• ८ मंसिर २०८१, शनिबार

भेनाजु, हड्ताल र नासपातीको रुख

blog

मेरो मनले खाएका थोरै भेनाजुहरू हुनुहुन्छ । उहाँहरूमध्ये सन्तबहादुर राईको शालीनता, प्रशासनिक क्षमता, मुगाधन राईको जुझारु भावना र शरदचन्द्र शर्मा भट्टराईको धैर्य, लगनशीलता र प्राज्ञिक चेतनासँग म कायल छु ।

शरदचन्द्र शर्मा भट्टराई शुद्ध सनातनी ब्राह्मण हुनुहुन्छ । कृष्णप्रसाद शर्मा र माता गुप्तकुमारीदेवीका कान्छा छोराका रूपमा वि.सं. १९८७ साल कात्तिक ८ गते जन्मनुभएको हो । काठमाडौँ जन्मेका भट्टराईसित म माझकिराँत भोजपुरको खाँटी राईको छोराबीच साला–भेनाको नाता गाँसिनु आजभोलि त सामान्य भएको छ । तर झन्डै ६ दशकअगाडि २०११ सालमा माझकिराँतमा यो घटना हुनु भनेको सामान्य कुरो थिएन ।

झन् २००७ सालका योद्धा श्रीपाल राईकी छोरी कमला राईलाई प्रधानाध्यापक शरदचन्द्र शर्माले बिहा गरे । आफ्नै छात्रालाई प्रधानाध्यापक शरदचन्द्र शर्माले बिहा गरे भन्ने सुन्नेहरूले अचम्मै माने । जिब्रो टोके । देख्नेहरूले ठम्याउनलाई आँखा मिचे । परम्परावादी कर्मकाण्डीहरूले कलीको पराकाष्ठा भयो भन्दै खिसिट्युरी गरे । कतिले चाहिँ यस विवाहलाई समयानुकूल र प्रगतिशील भन्दै स्याबासी पनि दिए ।

तर दिदी र भेनाको उक्त बिहाको साक्षी/ प्रमाण भने म होइन । किनभने त्यसताका म गाउँकै स्कुलमा एक कक्षामा पढ्दै थिएँ । पछि भोजपुर बजारको विद्योदय हाई स्कुलमा पढ्न आएपछि मात्र थाहा पाएँ– प्रधानाध्यापक शरदचन्द्र शर्मा भट्टराई नाताले मेरा भेनाजुपर्ने हुनुहुँदो रहेछ ।

स्कुलमा भेनाले मलाई पढाउनुभयो/ भएन, त्यसको हेक्का मलाई छैन । तर मलाई अझै पनि दिदी र भेना बस्नुभएको घरको राम्ररी सम्झना छ । उहाँसँगै बस्ने उहाँका भतिजा विजय हाम्रो स्कुलका सहपाठी थिए । दौड्न परे बाइपङ्खी घोडाझैँ लाग्ने विजयको दौडाइ अहिले पनि मेरा आँखामा झलझली आउँछ ।

२०१६ सालमा म आफ्नो गाउँ छिनामखुको मिडिल स्कुलबाट ५ कक्षा पास भएर ६ कक्षा पढ्न विद्योदय हाई स्कुल भोजपुरमा आएको थिएा । मेरो बसाइ ‘भोटे पसल’ डम्बर तामाङ दाइको घरमा थियो । डम्बर दाइका दुई जना भाइ गणेश र कुशल पनि विद्योदय हाई स्कुलमा पढ्थे ।

एक दिन म स्कुल जाँदै थिएँ । डाँडागाउँ पुग्दा एक हुल स्कुलकै विद्यार्थीहरूले हातेमालो गरेर मेरो बाटो छेक्दै भने, “आज स्कुल बन्द छ, हडताल भयो, घर फर्के हुन्छ । नफर्कने भए यहीँ हामीसँग लाइनमा बस् ।”

