• १९ फागुन २०८१, सोमबार

वन ऐन संशोधन हुन्छ : मन्त्री शाही

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ।

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन १८ गते। जनतालाई असहज भएको वन ऐन संसोधन गरिने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताउनुभयो। 

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुमा निर्माण भएको किरात वाम्बुले राई स्वालेवा स्तम्भ पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो। 

वन क्षेत्रमा विकास गर्न कानुनी रुपले समस्या भएको गुनासो उठेकाले संशोधन गर्न आवश्यक कानुन संसोधनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने मन्त्री शाहीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

किरात वाम्लुले राईको जन्मदेखि मृत्यु पर्यन्तसम्म आवश्यक सांस्कृत सामग्री स्वालेवा स्तम्भ निर्मित पार्कको निर्माण सुरुभएको करिब सात वर्षपछि उद्घाटन गरिएको हो। 

किरात राई वाम्बुले समाज (वाम्रास) को अगुवाइमा करिब ८६ लाखको लागतमा ३९ फिट अग्लो स्वालेवाको स्तम्भ बनाइएको आर्थिक संयोजक हुम्चे राईले बताउनुभयो। 

पार्क उद्घाटन समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुङ्गाका संघीय सांसद रामहरि खतिवडा, राष्ट्रिय गानका सर्जक ब्याकुल माइला, संविधान सभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप कुमार सुनुवार लगायतका अतिथिको उपस्थिति रहेको थियो। किरात राई वाम्बुले समाज केन्द्रीय कार्य समितिका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा कार्यक्रम भएको थियो।