• ९ असार २०८२, सोमबार

रखौटे (कथा)

blog

तिनलाई पैसाको आवश्यकता भयो । घरबेटीको सामुन्ने लाज भइसक्यो तिनल म्यादभित्र भुक्तानी गर्ने थिति बसालेकी थिइन् । त्यो पनि अग्रिम नै । घरबेटी वृद्ध थिए । विधुर थिए । कहिल्यै पनि माग्ने गरेका थिएनन् । उनले अरू भाडामा बस्नेलाई तिनकै उदाहरण दिने गरेका थिए । तिनको उदाहरण उनले त्यसै दिने गरेका थिएनन् । अरूलाई भाडाको मामिलामा उनी जस्तै बन्न प्रेरित गर्न यो पद्धति अपनाएका थिए । समयमा भाडा बुझाउनु पर्छ भन्ने सन्देश प्रेषित गर्न सफल भएका थिए । पन्ध्र दिन म्याद नाघिसकेको थियो । उनी सायद तिनको परीक्षा लिइरहेका थिए । उनको गुनासो गर्नुअघि नै ढिलासुस्तिप्रति माफी माग्दै फरफारक गर्नुपर्ने थियो । अब साथीसँग हारगुहार गर्नबाहेक अर्काे विकल्प थिएन । 

तिनी साथीको डेरामा पुगेकी छिन्, “के तिमी चिया खाने हो ? साथीको प्रश्न छ ।” 

तिनले बिहानै आफ्नो डेरामा एक कप कालो चिया खाएकी थिइन् । 

“भैहाल्यो । तिमीलाई अफिस जान ढिला हुन्छ । खाना पाकिसकेको छैन होला ?” तिनी भन्छिन् । 

“तरकारीको सिटी लाग्न मात्र बाँकी छ । अरू सब पाकिसकेको छ ।” तिनी भन्छिन् । 

“खानु न त ।” तिनी भन्छिन् ।

तिनीहरू सुत्ने कोठामा बसेका छन् । चिया पिइरहेका छन् । 

“तिमी कति मिठो चिया बनाउँछौ । तिमीकहाँ चिया खान मन त्यसै लोभिएको होइन ।” 

साथी महँगो चियापत्ती ल्याउँछिन् । त्यस्तो पत्ती सबै ठाउँमा पाइँदैन । विशेष ठाउँबाट तिनी किनेर ल्याउँछिन् । चिया खाँदा नै मगमग बस्ना आउँछ । स्वाद त जिब्रोमा नै झुन्डिन्छ । तिनलाई भने मिठो खान मन लाग्ने । विशेष ठाउँमा जान भने जाँगर नचलाउने । अनि कसरी तालमेल मिल्छ ?

“तिम्रो मान्छेको हालखबर के छ ?” तिनले प्रश्न गरेकी छिन्् ।

हिजो बेलुका फोन गरेको थियो । यो हप्तामा आउँछु भन्थ्यो । आउन हतारिएको देखियो । मैले नै उसलाई रोकेँ साथी भन्छिन् । 

के भनेर रोक्यो ? तिनको प्रश्न छ ?

राजा ! हामीलाई मोज गर्न त समय नै समय छ । कमाउन मात्र कम समय छ । छोटो समयमा धेरै कमाउनु छ । हातमा गेडी भएपछि जे पनि गर्न सकिन्छ । 

के भन्यो त राजाले ? तिनको प्रश्न छ ।

राजाको मुखमा बुजो लाग्यो । गेडीको महìव त उसलाई पनि थाहा छ 

साथी भन्छिन् । 

आफूलाई भने नआएर आपत् परेको छ । तिमीलाई भने आइदिएर आपत् पर्ला भन्ने पिर । तिनी भन्छिन् । 

के यसैलाई भन्ने होइन विडम्बना ? साथी हाँस्छिन् ।

तिम्रो आफ्नो मान्छे दायाँबायाँ लाग्दैन भन्नेमा ढुक्क छ्यौ । तिम्रो त त्यो नम्बरी सुन हो । चौबिस क्यारेट हो । तिनी भन्छिन् ।

मैले छानेकी होइन । मौकाले भेटिएको । 

कति भयो त्यो विदेशमा बसेको ?

