पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
तेह्रथुम, फागुन २३ गते । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीको आवाजले चाङलुङ गुफा विचरणलाई थप यादगार बनाउँछ । यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको बासस्थान रहेको किंवदन्ती छ । स्थानीयले तिनको विशेष पूजाआराधना गर्दै आएका स्थानीय रमेश खड्काले बताउनुभयो । किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथिको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र छिर्दा कुकुर मात्र चाङलुङ गुफामा निस्कियो । बिजुवानीभित्रै कतै अलप भइन् । उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्न थालेको र यहाँ शक्तिशाली देवी रहेको विश्वास रहेको स्थानीय बुद्धिमान लिम्बूले बताउनुभयो । चाङलुङ गुफाको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारले लगानी गरेका छन् । विसं २०७५ यता चाङलुङ गुफा पर्यटन प्रवर्द्धनमा तीन तहका सरकारका रु तीन करोड बजेट खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट ९हावाघर०, सिँढी मार्ग, रेलिङ, फलैँचा, लभपार्कजस्ता संरचना निर्माण गरिएका छन् । कतिपय संरचना निर्माणाधीन अवस्थामा रहेका वडाध्यक्ष मादेनले बताउनुभयो । प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छथरका अध्यक्ष लिम्बूले बताउनुभयो । कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक हुँदै चाङलुङ गुफा पुग्न सकिन्छ ।
कटहरीमा अब रेलको प्रतीक्षा
भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ ।
केन्द्रिकृत परीक्षा केन्द्रमार्फत कक्षा ८ को वार्षिक परीक्षा सुरु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा केन्द्रिकृत रुपमा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ। फक्ताङ्लुङ गाउँपालिकास्तरीय कक्षा ८ अर्थात आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ बिहीबारदेखि सुरू भएको हो।
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।
फाप्लु विमानस्थलको रिफ्यूलिङ सेन्टर निर्माण अन्तिम चरणमा
फाप्लु विमानस्थलमा रिफ्यूलिङ सेन्टर स्थापना अन्तिम चरणमा पुगेको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा पर्यटकीय मौसममा फाप्लु विमानस्थलबाट नियमित हवाई उडान गर्न नेपाल आयल निगमको रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य अगाडि बढेको हो ।
मुलुक आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभएको छ।
धरानमा तीन राउन्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा बरामद
धरान उपमहानगरपालिकामा तीन राउन्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
‘हेलो सरकार पोर्टल’ सञ्चालनसम्बन्धी गोष्ठी
कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ ।
ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द
जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।
अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दैै सूर्योदय नगरपालिका
सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।
‘ मुन्धुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘ मुन्धुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ ।
हाते ट्याक्टरले खेत जोत्दै महिला
ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २, खुर्पादेन क्षेत्रमा मकै रोप्न हाते ट्याक्टरले खेत जोत्दै महिला । यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र किसानहरुको साझेदारीमा मकै जोन कार्यक्रम सञ्चालनमा छ। तस्बिरः रासस
धरान उपमहानगरपालिका
भाइबाहिनीहरू, कोशी प्रदेशमा अवस्थित धरान उपमहानगरपालिका नेपालकै एक सुन्दर तथा सांस्कृतिक विविधता भएको सहर हो ।
खसीको मासुको मूल्य प्रतिकिलो छ सय तोकियो
ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य सामानसहित खसीको मासुको मूल्य छ सय रुपियाँ तोकेको छ । मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपातलगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।
हेवाखोला पुल निर्माणमा ढिलाइ
मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पक्की पुल निर्माणमा ढिलाइ हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन् । हिउँदयाम सकिनै लाग्दासमेत पुल पुनर्निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।
डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन
डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ ।
धाप्लाङघाटमा पक्की पुल बन्दै
सुनकाशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुल निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यसअघि कोशीमा आएको बाढीको कटानबाट खोटाङपट्टिको पिल्लर बाङ्गिएप
चित्रकलामार्फत पर्यटन प्रवर्धन
पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन् तर पछिल्लो समय चित्रकला पनि प्रवर्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न सङ्घ संस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थललाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् ।
सुपारी प्रशोधन सुरु, निर्यात रोकिँदा किसानलाई चिन्ता
कोशी प्रदेशका सुपारी उत्पादक किसानले यस वर्षको उत्पादन प्रशोधन गर्न थालेका छन् । बोटमा सुपारी तयार हुँदै गएका कारण किसानले प्रशोधनको काम थालेका हुन् । सुपारी प्रशोधनको काम सुरु गरेका किसान भने उत्पादित सुपारी कसरी बेच्ने भन्ने चिन्तामा परेका छन् ।
बलिदान सम्झँदै समृद्धिको अभियान
क्रान्तिवीरको निसानी झापाको सुखानी, कम्युनिस्ट राजनीतिको केन्द्र वरिपरि फन्को लगाइरहन्छ । २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सत्ताले आस्थाका बन्दीलाई झापाको चन्द्रगढी कारागारबाट इलामस्थित कारागारमा लैजाने बहानामा झापाको खुदुनाबारी र इलामको दानाबारीमा पर्ने सुखानीको जङ्गलमा पाँच जना कम्युनिस्ट क्रान्तिकारी योद्धाको हत्या गरेको थियो ।
पाथीभरा जाने पदमार्ग निर्माण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो।
नेत्री पाण्डेको ‘भुइँमान्छे’ सार्वजनिक
निलम्बित नेकपा (एमाले) स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पार्टीको इतिहास झल्कने ‘भुइँमान्छे’ पुस्तक सार्वजनिक भएको छ।
बुढेसकालको नागरिकताले दिलायो खुसी
पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उहाँले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताउनुभयो ।
शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ सार्वजनिक
कथाकार शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । वाम्बुले राई समाज नेपाल (वाम्रास) संस्थाले ओखलढुंगाको मानेभन्ज्याङ–३ वामद्याल ९उँबुगाउँ० मा निर्माण गरेको मुन्दुम सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्क उद्घाटन समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो ।