नेपथ्य नै प्रिय
चियापान पनि गर्न पाइने, ठूलाठूला साहित्यकार पनि भेट्न पाइने, मौका मिले लेखेका कुरा छोड्न पनि पाइने । यी सबैको केन्द्रबिन्दु थियो मधुपर्कको कार्यालय, प्रमुख हुनुहुन्थ्यो यसका सम्पादक कृष्णभक्त श्रेष्ठ । सानो साँघुरो लाग्ने कार्यालय कक्ष भए पनि अटाई नअटाई साहित्यकार, कलाकार जम्मा भएका हुन्थे सबै खाले । प्रोत्साहनका शब्दका स्वागत आतिथ्य दर्शाउनुहुन्थ्यो उहाँ । गोरखापत्रमा काम गर्ने केही सम्पादक पनि देखापर्थे त्यहाँ । त्यही पहिलो पटक देख्न पाएको थिएँ साहित्यकार कुमार ज्ञवाली, मनु ब्राजाकी आदि आदिलाई । अब यो इतिहास भइसक्यो, नमीठो सत्य भेटिएका ती पात्र अब यो धरामा हुनुहुन्न । त्यतिबेलाका मियोजस्तै बन्नु भएका कृष्णभक्त श्रेष्ठ काठमाडौँको धुम्बाराहीमा बसेर विगत सम्झिरहनु भएको छ, नमीठो वर्तमान टेकेर । लेख्न नसकेको, चित्तबुझ्दो लेख्न नसकेको, उमेर, शरीरले चाहेर पनि लेख्न नसकेको, हात नचल्ने अवस्था, उठेर हिँड्न र उठेर बस्न पनि सकसको अवस्था, मानौँ सबै कुराले दुःख दिएको छ । कविताको क्षेत्रमा अविरल योगदान दिएर अनायास रोकिन पुगेको छ उहाँको कलम । दुई दुई पटक मृत्युलाई जित्न सकेको मान्छे, कविता लेखेर धेरैको मन जित्नु भएका उहाँले आफँैलाई जित्ने लेख्न नसक्ने हो भने लेखिरहनुको अर्थ देख्नुभएन, त्यसैले पछिल्ला समय लेख्नुभएन । उही कुरा लेखिरहने हो भने किन लेख्नु ?
सम्मान र प्रेरणाको निरन्तरता
मधुपर्क सम्मानको यात्रा दुई दशक पुगेको छ । पहिलो पटक यो सम्मान २०५९ मा प्रदान गरिएको थियो, मधुपर्क प्रकाशनको ३५ वर्षपछि । आज २०७९ सम्म आइपुग्दा मधुपर्कको प्रकाशन यात्रा ५५ वर्ष पुगेको छ । एउटा प्रकाशनका लागि ५५ वर्ष धेरै लामो अवधि हो । यस अवधिमा मधुपर्कले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको समीक्षा भएका छन् र निरन्तर यस्तो समीक्षा हुनुपर्छ । समीक्षा यात्राको सिंहावलोकन भएकाले पनि वस्तुगत समीक्षाले मधुपर्कको आगामी यात्रालाई दिशा प्रदान गर्दछ ।
म जलेश्वरकी निहारिका...
त्यो, त्यही दिन हो छोरू ! जुन दिन– हाम्रो जिन्दगीको नग्न तस्बिर भाइरल बनाएर फरार भयो रङ्गीन सपना !
