलेको फाँटमा हिउँदका गोधुली साँझहरूसँग बिछट्टै लगाव छ मेरो । तर यहाँ आएपछि पो थाहा भयो किन मान्छेहरू ‘आई लभ समर’ भन्छन् भनेर । २०१३ को डिसेम्बरको यौटा घमाइलो दिनमा सियाटल आइपुगेथेँ । पहिलो पटक नेपालबाट अमेरिका आउँदा । त्यतिबेला सबैले भनेको सम्झन्छु ‘महिनामा १–२ पटक घामको मुख देख्न पाउने ठाउँमा आउँदा पनि आइपुगेकै दिन घाम देख्न पायौ । लक्की रहेछौ ।’ सियाटलमा त्यतिबेला ३, ४ महिनासम्म देखेको दिक्कलाग्दो हिउँदेझरी । न्युजर्सी, न्युयोर्क र बोस्टनतिरका चिसा र हिउँ पर्ने दिनहरूले विन्टरप्रतिको वितृष्णा सजिलै थाहा पाउन सकिन्थ्यो । समरका लामा लामा घमाइला, रमाइला दिनहरूप्रतिको प्यार बुझ्न कठिन भएन ।
अन्तिम बिदाइ (कविता)
अब बाटाहरूले हात हल्लाउँदै हिँड्नुको तुक छैन न त चेप र गल्लीहरूले चिहाइ चिहाइ हेर्नुको मजा छ रुखका पातहरू माथिबाट स्वागत गरेझैँ गरी झरे पनि
नियति (कविता)
शून्यमा गुञ्जिएका आवाज ! आवाजमा बनेका यी रङ्गीन शब्दहरू यिनै रङ्गीन शब्दहरूका परिधिभित्रको यात्रामय जीवन !
बोलिरहेछ ब्रेकिङ न्युज (कविता)
ओहो, प्रिय समाचारवाचक ! तिमीले सुनाएका समाचारमा किन–किन भइरसका निर्मम हातहरूले मेरो घाँटी बेस्सरी निमोठिरहेका छन् मुटुविहीन भएका मान्छेहरू यहाँ छिन्नामस्तालेजस्तै आफ्नो टाउको आफैँले काटेर
कोरोनाले ब्युँताइदिएको बाटोमा
भोजपुरको हतुवागढीका लागि हिँडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा बास बसेका थियौँ । विहानै पुनः बाटो लाग्छौँ । बाटो लाग्दालाग्दै काठमाडौँ बस्ने हिमालधन राईसँग फोनमा सम्पर्क भयो । फोन सम्पर्क गर्नुको खास कारण बाटोबारे सोध्नलाई नै हो । हाम्रो यात्राको पारा सुनेर उत्तिखेरै जङ्गिनु भयो– ‘‘के खान यत्रो बाटो लाग्नुभएको रु जानुअघि यस्सो सोध्नु पनि त पर्छ नि । जानुस् अब दिनभरको बाटो।।। । फर्कनुस्, फर्केर धरान जानुस्, र चतरातिर लाग्नुस् । अनि अरुण नदीमा मोटरबोट चढेर जाँदा हतुवागढी पुगिहालिन्छ नि, जम्मा तीन घण्टाको बाटोलाई किन दिनभर लगाउने ?’’
साँझका पहेँला घाममा हिँड्नु हुन्न... !
साँझपख घामको चर्कोपन घट्दै जान्थ्यो । सूर्यास्तपछिको पश्चिमी क्षितिज एकदमै अर्कै खालको हुन्थ्यो । हुनत क्षितिज अहिले पनि त्यस्तै हुन्छ तर भर्खर किशोरावस्थातिर पदार्पण गरेका हामीलाई क्षितिजको त्यो दृश्य एकदम राम्रो लाग्थ्यो । हेर्न असाध्यै उत्सुक हुन्थ्यौँ । मौका मिल्दा हेथ्र्याैँ र आनन्दित हुन्थ्यौँ पनि तर अहिले न त्यस्तो लाग्छ, न हेर्दा त्यस्तै आनन्द आउँछ । हाम्रो आँगनबाट क्षितिजको त्यो दृश्य देख्न पाइन्नथ्यो । त्यो दृश्य हेर्न यताउता लाग्नुपथ्र्यो । त्यसैले हामी साँझको त्यो समयमा अलिपर गएर जान र हेरेर रमाउन खोज्थ्यौँ तर घरमा हुने बुबैको उपस्थिति र ‘साँझका पहेँला घाममा हिँड्नु हुन्न’ भनेर गर्ने निषेधले त्यसो हुन पाउन्नथ्यो । त्यसैले मौका मिल्दा मिल्दा मात्र हेर्न पाइन्थ्यो ।
मेरो गति मेरो गीत (निबन्ध)
परको खोल्सातिरबाट आएको मन्द बतासको शीतलताले निधारका पसिना सुकाएपछि बिस्तारै उँभो लागेका गाउँलेहरूसँग मिसिएर अनेकौँ पटक हिँडेको छु म । कहिलेकाहीँ एक्लिएको बिसौनीमा कैयाैँ साँझहरू बिताएको छु मैले । उतिबेला त्यसको अर्थ थिएन मलाई । उतिबेला त्यहाँ बसेर लिएको माटोको बास्ना यसबेला मेरा सिर्जनामा अलिकति घोलिएको होला । त्यहाँ बसेको बेला टाढा कतैबाट आएको मुरलीको धुन यसबेला पनि सम्झिरहेँछु म ।