‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड’ मा राउत सहभागी हुने
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव राउतले ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड–२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
पशुमा लम्पी स्किनको प्रकोप
ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ ।
झापामा धान उत्पादन घट्दै
अन्नको भण्डार मानिने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।
शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम
पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ ।
दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
पुरानो नियमावलीबाटै प्रदेश सभा सञ्चालन : नयाँ नियमावली सदनमा पेस गर्न माग
प्रदेश सभाको निर्वाचन भएको दुई वर्षसम्म पुरानै नियमावलीबाट सभा सञ्चालन गरिरहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा नियमावली तत्काल संसद्मा पेस गर्न माग गरेको छ ।
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ ।
पदमार्गमार्फत् ध्वजेडाँडा-खुवालुङ जोड्दै साँगुरीगढी
धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ ।
भारततर्फ सामान बाेकेर जाँदै गरेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित एकीकृत जाँच चौकीबाट भारततर्फबाट जाँदै गरेका मालवाहक ट्रकहरु । तस्बिरः रासस
एकीकृत जाँच चौकीमा रहेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित भेडियारीमा १२९ बिघामा रहेको एकीकृत जाँच चौकीमा पार्क गरिएका मालवाहक ट्रकहरु । तस्बिरः रासस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।
कोशी प्रदेशसभा बैठक बस्दै
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
सात करोडमा ओखलढुङ्गामा झोलुङ्गे पुल बन्ने
ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो ।
असल अभ्यासले चिनिँदै छ सूर्योदय
असल अभ्यासले चिनिँदै छ सूर्योदयइलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका मानिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै
आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद
सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । ।
रुद्राक्षको माला र ढकी
नेपालको मध्यपहाडी क्षेत्रमा पाइने रुद्राक्ष विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरेको छ । धार्मिक, आध्यात्मिक तथा औषधीय महत्व रहेको रुद्राक्ष पछिल्लो समय आर्थिक आर्जनका लागि उपयोगी बन्दै आएको छ ।
फोनिजको तेस्रो प्रदेश महाधिवेशनमा पाँच जना सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो प्रदेश महाधिवेशन उद्घाटन समारोहमा पाँच जना अग्रज फोनिजकर्मीलाई सम्मान गरिएको छ।
अस्थिरता अन्त्यका लागि ठुला दल मिल्यौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जराकेन्द्रित अभियानको उदघाटन गर्दै महासचिब पोखरेलले सो कुरा बताउनुभएको हो ।
सुनसरीमा हिसान स्पोर्टस् मिटको तयारी
सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ ।
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ ।
निर्माण व्यावसायीले बुझाए १४ बुुँदे माग
निर्माण व्यावसायीहरूको छाता संस्था निर्माण व्यावसायी सङ्घले विभिन्न १४ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई आज एक ज्ञापन पत्र बुुझाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत निर्माण व्यवसायीले ज्ञापनपत्र बुुझाएका हुन् ।