सान्थाक्रामा एक युवक मृत फेला
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो ।
इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै
रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।
ओरालो लाग्यो अलैँचीको मूल्य
हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ ।
सिदिङ्वाका चार वडा पूर्णखोप घोषणा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका चार वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । गाउँपालिकाका सातमध्ये वडा ५ लिम्बुदिन, वडा ७ सुरुम्खिम, वडा २ सादेवा र वडा ६ मेहेलेलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
४५ लाख बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा
सीमावर्ती भारतीय बजार जोगबनी तथा आसपासको क्षेत्रबाट भन्सार तथा राजश्व छलेर, न्यून विजकीकरण तथा न्यून मूल्याङ्कन गरी तस्करी हुने क्रम बढेको छ । सीमा क्षेत्रमा राजश्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीसमेतको समन्वय र सेटिङमा यसरी तस्करी बढेको आरोप लाग्न थालेको छ ।
विद्यालय–विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विद्यालय विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण गर्न सुरु गरिएको छ। आँखामा समस्या भए समयमै निदान गर्न विद्यालय विद्यालयमा पुगेर बालबालिका अर्थात विद्यार्थीको आँखा परीक्षण गर्न थालिएको हो।
मोरङमा दुई शव भेटिए
मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान एउटै रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला परेका छन्।
ओरालो लाग्यो अलैँचीको मूल्य
हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो। मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको छ।
कोशी अस्पतालका कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।
पूर्वी नेपालमा भेटियो नयाँ प्रजातिको चरा
नेपालको लागि नयाँ प्रजातिको चरा फेला परेको छ। पूर्वी नेपालको झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा क्षेत्रमा ‘पर्पल रम्प्ड सनबर्ड’ फेला परेको हो।
चित्रकला मार्फत् पर्यटकीय स्थलको प्रवर्धन
पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन्, तर पछिल्लो समय चित्रकला पनि प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ ।
व्यावसायिक रूपमा नौमती बाजाउँदै महिला
यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले व्यावसायिक रूपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरु यतिबेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभकार्यमा नौमती बजाउन व्यस्त छन् ।
माझी समुदायले मनाए लदी पूजा
माझी समुदायले सप्तकोसी नदीमा सामूहिक रूपमा लदी पूजा मनाएका छन्।
श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै
धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ ।
सिद्धि जलविद्युतबाट आधा दर्जन घर जोखिममा
निर्माणाधीन सिद्धिखोला जलविद्युत् आयोजनाका कारण इलामको रोङमा स्थानीयका आधा दर्जन घर जोखिममा परेका छन् । रोङ गाउँपालिका–६ र सूर्याेदय नगरपालिका–५ को सिमाना भएर
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।
मासिक एक दिन श्रमदान अनिवार्य
फुङ्लिङ, फागुन २० गते । नेकपा एमाले थेचम्बु वडा कमिटीले १ महिनामा कम्तीमा एक दिन श्रम अभियान सुरु गरेको छ । आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नारा सहित वडा कमिटीले उक्त अभियान सुरु गरेको हो ।एमाले जिल्ला कमिटी सदस्य तेजवीर मेन्याङबोका अनुसार थेचम्बु वडा कमिटीले सुरु गरेको अभियान अन्तरगत स्थानीय स्तरका सडक, बाटो, पानीका मुहान आदिमा सरसफाइ तथा सडकका खाल्डा पुर्ने लगायतका कार्य गर्ने गरिएको छ । युवा पङ्ती जागृत भई सामाजिक कार्यमा सक्रिय भएको मेन्याङबोको भनाई छ ।वडा तथा पालिकाका हरेक विकास निर्माणका कार्यमा श्रमदान अपरिहार्य रहेकाले यस्तो अभियान चलाइएको एमाले थेचम्बु कमिटीले जनाएको छ । श्रमदान सँगै स्थानीय स्तरका विकास निर्माणमा पनि सहयोग गर्ने श्रम दाताहरूको भनाई छ ।अहिलेको अवस्था राजनीतिक दलहरू एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त भइरहेको अवस्थामा एउटा राजनीतिक दल भित्रको कमिटीले यस्तो काम सुरु गरेकोले यो काम निक्कै उदाहरणीय बन्ने स्थानीय बासीहरूको भनाई छ ।
१९ औँ शताब्दीमा लोप भएको चरा चितवनमा भेटियो
नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।
एसईईका लागि ताप्लेजुङमा १७ परीक्षा केन्द्र निर्धारण
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो।
विद्यार्थीमा भाइरल इन्फ्लुएन्जा ‘ए’ पुष्टि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको भाइरल इन्फ्लुएन्जा ‘ए’ रोग भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्यापछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएपछि सो रोग पुष्टि भएको हो ।
‘विकासका लागि काँग्रेस–एमाले सरकार बनेको हो’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस–एमाले नेतृत्वको सरकार गठन भएकोे बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय काम गरेको बताउनुभयो ।
तमोर नदीको सुकेपानीमा बेलिब्रिज निर्माण सुरु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ ।
अग्नि पीडितलाई राहत
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ हमुनाम चाेकमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।
सञ्चारिका समूह धनकुटा अध्यक्षमा राई
सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।