म गाउँबाट भर्खरै पढ्न आएको ठेट्ना ठिटो, साथीहरूको कुरो सुनेर अक्क न बक्क परेँ । आफूभन्दा माथिल्लो कक्षाका दाइहरूले पनि नानाभाँतीका कुरा थप्दै सम्झाउन थाले । मेरो अल्लारे बुद्धिले काम गरेन । स्कुलै जान्छु भनेर ढिपी गर्न पनि सकिनँ । बरु भीड जम्मा भएको देखेर रमाइलै लाग्न थाल्यो । अनि साथीहरूको होहोमा होहो मिलाउँदै स्कुल जान खोज्नेहरूलाई ठुटेको शैलीमा भाषण पिलाउँदै रोक्न थालेँ ।

मैले परैबाट देखेँ– विमला दिदी र नीलम दिदी एक हुल केटीहरूसागै आउँदै गर्नुभएको । विमला दिदीलाई देखेर म हच्केँ । मेरो अनुहार हेरेर साथीहरूले ढाडस दिए– “दिदीसाग के डराउाछस् ? हामी छौ“ !”

दिदीहरूको हुल हाम्रो छेउमा आइपुग्यो । हामीले हातेमालो गरेर बाटो छेक्यौँ र एउटै स्वरमा करायौँ“– “आज स्कुल जान पाइँदैन, हडताल छ ।”

हाम्रा आवाजले दिदीहरू रोकिनुभएन, बरु हाम्रो हातेमालो चुँडालेर कराउँदै बाटो लाग्नुभयो । अलिक पर पुगेर दिदीले मलाई बोलाउनुभयो, “आइज भाइ ! स्कुल जाऔँ ।”

केटाहरूको आड पाएको म जिराहा भएF । दिदीलाई किन टेरपुच्छर लाउँथेा । उल्टै ओठे जवाफ दिए“, “नाइँ, म स्कुल जान्नँ आज, हडताल छ ।”

“हडताल किन हुँदै छ, थाहा छ तँलाई ?” “किन थाहा नहुनु ? राम्ररी थाहा छ ।”

“पख् न, तँ बढ्ता हुँदैछस् । पछि काका आउनुभएपछि तँलाई जानेको छु ।”

दिदीहरूको हुल स्कुलतिर लाग्यो । हामी हडताल पक्षधरहरू स्कुल गएनौ“ । घरमा गएर पनि काम थिएन । अब के गर्ने ? सल्लाहअनुसार घट्टेखोलामा पौडी खेल्न गयौ“ ।

साँझपख लखतरान परेर घर आइपुग्दा मैले बजारमा हल्ला सुने“– “शरदचन्द्र शर्मालाई प्रधानाध्यापकबाट हटाउन आज स्कुलमा विद्यार्थीहरूले हडताल गरे ।”

यो हल्ला सुनेर म सीधै छाँगाबाट खसे“ । स्कुलको हडतालको अर्थ बुझेर किंकर्तव्यविमूढ नै भए“ । भेनाजुलाई हटाउने हडताल भनेर थाहा पाएको भए म यसरी साथीहरूको उल्कामा लाग्ने नै थिइन“ । यस अपराधबोधले म फत्रक्कै परे“ । पछि दिदीभेनाहरू भोजपुर छाडेर बाटो लाग्दा बिदाइ गर्न सारा नरनाता, इष्टमित्र गए । तर म भने जान सकिन“ ।

यसरी भेनाजुले वि.सं. २०११ सालदेखि १६ सालसम्म भोजपुर विद्योदय हाई कुलमा प्रधानाध्यापक भएर काम गर्नुभयो । भेनाजुले भोजपुर छोड्नुभएको सात वर्षपछि म पनि फिरन्ते हुँदै काठमाडौ“ टेक्न पुगे“ ।

रविन भाइ सैनिक होस्टेल ठमेलमा बस्दै थियो । उसैले पहिलो पटक मलाई दिदीभेनाको घर सिफल धोबीखोलामा पु-यायो । काठमाडौँ सहरमा गाउँझैँ लाग्ने दिदीभेनाजुको त्यस घरमा पुग्दा मैले भोजपुर सम्झेँ । अज्ञानतावश भोजपुरमा भेनाजुप्रति गरिएको व्यवहार पनि सम्झेँ । कताकता आफूसँग कुरीकुरी लाग्यो ।

