सञ्चारिका समूह धनकुटा अध्यक्षमा राई
सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
बराह सहकारी पीडितद्वारा जाहेरी दर्ता
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुई सय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
मुकेश मेमोरियललाई सहिद कप भलिबलको उपाधि
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ ।
मौसम खुलेपछि सगरमाथा क्षेत्र (फोटो फिचर)
काठमाडौँ, फागुन १९ गते । शनिवारदेखि मौसममा सुधार आएसँगै आकाश खुलेको छ । खुल्ला आकाशसँगै पर्यटकहरू माउन्टेन फ्लाइट हुँदै हिमालहरू हेर्न जानेको सङ्ख्या बढ्दो छ । सोमबार मात्र आधा दर्जन बढी हेलिकप्टरले सगरमाथा क्षेत्रका लागि माउन्टेन फ्लाइट गरेका छन् । सगरमाथालाई अगाडिबाट हेर्नका लागि कोङदे टप (डाँडा) उपयुक्त विन्दु मानिने भएकाले पर्यटकहरू बिहान त्यस क्षेत्रमा चिया र नास्ता खान पुग्ने गर्छन् । पर्यटकको मुख्य मौसम मानिने (स्प्रिङ) वसन्त सिजन सुरु भएसँगै पदयात्राका क्रममा पर्यटकहरूकाे भीड लाग्ने गरेकाे छ ।
दाउराको जोहो
भोजपुर, फागुन १९ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कका स्थानीयले घर नजिकै भण्डारण गरेर राखेको दाउरा । तस्बिर : रासस
भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् ।
माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।
‘व्यापारिक सहर बनाइने छ’
विराटनगर महानगर कोेशी प्रदेशको एक मात्र महानगरपालिका हो । प्रदेशको राजधानीसमेत रहेको यो महानगर नेपालको राजनीतिमा धेरै जना प्रधानमन्त्री जन्माउने राजनीतिक सहरका रूपमा पनि चिनिन्छ ।
पल्लभीको आइपिओ आउने
पल्लभी लुब्रिकेन्टस लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडलाई नियुक्त गरेको छ ।
आगलागी हुँदा पाँच घर जलेर नष्ट
सुनसरीको भोक्राहा नरसिंह –६ मा आगलागी भएको छ । आगलागीमा परेर पाँच घर जलेर नष्ट भएको छ । आइतबार साँझ लागेको आगोले चार परिवारको पाँचवटा घर जलेर नष्ट भएको छ ।
एमालेले भन्यो : सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ
सत्तारुढ दल नेकपा (एमाले) ले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
कुकुरलाई रेबिजविरुद्धको खोप
ताप्लेजुङमा निःशुल्क रुपमा दुई सय ४१ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले कुकुरहरूलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो।
सिस्ने–सिँवा सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने
ताप्लेजुङस्थित तमोर कोरिडोरको सिस्नेखोला–सिँवा बजार सडक खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने भएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा पर्ने उक्त खण्डमा सडक निर्माणको काम भइरहेकाले दिउँसो एक घण्टा मात्र सडक खुल्ने भएको हो।
वन ऐन संशोधन हुन्छ : मन्त्री शाही
जनतालाई असहज भएको वन ऐन संसोधन गरिने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताउनुभयो। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुमा निर्माण भएको किरात वाम्बुले राई स्वालेवा स्तम्भ पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो।
गाउँपालिका कार्यालयमा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ। वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो।
विपन्न सेवाग्राहीलाई सुलभ ढङ्गले सेवा प्रवाह गर्न हामी प्रतिबद्ध छाैं : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रका भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ।
फालेलुङमा बन्यो पाँच शय्याको अस्पताल
फालेलुङ गाउँ पालिकामा निर्मित पाँच शय्याकाे आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ ।
नेकपा माओवादी केन्द्र इनरुवा अध्यक्षमा पौडेल
नेकपा (माओवादी केन्द्र) इनरुवा नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नगर अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित हुनुभएको छ ।
अग्निपीडितलाई राहत सामग्री
आगलागीबाट पीडित भएका परिवारलाई पाथीभरा याङवरक गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । अग्निपीडित पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बु ओलकका स्थानीय युवराज तामाङको परिवारलाई गाउँपालिकाले आज राहत सामग्री उपलब्ध गराएको हो ।
पाख्रिवास एमालेको नगर अधिवेशन सम्पन्न
विरोधको बाबजुद नेकपा (एमाले)को पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व प्रमुख वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो ।
‘औषधी छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधी छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो ।
मूल फुट्न थाले सुकेका मुहानबाट
धनकुटा नगरपालिका–७ र ८ को सीमास्थित मार्गाथानमा रहेको मार्गाथान कुवा स्थानीयको खानेपानीको मुख्य स्रोतका रूपमा रहेको छ ।
लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित
भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् ।
प्रथम राष्ट्रिय बाँस सम्मेलन : फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय
खोटाङ,फागुन १८ गते । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ ।जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो ।घोषणापत्रमा बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा समेटिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । यस्तै, बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादन गुणस्तर सुधार गर्न रणनीतिक व्यावसायिक नमूना विकास गर्ने बुँदा उल्लेख छ ।दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसका सामग्रीसहित विभिन्न ५१ वटा प्रदर्शनी कक्ष राखिएको थियो । नगरपालिकाले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र ग्रिन ब्याम्बो क्रियसन ललितपुरलगायतसँगको सहकार्यमा बाँस सम्मेलन गरेको हो ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा उद्घाटन भएको बाँस सम्मेलनमा सङ्घीय सांसद, प्रदेशका मन्त्री र सांसद, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुख, जिल्लाका दशवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो । नेपालकै इतिहासमा पहिलोपटक दिक्तेल बजारमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गरेको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । सम्मेलनको अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सीसमेत उपहार दिने निर्णय गरिएको गरिएको छ । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सञ्चालन भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायी उत्साहित भएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले रु पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाइएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनमा रु ४७ लाख बराबरको खर्च भएको नगरपालिकाले जनाएको छ । रासस