मेरै छायाँको विद्रोह र अस्वीकृत ग्रहण
यो रङ्गमय संसारमा, आकाङ्क्षाका अनेकन रङ्गहरूको भीडमा म किन रङ्गीन हुन सक्तिनँ ! ‘मेरो रङ्ग मात्र कालो किन !’ भन्दै मेरो छायाँ मसँग विद्रोह गरिरहेछ । ऊ भन्दै छ– तिम्रो उचाइसँग मेरो कुनै सरोकार छैन ! म तिम्रो उचाइको सापेक्षमा बाँधिन चाहन्नँ ! तिमी एकै स्थानमा स्थिर उभिरहू; म भने आफ्नो आकार बदलिरहन्छु, बाटो बदलिरहन्छु । उज्यालो मेरो आत्मा हो यसैले उज्यालो रहुन्जेल, जीवन रहुन्जेल जरुर तिमीभन्दा म अधिक जीवन्त छु ।
मोमिला : समकालीन काव्यचेतनाकी प्रतिमान
२०२४ साउन २६ गते आमा सनकादेवी र बुवा सिद्धिप्रसाद जोशीको कान्छो सन्तानको रूपमा धनकुटामा जन्मिएकी मोमिला समकालीन नेपाली कविता र निबन्धको क्षेत्रमा आफैँ एउटा प्रतिमान बनेकी स्रष्टा हुन् । मौलिक सिर्जनाका रूपमा उनका चारवटा कविता सङ्ग्रह– पैँयुँ फुल्न थालेपछि (२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (२०५५), दुर्गम उचाइमा फूलको आँधी (२०६०), भीमसेन थापाको सुसाइड नोट (२०७०) र एउटा निबन्ध सङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान (२०६३) प्रकाशित छन् ।
भेनाजु, हड्ताल र नासपातीको रुख
मेरो मनले खाएका थोरै भेनाजुहरू हुनुहुन्छ । उहाँहरूमध्ये सन्तबहादुर राईको शालीनता, प्रशासनिक क्षमता, मुगाधन राईको जुझारु भावना र शरदचन्द्र शर्मा भट्टराईको धैर्य, लगनशीलता र प्राज्ञिक चेतनासँग म कायल छु ।
गणेश रसिकका कविताको बेग्लै विधा
हिँड्दाहिँड्दै पैतालाले बाटोसँग सोध्यो म हिँड्दा त दुख्छ भने टेकिनेलाई कति दुख्यो गणेश रसिकलाई हामीले चिनेको धेरै भयो । र, यो परिचय अभेद्य उचाइमा छ ।
फर्काइएका मूर्तिहरूप्रति
शताब्दी–शताब्दीदेखि तिम्रो आँखामा प्रतिविम्बित नेपाल ती कलाकारहरूको सौन्दर्ययुक्त समर्पण देशलाई सभ्यता र संस्कृतिको उत्कर्षमा पु¥याउने विशिष्ट सिर्जनाहरू थिए ।
मृत्युको प्रतीक्षा
आज.... धेरै दिनपछि आज कागज पाएको छु । कलम केही दिन पहिले नै पाएको थिएँ । कलम मात्रले तर केही गर्न सक्तोरहेनछ । कलमसित कागज नभइनहुने रहेछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कलम मात्र भएर कागज नभएको स्थितिलाई धेरै दिनसम्म झेलिरहनुपरेकाले यसलाई मैले बेग्लै रूपमा महसुस गरेँ । कलम र कागज यी दुवैको निमित्त मैले ती... प्रति कृतज्ञ हुनुपर्छ । ती... तिनको नाउँ मलाई थाहा छैन । तर उनको अनुहार, जिउ–डाल, लवाइ, हिँडाइ आदि कुनैलाई पनि म कदापि बिर्सन सक्तिनँ । यहाँ गोलघरमा राखिएपछि मैले देखेको मान्छे केवल उनी मात्र हुन् । हरेक दिन सधैँ उनी मेरो ढोकामा लगाइएको ठूलो ताल्चा खोल्न आउँछन् । ताल्चा खोल्दा सायद उनलाई केही समय लाग्छ । त्यसैले ढोकामा केही समयसम्म एउटा आवाज आइरहन्छ । त्यो आवाजसँगै मलाई लाग्छ, अब केहीबेरमै ढोका खोलि नै लागेको छ ।