शान्त, गम्भीर, भावुक र अन्तर्मुखी भेनाजुको भने भोजपुरको त्यस घटनाप्रति कसैसँग कुनै दुखेसो वा गुनासो थिएन । प्रसङ्गवश कुरा चल्दा भेनाजुले सहजै भन्नुभयो, “भोजपुर छोडेर मलाई राम्रै भयो । काठमाडौँ आउनासाथ दरबार हाई स्कुलमा पढाउने जागिर पाएँ । २०१९ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेँ । पछि त्रिविअन्तर्गतकै सरस्वती कलेजमा लेक्चरर भएँ ।”

यसरी भेनाजुले जीवनमा शिक्षा क्षेत्रप्रति लामो समय खर्चिनुभयो । र, २०५० सालमा झन्डै ६३ वर्षको उमेरमा सहप्राध्यापक पदबाट अवकाश पाउनुभयो । 

जेहोस् भिनाजुले भोजपुर छोड्नुको कारण र परिस्थिति त्यति सुखद् थिएन । तर छाडेर हिँडेपछिका समयहरू उहाँका लागि हरेक प्रकारले सुखद् नै रहे । आफ्नो रुचि लेखन र अनुसन्धानका लागि अनुकूल वातावरण मिल्यो । साधन, सामग्री, स्रोत, सरसङ्गत र सहयोग पाउन सजिलो भयो । जसले गर्दा स्कुल, कलेजका नेपाली, भूगोल, सामाजिक शिक्षा आदि विषयका झन्डै १२ वटा पाठ्यपुस्तक प्रकाशनमा आए ।

अध्ययन, अनुसन्धान, विश्लेषण र समालोचनामा पनि त्यत्तिकै दत्तचित्त भएर लाग्नुभयो । जसको उपलब्धि– कृतिका रूपमा ‘बसाइ परिचय’ (२०१९) देखि ‘नरदेव पाण्डेको जीवनी’ (२०६०) सम्म आइपुग्दा १६ अनुसन्धान, जीवनी र समालोचनाका कृतिहरू प्रकाशित गर्नुभयो ।

त्यस्तै डा. ईश्वर बरालका फुटकर समालाचनाहरू भेनाजुको सम्पादनमा ६ वटा र अन्य पुस्तकका सम्पादन गरी जम्मा १२ पुस्तकहरू प्रकाशित छन् । कमलमणि दीक्षित र घटराज भट्टराईस“गको संयुक्त सम्पादनको ‘बुँइगलको बाकस’ र ‘अर्को बुँइगल’ पनि प्रकाशित छ ।

भेनाजुको पहिलो प्रकाशित लेख २००६ सालमा आँखा नामक पत्रिकामा छापिएको थियो । जसको शीर्षक थियो, ‘आदर्श बालक’ । सानैदेखि अनुसन्धानमा चाख राख्ने जिज्ञासु भएकाले खोजी सधैँ उहाँको रुचिको विषय थियो ।

खासगरी नेपाली साहित्यको माध्यमिक कालको  समालोचनामा उहाँको दाँजोमा सायद त्यो समय लेखिएकै थिएन । अहिले पनि लेखिएको छ भन्नेबारेमा शङ्कै लाग्छ । भेनाजुका यिनै योगदानको कदर स्वरूप २०४२ सालमा झपटबहादुर पुरस्कार, २०५८ मा मदन पुरस्कार र २०५७ मा डा. ईश्वर बराल सम्मानबाट पुरस्कृत हुनुभएको छ । त्यस्तै दर्जनौ“ अभिनन्दन, सम्मान र पुरस्कार र प्रमाणपत्रहरू कोठाका भित्ताभरि टाँसिएका छन् । 

म काठमाडौँको रैथाने भएपछि आफू जाने गरेका थोरै आफन्तका घरमध्ये पहिलो स्थानमा आउँछ– भेनाजुको घर । परदेशमा आडभरोसा दिने आफ्ना मान्छेहरू चाहिन्छन् । मैले विवाह गरिसकेपछि दिदीभेनाको घर भनेर श्रीमतीलाई लगेको पहिलो घर पनि त्यही थियो ।

