• ७ जेठ २०८१, सोमबार

यात्रा हाइकु

blog

जीवन यात्रा 

उत्साह र उमङ्ग

बल्छीमा माछा । 


सपना पनि

यौटा यात्राको बिन्दु

बाटो हरा’को ।


नानीहरूको 

सहाराको यात्रामा

निदरी खुल्छ । 


जीवन बग्छ 

नदी द्रूत गतिमा

जीवन भेट्न । 


अप्ठेरा यात्रा

उकाली र ओह्राली

शून्य द्यौराली ।