दस वर्ष ।

“ल हेर त ! अझै पनि तिमीसँग फुरुङ्ग छ । तिम्रो कुरा काट्नै सकेन ।”

मैले पनि त नचाहिँदो कुरा भनेकी छैन नि ।

पटक्कै छैन । तिम्रो आँटको प्रसंशा गर्नै पर्छ । दस वर्षसम्म छुट्टिएको मान्छेलाई रोक्न सकेकी छौ । यो कम कुरा होइन । 

बिबिचमा त आएकी छ नि ।

त्यो पनि कति फरकमा ?

तीन÷तीन वर्षको अन्तरमा ।

पक्कै पनि त्यो चौबिस क्यारेट हो । 

राजा । अहिले मलाई पैसाको खाँचो प¥यो । 

के गर्ने ?

भन न त कति पठाऊँ ?

मैले भने जति रकम भोलिपल्ट एटिएममा आउँछ । 

अरू भन त ! यसलाई अर्काे संज्ञा दिने मिल्दैन । 

साथी दङदास छिन् । घडी हेर्छिन् ।

तिमीलाई हतार भयो कि ?

छैन । अहिले उदार खालको हाकिम आएको छ । त्यो हाकिम गुनासो गर्दैन । प्रश्न भने गर्छ । 

कस्तो पश्न ?

आज के भयो त ?

म एउटा न एउटा बहाना बनाइदिन्छु ।

त्यो पनि झुटो । होइन त ?

कहिले साँचो, कहिले झुटो मलाई सहुलियत दिएकोमा गुन लगाएको आभास दिन्छ । 

तिमी गुन सजिलोसँग आत्मसात कहाँ गर्छौ र बैगुनी । 

म त्यति बैगुनी छैन । जे भएन पनि म गुनलाई बेवास्ता गर्न सक्तिन । 

तिम्रो त हरकुरा दाहिने भएका छन् । मेरो त अहिले हरकुरा देब्रे भएको छ । 

मेरो त लोग्ने हो म त लाइसेन्स होल्डर । समय समयमा नवीकरण गरे पुग्ने । तिम्रो त रखौटे हो नि । साथी भन्छिन् । 

रखौटे । रेखौटे कोठामा आएको छ ।

म पनि आफ्नो अफिस आइपुगेँ । एघार बजेको छ । अरूको भन्दा मेरो अफिस समय फरक छ । ढिलो छ । मलाई मान्छे नै ढिलोढिलो । तिमीलाई पनि ढिलै भेटे नि । रखौटे भन्छ । 

ढिलै भेटे पनि अफसोच मान्नुपर्ने अवस्था छैन । तिमी आफ्नो काम फत्ते गर्छौ । तिनी भन्छिन् । 

त्यो चाहिँ हो । मलाई अल्मलिनु छैन । काम फत्ते गर्न अल्छी गर्दिनँ । जाँगर चल्छ । तिमीले खाना 

खायौ ? रखौटे भन्छ । 

छैन । तिनी भन्छिन् । 

आज म पनि यहीँ खान्छु । 

रखौटे सधैँ खाँदैन । खान आउँछु भन्दैन । यहीँ आएपछि मात्र जाकारी दिन्छ । उसको यो बानी तिलाई थाहा छ । उनी केही समय उसको बाटो कुर्छिन् । त्यो निक्र्यौल भएपछि मात्र भान्सातिर लाग्छिन् ।

आज चिकेन पनि खाने । रखौटे भन्छ । 

तरकारी के खाने ? तिनी प्रश्न गर्छिन् । 

के छ ?

परवर ।

साग लेऊ । 

उसको फर्माइस अनुसारको परिकार तिनी बनाउँछिन् । रखौटेले सधैँ खाने गरोस्, भन्ने तिनको चाहना छ । चाहना भएर के गर्ने ? रखौटेको पनि इच्छा हुनुप¥यो तिनी कर गर्दिनन् । त्यसलाई विच्क्याउनु छैन । आकर्षित गर्नु छ । उसकै कारणले तिनले ढिलै खाने बानी पारेकी छिन् । रखौटे बेलुकाको खाना भने तिनीसँग खाँदैन । खाजा खान्छ । दारु खान्छ । आरामसँग बस्छ । अनि घडी हेर्छ । 

६ बजे छ । मेरो त अफिस टाइम सकियो त । रखौटे भन्छ ।

ओभरटाइम गर्दनौँ ? तिनी रखौटेलाई जिस्क्याउँछिन् । 

जाँगर चल्दैन । रखौटे ठट्टा गर्न पछि पर्दैन । 

तिनीहरू घण्टौँ कोठामा बस्छन् र समय कटाउँछन् । तर...