मृदुला, अचला, लोकेश, सुशील, सुनील, वन्दना भान्जाभान्जी थिए । उनीहरूमाझ अम्बा, नासपाती, भोगटे तरकारी आदि फलफूल र सागपातले घेरिएको त्यस घरमा मेरी श्रीमती चा“डै झ्याम्मिइन् । पछि मेरा बहिनी चञ्चला, भाइ श्याम, शमी र छोरा निमेश अनि छोरी निरिजासमेत त्यहाँ जाने भनेपछि भुतुक्कै हुन्थे ।

संयोगवश २०४१ सालमा दिदीभेनाले आफ्नै छिमेकमा जग्गा देखाउनुभयो । त्यहीँ जग्गा किनेर हामीले सानो घर बनायौँ । यस निकटताले गर्दा मैले भेनाजुलाई अझ नजिकबाट जान्नेबुझ्ने अवसर पाए“ । म प्रायः भेनाजुकहा“ डा. ईश्वर बराल, डा. घटराज भट्टाई, स्वामी प्रपन्नाचार्यलगायत कोही न कोही विद्वान् मण्डलीको आवतजावत देखिरहन्थे“ ।

तर दुर्भाग्य भनौ“, नौ–दस वर्षभन्दा बढी त्यस घरलाई हामीले छिमेकीको रूपमा थामेर बस्न सकेनौ“ । त्यो घर बेचेर डेरामा स-यौ“ ।

रुखका फलयुक्त हाँगाझैँ नम्र, कम बोल्नुहुने र प्रायः एकान्त कोठामा पलेँटी कसेर बस्नुहुन्थ्यो । आँखामा पावरवाला चस्मा लगाएर किताबका अक्षरहरूमा हराएर रमाउन चाहनुहुने भेनाजु झट्ट हेर्दा फाइँफुट्टीवाल र टपर्टुइयाँको सामु एकदमै साधरण र निम्छरो नै देखिनुहुन्थ्यो । त्यो साधरण व्यक्तिभित्र रहेको असाधरण व्यक्तित्वलाई कतिले चिन्न सकेनौँ । तर जजसले राम्ररी चिनेका थिए, बुझेका थिए, उहाँहरूका लागि सधैँ आदरणीय र पूजनीय हुनुहुन्थ्यो भेनाजु । 

मध्यकालीन नेपाली साहित्यको अनुसन्धान, अन्वेषण र खोजीमा भेनाजुको विशेष रुचि रहेको छ । आफ्नो निजी पुस्तकालयमा सयौँ किताब र पाण्डुलिपिको थाकैथाकको तपस्या गर्न रुचाउनुहुने उहाँलाई म भन्थेँ, “भेनाजु ! हजुरले पनि विद्यावारिधि गरे हुँदैन र ?” “मैले आफ्नो कुनै पनि कृति छानेर दिए, त्यो पगरी पाउँछु भन्ने मलाई लाग्छ । तर त्यो पगरीको मलाई के काम ? आफ्ना थुप्रै विद्यार्थीहरूले त्यो पगरी पाइसकेका छन् । त्यसैमा म खुसी छु ।” 

भेनाजु भरसक प्रशंसा, पद, सम्मान, अभिनन्दन र चर्चा– परिचर्चाभन्दा पर बसेर आफ्नो कामलाई नै प्राथमिकता दिनुहुन्थ्यो । पछिल्लो समय मुलुकको दुर्दशा र गरिब जनताको नाममा हत्या, हिंसा र भ्रष्टाचार भएको देखेर साह्रै खिन्न र दिक्दार हुनुहुन्थ्यो । शान्त प्रकृतिका भेनाजु राजनीतिक आस्थामा देब्रे तर कट्टरता र उग्र विचारका विरोधी हुनुहुन्थ्यो । 

