• १९ फागुन २०८१, सोमबार

मौसम खुलेपछि सगरमाथा क्षेत्र (फोटो फिचर)

blog

तस्बिर सौजन्य: क्याप्टेन सुरज थापा

काठमाडौँ, फागुन १९ गते । शनिवारदेखि मौसममा सुधार आएसँगै आकाश खुलेको छ । खुल्ला आकाशसँगै पर्यटकहरू माउन्टेन फ्लाइट हुँदै हिमालहरू हेर्न जानेको सङ्ख्या बढ्दो छ । सोमबार मात्र आधा दर्जन बढी हेलिकप्टरले सगरमाथा क्षेत्रका लागि माउन्टेन फ्लाइट गरेका छन् ।

सगरमाथालाई अगाडिबाट हेर्नका लागि कोङदे टप (डाँडा) उपयुक्त विन्दु मानिने भएकाले पर्यटकहरू बिहान त्यस क्षेत्रमा चिया र नास्ता खान पुग्ने गर्छन् । पर्यटकको मुख्य मौसम मानिने (स्प्रिङ) वसन्त सिजन सुरु भएसँगै  पदयात्राका क्रममा पर्यटकहरूकाे भीड लाग्ने गरेकाे छ ।