थिन्ले मरेछ । रखौटेले तिनलाई सूचना दिन्छ । 

ए । हो ? त्यसैले त मेरो मनमा ठाउँ बनाएको छ । तिनी भन्छिन् । 

राम्रो काम गर्नेले नै हो ठाउँ बनाउने । रखौटे भन्छ । 

त्यो विकट गाउँको अभाव र विपत्तिसँग लामाहरूसँगै लड्दै बाँचेका थिन्ले तिनको वृद्ध अनुहारले दुखान्त कथा बनाउने सयौँ मुजाहरू तैपनि हासिरहने गाउँका ती बुजु्रग सम्मानित थिन्ले । गुम्बामा बौद्ध ग्रन्थको पाठ गरिरहेका लामाहरू, ध्यान गरिरहेका भिक्षुहरू, ज्ञान आर्जन गरिहेका बाल भिक्षुहरू । न्यूनतम आवश्यकता लागि यात्रामा निस्केका ती घोडचढी लामाहरू । त्यो निलो तालको छेउको साँघुरो घोडेको त्यो पनि बिच बिचमा खुस्केको । अलिकति पनि विचार र होसियारी नपुगे घोडा र मान्छे तालमा नै विलय हुने अवस्था । हिमयात्रा अनि हिउँमा नै बास । अनिश्चित भविष्य यात्रा । 

कति अप्रिय कुरा सुनायौ । तिनले भनिन् ।

क्यान्सर भएछ । एरिकले पनि सक्दो मद्दत 

गरेको हो । 

रखौटे ! तिनीसँग बरोबर जिस्कन्छ । रखौटे बरोबर तिनलाई फुुक्र्याउँछ । 

तिमी त मेरो टाइटानिककी प्रेमिका हौ ।

त्यति सुन्दर नायिका अनि प्रतिभाशाली नायक । तिनीहरूको प्रेम र तनाव हामीसँग दाँजेर तिनीहरूको प्रेमको अपमान नगर । तिम्रो उपमा मिलेन । मलाई त डुब्दै गरेको जहाजको प्रेमको दुःखान्त कथा बन्न छैन । हामी त डुब्दै गरेको जहाजमा चढेका छैनौ । हामी त ठोस धरातलमा छौँ । प्रेमलाई जिउँदो बनाइरहेका छौँ । तिनी भन्छिन् । तर ...

तिनीहरू चन्द्रागिरि पुगेका छन् । उसलाई केबुलकार चढ्ने रहर छैन । कुनै बेला थियो । मनकामनामा सुरुमै चढेर रहर पूरा ग¥यो । धाकलगाउने मौका मिलेको थियो । नयाँ ठाउँमा राखिएको केबुलकारमा भने अनुभवका लागि चढ्न हतारो गर्छ । कालिञ्चोलकमा गएर एक रात त्यहीँ बिताइको छ । अहिले भने तिनको रहर पूरा गर्न साथी लागेर आएको छ । तिनले प्रस्ताव गरेको धेरै भएको थियो । उसले टार्दै आएको थियो । अहिले भने टार्न नसकेर पछि लागेको हो । 

केबुलकारको पहिलो अनुभव गर्न पाएकोमा तिनी दङ्ग छिन् । 

तिनीहरू अहिले चुचुरोमा उभिएका छन् । 

यही हो हाम्रा राष्ट्रनिर्माता उभिएको ठाउँ । 

रखौटे भन्छ । 

कसरी यहाँ आइपुगेको ? तिनको जिज्ञासा छ ।

उनी आफ्नो दलबलसहित हिँडेर यहाँ 

आइपुगेका हुन् ।

त्यस्तो उपयोगी ठाउँ हो र यो ? यसको विशेषता के छ ?

अग्लाइ । राष्ट्रनिर्माताले आफ्नो उद्देश्यका लागि यो ठाउँ उपयुक्त देखेका थिए । तिनीहरू बाटो पहिल्याउँदै यहाँ आइपुगेका थिए । 

ऊ हेर ! यो उपत्यका हान्ने हो । यहाँको गद्दीमा म बस्ने हो । राष्ट्रनिर्माता भन्छन् । 

त्यति बढी आत्मविश्वास !

