कविराज घिमिरे
हिले, फागुन १८ गते । विरोधको बाबजुद नेकपा (एमाले)को पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व प्रमुख वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो ।
आफ्नो सदस्यताको विषयमा अन्तिम टुङ्गो नलगाएसम्म अधिवेशन नगराउन कोशी प्रदेश कमिटीले दिएको आदेशलाई समेत नमानी अधिवेशन गराएपछि विरोध गरिएको उहाँले जानकारी दिनुभयो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले गत फागुन १४ गते एक विज्ञप्ति जारी गर्नुहुँदै वृष (राजन) राईको सदस्यताको टुङ्गो नलगाएसम्म पाख्रिवास नगर कमिटीको अधिवेशन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको थियो । सो आग्रह बावदजुद अविधेशन प्रक्रिया अघि बढेपछि विरोध भएको हो ।
यता एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले पार्टी बाहिर रहेको व्याक्तिले गरेको विरोधको कुनै औचित्य नहुने बताउनुभयो । २०७९ फागुनमै वृष (राजन) राईले पार्टीमा नरहेको जानकारी पत्र पठाएर पार्टीबाट बाहिरीको आङ्लाको भनाइ छ । कोसी कमिटीले अधिवेशन रोक्न पाटीलाई कुनै पत्र नपठाएको समेत जानकारी दिनुभयो ।
यसैबिच विरोधकै बाबजुद सिताराम राईको अध्यक्षतामा एमाले पाख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व खानेपानीमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राईसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । नवनिर्वाचित कमिटीको उपाध्यक्ष मदन राई, सचिव दुर्गा सुवेदी,उपसचिव (खुला) तार्ण बहादुर खपाङ्गी र महिला उपाध्यक्षमा मीठू देउजा निर्वाचित हुनुभएको छ ।