मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
किराँत समुदाय आज नयाँ वर्ष मनाउँदै
किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
आइसिपीसँग जोड्ने सडक विस्तारको तयारी
विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।
चिया पकाउँदा सल्केको आगोले घर जलेर नष्ट
चिया पकाउन बालिएको आगो पूरा घरमा फैलिएर आगलागी भएको छ । आगलागीमा परेर फुसको छानो भएको ढुङ्गा माटोले बनेको एक तले घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।
यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार
ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ ।
रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको छ।
च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल
भोजपुर, पुस २९ गते । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल । केन्द्र सरकार र गाउँपालिकाको रु. दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।
कन्दमूलको व्यापार बढ्यो
माघेसङ्क्रान्ति पर्वका लागि सदरमुकाम गाईघाटलगायत जिल्लाका कटारी र बेल्टार बजारमा सखरखण्ड, तरुल, पिडालुलगायतका कन्दमूलको व्यापार बढेको छ । माघेसङ्क्रान्ति पर्व मनाउन
नाला र सडक निर्माणप्रति स्थानीयको असन्तुष्टि
मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि ज
उदार स्थानीय, कन्जुस प्रदेश
सरकारको कार्यक्रमलाई स्थानीयवासीले साथ दिने तर सरकारले आफ्नै कार्यक्रम कार्यान्वयनमा गम्भीरता नदेखाउने प्रवृत्तिले ‘केही भएन’ भन्ने निराशा बढाउँदो रहेछ । ओखलढुङ्गाको माने
राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ।
पाथीभरा वन समूह अध्यक्षमा सेम्बु निर्वाचित
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थि पाथीभरा सिम्बु सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अमृत सेम्बु लिम्बू निर्वाचित हुनुभएको छ। आफ्ना प्रतिद्वन्द्वी दिनेश राईलाई पराजित गर्दै सेम्बु समूहको अध्यक्षमा निर्वाचित हुनुभएको हो।
पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि
मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस
कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
अकबरे खोर्सानी खेती
पथरी, पुस २८ गते । भाेजपुरका किसानले व्यावसायिक रुपमा गरेको अकबरे खाेर्सानी खेती । पछिल्लो समय बजारमा अकबरे खोर्सानीको माग बढ्दो छ । तस्बिरः रासस
जलपन्छी गणना सुरु
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
उकालोमा पसिनाको कथा
सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्नुहुन्छ । त्यहीबेला लामो श्वास फेर्दै उहाँ भन्नुहुन्छ, “यो जिन्दगी सजिलो छैन ।”
लेखक संघको अध्यक्षमा लोवा
अखिल नेपाल लेखक संघको प्रथम जिल्ला अधिवेशबाट मचिन्द्र लोवा अध्यक्ष चयन हुनुभएको छ ।
गोरखापत्रकर्मी भण्डारी सम्मानित
गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कोकिला भण्डारी ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट पूर्वको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा योगदान दिएको भन्दै उहाँलाई सम्मानित गरिएको हो ।