तिनीहरूले देखे । उपत्यकाको उर्वर भूमि । तिनीहरूले देखे सुन्दर बस्ती । तिनीहरूले देखे मठ, मन्दिर र गुम्बा । कलकल बगिरहेको नदी । त्यसको वरिवरि गगनचुम्बी पहाड । फुल्चोकी, शिवपुरी अनि ज्यामाचो । हरिया उच्च पहाडले उपत्यकाको पर्खालको काम गरेको । उपत्यका विजय उनको चरम उपलब्धि थियो । रखौटे तिनलाई व्याख्या गरिरहेको थियो । तिनलाई पनि केही कुरा थाहा नभएको होइन । उसको जस्तो रोचक ढङ्गले प्रस्तुत गर्ने क्षमता मात्र नभएको उपत्यकालाई तिनले राष्ट्रनिर्माताको आँखाले हेरिन् । 

उनी त अद्भूत नै हुन् । रखौटे भन्छ । 

कसरी ?  आफूले विजय प्राप्त गरेको ठाउँलाई त्यसै अलपत्र छोड्ने गरेका थिएनन् । शासन गर्ने मन्त्र पनि थियो उनीसँग । त्यो मन्त्र भाइभारदारका लागि गुरुमन्त्र बन्यो । 

शासनको आधारशिला बन्यो । कतिपय मन्त्रहरू अहिले पनि सान्दर्भिक छन् । 

घुस खाने चलन त त्यतिखेर पनि रहेछ । 

लिने र दिने दुवैलाई अपराधी देखेका छन् । 

त्यो बेलामा कर्मचारीहरू कति प्रतिशत घुस खान्थे होलान् ?

त्यो त उल्लेख गरेका छैनन् ।

उल्लेख गरेको भए रमाइलो तथ्याङ्क 

हामीले पाउथ्यौँ । 

त्यो उल्लेख त इतिहासकारले गर्नुपर्ने हो । तिनीहरूले गरेनन् । के भएको त इतिहासकारलाई ?

स्वास्नी प्रधानमन्त्री । लोग्ने मिस्टर टेन पर्सेन्ट । नाम नै मिस्टर टेन पर्सेन्ट ?

उसको खास नाम त मान्छेले बिर्सिए । जो पनि मिस्टर टेन पर्सेन्ट । 

त्यो त गजब ।

मान्छेलाई प्रख्यात हुन बर्सांै लाग्छ । ऊ त छोटो समयमा नै प्रख्यात भयो ।

भाग्यमानी रहेछ । 

हो नि । उसको ख्याति देशमा मात्र सीमित रहेन । देशबाहिर पनि फैलियो । 

यो त डेङ्गु झैँ फैलियो । कोभिडभन्दा पनि केही फरक पर्दैन । 

यी स्मरणीय महान् व्यक्ति एसियाका हुन् कि अफ्रिकाका ?

किन तिमीले यी दुवै महादेशको मात्र नाम 

लिएको ?

किनभने यी दुवै महादेश यो मामिलामा अगाडि नै छन् । 

उनी एसियाका हुन् । 

अझै टेन पर्सेन्टको निरन्तरता छ ? तिनलाई यो कु्रा रमाइलो लाग्छ । 

उनको श्रीमतीको प्रधानमन्त्री काल समाप्त हुनासाथ टेन पर्सेन्टको काम पनि सकियो । अब भने तिनीहरू युरोपमा छन् । 

एसियामा कमाउने युरोपमा उठाउने ।

यसलाई भन्छन् सही व्यवस्थापन ।

अहिले हामीकहाँ कति प्रतिशत घुस चलेको छ ?

हामीकहाँ घुस खाइँदैन ।

घुस नखाने शुद्ध देश बन्यो त ?

अब त्यसको स्वरूप फेरियो । कमिसनको रूपमा प्रकट भयो । अनि त्यो कमिसन सोझै लेनदेन हुँदैन । त्यसका लागि बिचौलिया हुन्छन् । सारा खेल तिनीहरूले नै खेल्छन् । 

अब त यो ठाउँ खेलको मैदान भइसकेको छ । विदेशी बैङ्कसँग कारोबार हुन्छ । 

स्टेटमेन्ट हेरेर काम हुन्छ । 

त्यो कमिसनको पनि हिसाबकिताब होला नि । 

त्यो नभई त फाइल सदर नै हुँदैन । 

लेनदेन तय कतिमा हुन्छ त ?