कुनै कुरामा चित्त नबुझे पनि चुपचाप सहने, वादविवादभन्दा टाढा, अन्तर्मुखी र एकान्तप्रेमी भेनाजुले अरू त के, आफ्ना छोराछोरीलाई पनि ठूलो स्वरले बोलाएको पनि सुनिन“ । यस्ता सुबानी मनुख्खेको एउटा खराब बानी थियो– चुरोटको अम्मल । बिहान उठेदेखि ओछ्यानमै चरोट, चियामा चुरोट, लेख्दा, पढ्दा, गफ गर्दा, रेडियो सुन्दा र टीभीमा समाचार हेर्दा पनि चुरोट ।

सुनेको थिएँ– महाकवि देवकोटा पनि यस्तै थिए रे ! भेनाजुको पनि चुरोट तनाइ चाहिँ देवकोटाको भन्दा कम थिएन । आखिर त्यही चुरोटको धुवाँले फोक्सोमा क्यान्सर उब्जायो । त्यही क्यान्सरले २०५९ असोज २३ गते मात्र ७३ वर्षको उमेरमा स्वर्गे हुनुभयो ।

आजभोलि त्यस घरको भौतिक संरचना बाहिरी रूपमा केही परिवर्तन भएको छ । फलफूल बगैँचा प्रायः उस्तै छ । तर घरमा चहलपहल घटेको छ । सुनसान एकाङ्कीपनले छोपेको छ । मृदुला र अचला भान्जीलाई आफ्नो घरपरिवार सम्हाल्दै ठीक्क छ । दुवै भान्जीका श्रीमान् अर्थात् ज्वाइँहरू उमेरमा नै स्वर्गे हुनुभएकाले सम्पूर्ण घरपरिवार भान्जीहरूकै जिम्मामा छ ।

जेठा भान्जा लोकेशको सपरिवार ग्रिनकार्ड लिएर अमेरिकामा बस्छन् । आमासँग घरपरिवार धानेर बस्ने माइला भान्जा सुशील, बुहारी र दुई नातिनी छन् । कान्छा भान्जा सुनीलको परिवार सिङ्गापुर बस्छन् र कान्छी भान्जी डा. वन्दनाको परिवार पनि अमेरिकाकै निवासी ।

जीवनको उत्तराद्र्धमा हिँडिरहनुभएकी कमला दिदी घर–व्यवहारमा पनि त्यत्तिकै व्यस्त हुनुहुन्छ । मन्दिरमा पूजापाठ, सामाजिक र राजनीतिक कार्यक्रम, इष्टमित्र–नरनातासँगको भेटघाटमा पनि भ्याइरहेकी हुनुहुन्छ । फुर्सदमा घरवरिपरि बगैँचाको हेरचार उहाँको अर्को सोख हो । आजभोलि हामी दिदीलाई भेट्न जान भ्याउँदैनौँ, भनौँ । तर दिदी एक–दुई हप्ता बिराएर टुप्लुक्क आइपुग्नुहुन्छ– हामी भाइबुहारीको खबर, सञ्चोबिसञ्चो सोध्न ।

कमला दिदीकी आमा जग्गु राई मेरा बाजेकी साह्रै मन परेकी भान्जी । २००७ सालको जनक्रान्तिमा भोजपुरका नेता नारदमुनि थुलुङलाई साथ दिनुहुने कर्मठ महिला नेत्री । श्रीपाल राईकी श्रीमती मेरो नाताले फुपू । त्यही नाताले पनि कमला दिदी मेरा लागि आत्मीय दिदी अनि उहा“का लागि सबैभन्दा प्यारो भाइ म ।

आजभोलि कमला दिदीको घरमा जाँदा गेटछेउमा देख्छु– पहिलाजस्तै उभिएको त्यो बूढो नासपातीको बोट । जो कहिल्यै बोल्दैन, पातका सहस्र आँखाले भने हामीलाई हेरिरहेझै“ लाग्छ । प्रत्येक वर्षझैँ जब यो फुल्छ, फल्छ र पाक्छ, तब सबै मीठो मानेर खान्छन् । मलाई कताकता त्यहीँ रसिलो र स्वादिलो फल दिने नास्पातीको बोटझैँ लाग्नुहुन्छ प्यारा भिनाजु– शरदचन्द्र शर्मा भट्टराई । 

(‘छपक्कै मनमा बसेकाहरू’बाट)