चाँगेले जित्यो रघुनाथ–छत्रमाया स्मृति कप उपाधि
महाशिवरात्रिको अवसरमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आयोजना गरिएको रघुनाथ–छत्रमाया स्मृति रनिङ कपको उपाधि चाँगेको माछापोखरी हिटी क्लबले जितेको छ । पाहुना टोली म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई २–१ गोलले पराजित गर्दै चाँगेले उपाधि जितेको हो ।
बुद्धिजीवी परिषद् ताप्लेजुङ अध्यक्षमा भण्डारी
नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद् ताप्लेजुङको अध्यक्षमा दिवस भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न परिषदको सातौं जिल्ला अधिवेशनले भण्डारी अध्यक्ष रहेको १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
हेवाखोलाको पुल निर्माण ढिलाइ हुँदा चिन्ता
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेवल (मोटर गुड्ने) पुल निर्माण गर्नमा ढिलाई हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन्। हिउँदयामको अन्त्य भई सक्दासमेत हेवाखोलाको पुल पुनर्निर्माण गर्नमा ढिलाई गरिएकाले ताप्लेजुङवासी चिन्तित बन्न थालेका हुन्।
भोलिदेखि रमजान सुरु
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
खुम्बुुमा बिरामीको उद्वार
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ नाम्चेमा सिकिस्त बिरामी हुनुभएको पशुपति तामाङलाई नेपाल प्रहरीको टोली उद्धार गर्दै ।
‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्त्वपूर्ण’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि त्यस क्षेत्रमा रहेको नेपाल प्रहरीले गस्ती सुरु गरेको छ। यसवर्ष हिउँद यामको पुस माघ महिनामा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो।
सिदिङ्वा र मिक्वाखोलामा माओवादीको कमिटी चयन
ताप्लेजुङको सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी चयन भएको छ।गाउँपालिका कमिटीको अधिवेशनमार्फत उक्त पालिकाहरुमा माओवादी केन्द्रको नयाँ कमिटी चयन भएको हो ।
चौँरी प्रवर्धन गर्दै सिरिजङ्घा गाउँपालिका
सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवद्र्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
बजार अनुगमनबाट म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ ।
परेवादिनमा परेवाको स्तम्भ निर्माण
धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनस्थित सिमल चोकमा परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भ निर्माण गरिएको हो ।
छातेढुङ्गा क्षेत्रतर्फ सबैको आकर्षण
तेह्रथुमको आठराईमा विक्रम संवत् १९८१ माघ १८ मा सुकलाल कन्दङ्वाले निर्माण गर्नुभएको ढुङ्गाको छाता अचेल पर्यटकीय स्थल बन्न थालेको छ । आठराई गाउँपालिका–५ मा रहेको यो छातेढुङ्गा हेर्न
विद्यार्थी बिरामी भएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय मङ्गलबारसम्मका लागि बन्द गरिएको हो ।
पाथीभरा क्षेत्रको सवारी पार्किङ निर्माण कार्य अन्तिम चरणमा
ताप्लेजुङको पाथीभरास्थित काफ्लेपाटी क्षेत्रमा अस्थायी सवारी पार्किङ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी अस्थायी सवारी पार्किङको निर्माण कार्यलाई तीव्रता दिइएको हो ।
उजाड भूमि बन्यो हराभरा : छाडेको गाउँमै फर्किए पचास परिवार
भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !
केबलकार विवादः वार्ताको आह्वान गर्न रास्वपा ताप्लेजुङको आग्रह
ताप्लेजुङमा निर्माणाधीन केबलकारको विषयमा उत्पन्न समस्यालाई निर्माण कम्पनी नै अग्रणी भूमिकामा वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले आग्रह गरेको छ।
इनरुवा नगर बाल सञ्जाल गठन
इनरुवा नगरपालिकाका १० वटा वडाका बाल क्लब तथा वडा सञ्जालका पदाधिकारीको नगर भेलाले विनोद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय इनरुवा नगर बाल सञ्जाल गठन गरेको हो।
कृषि उपज बिक्रीमा व्यस्त संविधानसभा सदस्य दुर्गाजयन्ती राई
खोटाङमा भइरहेको राष्ट्रिय बाँस सम्मेलनमा संविधानसभा सदस्य दुर्गाजयन्ती राई कृषि उपज बिक्रीमा व्यस्त हुनुहुन्छ। जिल्ला सदरमुकाम दिक्तेलमा पसल स्थापना गरेर कृषि उपज बिक्री गर्दै आउनु भएकी संविधानसभा राईले बाँस सम्मेलनमा स्टल राख्नु भएको छ।
माओवादी केन्द्र सिदिङ्वाको अधिवेशन सुरु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको तेस्रो अधिवेशन शुक्रबार सुरु भएको हो ।
जिल्ला अस्पताल खोटाङमा बेवारिसे शव अलपत्र
जिल्ला अस्पताल दिक्तेलमा बेवारिसे वृद्धको शव अलपत्र परेको छ । त्रि–धार्मिक स्थल हलेसीमा बेवारिसे अवस्थामा बस्दै आएका अन्दाजी ६०/६५ वर्षका वृद्धको मृत्यु भएपछि शव अलपत्र परेको हो ।
दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन
दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ ।
मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
धनकुटा छथरकाे परेवाको स्तम्भ
धनकुटा, फागुन १६ गते । धनकुटाको छथर जोरगाटी गाउँपालिका ५ स्थित परेवादिन सिमलचोकमा निर्माण गरिएको जोडी परेवाको स्तम्भ । तस्बिरः रासस
विभेद अन्त्य गर्ने प्रतिबद्धता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्गमा बसोबास गर्ने सर्वसाधारणका समस्या समाधानका लागि सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।