अब हेर । दस पैसामा काम सकियो । चौध पैसामा विदेशी बैङ्कको खातामा गयो अब तिमी नै हिसाब गर । 

अब यो त जिब्रो टोक्ने कुरा भयो त ?

उनीहरूको बैङ्क खाता मोटाउँदै जाने । हामी भने जिब्रो टोकेर राताम्मे हुने । 

हाम्रा भारदारहरू संसार प्रसिद्ध भइसकेका हुन् त ?

हुन् नि छरपस्ट नै छ नि । आजकालको एआईको जमानामा केही कुरा पनि लुक्दैन । 

मलाई त यो कुरा सुन्दा दिक्क लाग्यो । नाक काटेको ठाउँ हे¥यो । 

कोल्टे परेको छ । यहाँबाट देखिँदैन । 

मलाई त यो अनौठो घटना लाग्छ । सितिमिति सुन्न पाइँदैन । त्यस कारण मेरो मनामा गढेको छ । यो भोग्नेलाई कति पीडादायक भयो होला ? तरबारले काटे होला कि खुकुरीले । जमिन तर रगतको टाटाले बीभत्स बन्यो होला । धार्नीका धार्नीको कुरा छ । सङ्ख्या भने उल्लेख छैन । राजवैधले नभाएर होलान् कि इन्फेक्सनले सबका सब परमधाम पुगे । काटिएको सङ्ख्या तिमीलाई थाहा छ ? तिनको जिज्ञासा छ । 

अहिले भर्खरै प्रकाशित पुस्तकमा पढेको छु । तीन जना । त्यतिका लागि यति बढी हल्ला ?

भेलि अर्काे इतिहासकारले एक जना पनि होइन भनेर प्रमाणित गर्न सक्छ । 

इतिहासप्रति यति बढी खेलाँची ? नाककै कुरामा यति बढी हल्लीखल्ली ?

त्यो त तिमीले पढेकै हो नि ।

यो हो चाहिँ के त ? तिनी अनौठो मानिरहेकी छिन् । त्यति ठुलो घटना ठानेकी थिइनँ । यो त अहिले रखौटेले फुटेको बेलुन बनाइदिएको छ । 

प्रतीकात्मक अभिव्यक्ति त्यति हो । 

हो हामीले बुझ्ने यही हो । 

मेरो त अहिले गुम्बाले आँखा ताने । 

सारा कुरा हेर्न थाल्यो भने त यहीँ रात 

बिताउनुपर्ने हुन्छ । 

ढिलो भयो भने बिताउँला नि । पटक पटक आइने होइन क्यारे । तिनी भन्छिन् । 

तिम्रो जे इच्छा । 

साँच्चै गजब देखियो ।

त्यो ठाउँ जङ्गलले ढाकिएको छ । हरियालीले वातावरण सुरम्य बनेको छ । गुम्बाको अघिल्तिर आँगन देखिन्छ । फराकिलो आँगन । यो ठाउँमा अहिले स्वदेशका अतिरिक्त विदेशबाट पनि भिक्षुहरू आउँछन् । तिनीहरूलाई बस्ने, खाने व्यवस्था गरिएको छ । 

त्यहाँको त्यो विहार नि ?

त्यो त उल्लेखनीय नै छ नि । सुविधा सम्पन्न छ । एकान्तमा छ । बालबालिकाहरू बौद्धधर्मको अध्ययन गर्दछन् । तिनीहरूलाई ठाउँ ठाउँबाट ल्याइएको छ । धेरै जसो विपन्न परिवारका छन् । धेरै जसो बौद्ध धर्मप्रतिको अवस्थाका कारण डोरिएर आएका छन् । 

यो त परोपकारी कार्य हो । यो कल्याणको काम होइन त ?

बुद्ध धर्म र दर्शनलाई पुस्तान्तरण गर्ने पुण्य कार्य हो । त्यसले गर्दा यो ठाउँ महìवपूर्ण बनेको छ । 

महँगा सरकारी साधन ग्यारेजमा छन् । फराकिलो सडकले गर्दा ओहोरदोहोर गर्न सजिलो भएको छ । 

यसका लागि त खर्च धेरै लाग्छ होला । कताबाट ल्याउँछन् होला ? तिनको प्रश्न छ । 

त्यो ठाउँका मुख्य मान्छे टोड्के ह्ुन् । तिनले नै सब व्यवस्था मिलाउँछन् ।

ती पनि भिक्षु हुन् ?

