कोकिला ढकाल
इलाम, चैत २ गते । नेकपा एमालेका सचिव गोकर्ण विष्टले शिक्षकलाई पेसागत मर्यादामा रहेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
इलाममा शनिबार आयोजित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै विष्टले आफू पनि पूूर्वशिक्षक भएकाले शिक्षकहरूको पीर मर्का कस्तो हुन्छ ? भन्ने बुुझेको बताउनुुभयो ।
पूूर्व मन्त्रीसमेत रहनुुभएका विष्टले आम शिक्षकको समस्याका बारेमा वर्तमान सरकारले सम्बोधन गर्ने भन्दै सम्पूूर्ण शिक्षक समाजको पथप्रर्दशक भएकाले नैतिकवान र विद्यार्थीको असल गुुरु बन्न आग्रह गर्नुभयो ।
सचिव विष्टले शनिबार नै जिल्लास्थित एमाले नेता कार्यकर्तासँगको भेटघाटमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारको आवश्यकता र औचित्य माथि चर्चा गर्नुभएको थियो ।
सो अवसरमा नेता विष्टले विगतमा देशको अर्थतन्त्र, सामाजिक तथा अन्तर्राष्ट्र्रिय सम्बन्ध लगायतका विषयमा असहज स्थिति पैदा भएकाले देशलाई सही बाटोमा हिँडाउन गठबन्धनको सरकार आवश्यक परेको स्पष्ट पार्नुभयो ।
विष्टले इलाममा जारी साहित्य महोत्सवमा राखिएको राजनीतिक बहसमा समेत सहभागी हुने कार्यक्रम छ ।