धेरै अध्ययन गरेका विद्वान् भिक्षु । तिनलाई त फुर्सद नै छैन । विदेशको यात्रा बढी गर्छन् । सवारीसाधन चलाउन अरूलाई दुःख दिँदैनन् । बौद्ध दर्शनका बारेमा कार्यशाला चलाउँछन् । अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्छन् । उनीसँग सामान्य भिक्षुले भेट्ने मौका नै पाउँदैन । राम्रो प्रबन्धक भएकाले ख्याति चुलिएको हो । 

सबै काम हामीले जस्तै गर्ने भए उनी किन भिक्षु भएका त ? तिनको प्रश्न छ ।

त्यसेका उत्तर मैले दिने होइन, भिक्षुले दिन्छन् । 

तिनीहरू नजिकैको भोजनालयमा पसेका छन् । विविध प्रकारका खानेकुरा छन्् । उनीहरूले भने अघिपछिकै खाना अर्डर गर्छन् । विशेष लाग्दैनन् । 

तिनको दृश्यावलोकनको भोक मेटिएको छैन । त्यो चुचुराको अर्काे पाटोतिर तिनीहरू जान्छन् । 

रखौटेले तिनलाई मार्खु देखाउँछ । 

के छ र त्यसमा ?

भवानी भिक्षुको कथा त्यो फेरी फर्कलाको परिवेश छ । 

तिनले कथा पढेकी छैनन् ।

के उनी पनि भिक्षु हुन् ?

होइन । यो उनको उपनाम हो । नेपालका उनी ठुला कथाकार हुन् । 

इन्द्र सरोवरमा डुङ्गा चलिरहेका थिए । तिनीहरू अब फर्कने सुरसारमा छन् । 

तिनीहरू कोठामा आइपुग्दा साँझ परिसकेको थियो । तिनी आफ्नो कोठामा आइन् । रखौटे घरतिर लाग्यो । 

एक दिन । हो एक दिन । रखौटे ओछ्यानमा पल्टेर टेलिभिजन हेरिहरको थियो, दुई जना बालभिक्षुहरू देखा परे । तिनीहरू त्यही हरियाली बिहारमा अध्ययनरत विद्यार्थी थिए । तिनीहरू त्यहाँबाट भागेका थिए । तिनीहरू टोड्केले दिएको पीडा खेप्न नसकेर बाहिर आएका थिए । तिनीहरू टोड्केको त्यही कामको सिकार भएका थिए । बालभिक्षुहरू रुँदै थिए । आफू मात्र होइन, अरू बालभिक्षुहरूले पनि यातना खपिरहेको कुरा बताएका थिए । रखौटेले सोचेको थियो, भोलिका अखबारहरूमा यो खबरले प्राथमिकता पाउने छ । टोड्केलाई ठुलो धक्का लाग्ने छ । अनि जेल चलान हुने छ । आफ्ना बच्चाहरू भोलि ठुला भिक्षु बन्ने सपना बोकेका बाबुआमालाई चोट पर्ने छ । बिहान यो बारेमा कुनै पनि अखबारमा खबर थिए । के यो भ्रम थियो । रखौटे रणभुल्लमा थियो । 

के अब त्यो आउँदैन त ? साथीले तिनलाई प्रश्न गरेकी छिन् । 

धेरै दिन भइसक्यो । तिनी भन्छिन् । 

तिमीहरूको बिचमा कुनै झगडा भएको थियो ? साथीको प्रश्न छ ।

अहँ, केही पनि भएको थिएन । यथावत् चलिरहेको थियो । 

त्यस्तो पनि हुन्छ त ? पाँच पाँच वर्ष बिताएको सम्बन्ध झन् कसिलो हुनुपर्ने । साथी भन्छे । 

अब त आउँला जस्तो लाग्दैन । बिहे नै गरिसक्यो । तिनले भनिन् ।

तिमीले वकिलसँग कुरा ग-यो त ? साथीको प्रश्न छ । पार लाग्दैन । साथीको कोठाबाट तिनी निस्केकी छिन् । अहिलेलाई त गर्जो टरेको छ । यसरी कतिन्जेल चल्छ ?  

नयाँ बानेश्वर,  काठमाडौं - मधुपर्क