• २० फागुन २०८१, मङ्गलबार

प्रहरी र राजश्व अनुसन्धानको सक्रियता

४५ लाख बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा

blog

भन्सार छलेर नेपाल भित्राइएको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको विभिन्न सामग्रीसहितको ट्रक ।

सचिन पोख्रेल

बिराटनगर, फागुन २० गते ।  सीमावर्ती भारतीय बजार जोगबनी तथा आसपासको क्षेत्रबाट भन्सार तथा राजश्व छलेर, न्यून विजकीकरण तथा न्यून मूल्याङ्कन गरी तस्करी हुने क्रम बढेको छ । सीमा क्षेत्रमा राजश्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीसमेतको समन्वय र सेटिङमा यसरी तस्करी बढेको आरोप लाग्न थालेको छ । 

सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी बढेसँगै त्यसको नियन्त्रणका लागि पछिल्लो समय नेपाल प्रहरीको स्थानीय युनिटका साथै राजश्व अनुसन्धान कार्यालयको टोलीले थप सक्रियता देखाएका छन् । यस क्रममा नेपाल प्रहरीको टोलीले भन्सार छलेर नेपाल भित्राइएको करिब ४५ लाख बराबरको विभिन्न सामग्रीसहित एक भारतीय ट्रकला नियन्त्रणमा लिएर इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा परिचालित टोलीले युपी ८७ ९१८१ नम्बर भारतीय ट्रकला विराटनगर १८ बाट इलेक्ट्रोनिक्स सामग्री, फुड सप्लिमेन्ट्सका सामग्री, कस्मेटिक्स र मेडिकल सामग्रीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुझाएको हो । करिब ४५ लाख बराबरको सामग्रीसहित ट्रक र चालक भारत घर भएका ३५ वर्षका मोहम्मद अस्लामलाई पनि नियन्त्रणमा लिएर कार्वाहीका लागि बुझाइएको इप्रका रानीले जनाएको छ । 

प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि बुझाएको ती सामग्रीहरुको न्यून विजकीकरण र कम मूल्याङ्कन गरी भन्सार कर्मचारीसमेतको सेटिङमा न्यून भन्सार राजश्व लिएर पास गरिएको अनुमान गरिएको छ । 

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेका अनुसार सो ट्रकमा बढी मूल्यको सामान रहेको र त्यसला न्यून भन्सार लिएर पास गरी नेपाल भित्राइएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

सो ट्रकमा रहेको सामग्रीहरु विभिन्न सातवटा भन्सार प्रज्ञापनपत्र मार्फत नेपाल भित्राइएको र त्यस क्रममा करिब १३ लाख ८१ हजार रुपयाँ भन्सार तिरिएको बुझिएको छ ।राजश्व अनुसन्धान कार्यालयले प्रहरीले बुझाएको ट्रकसहितको सामग्री, त्यसको यथार्थ मूल्याङ्कन, भन्सारको यथार्थ दर, असुली गर्नुपर्ने राजश्व रकमलगायतको विषयमा सूक्ष्म अनुसन्धान गरी छानविन र कार्वाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । त्यसको अन्तिम अनुसन्धान र छानविन पछि के कति भन्सार राजश्व छलि गरिएको हो, त्यसैको आधारमा कार्वाही र जरिवाना हुने पनि बताइएको छ । 

यस बाहेक, भन्सार कर्मचारीको कमजोरी र समन्वयमा मात्र नभ सशस्त्र प्रहरी बलको समन्वय र सेटिङमा समेत सिमावर्ती क्षेत्रबाट तस्करी भइरहेका घटना पनि सार्वजनिक भएका छन् । केही समयअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अरबिन्द्र यादवले आफ्नो निजी क्लिनिकका लागि भारतबाट भन्सार छलेर सशस्त्र प्रहरी बलको डिउटी टोलीको सेटिङमा नेपाल भित्राएको विभिन्न मेडिकल उपकरण पनि नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएर कार्वाही गरेको थियो । सशस्त्र प्रहरीको डिउटीबाट दु लाख छ हजार मूल्य बराबरको मेडिकल उपकरणसहित छुटेको अवस्थामा नियन्त्रणमा परेका चिकित्सक यादवला इप्रका रानीको टोलीले भन्सार कार्यालय बुझाएको थियो । पछि धरौटी रकम बुझाएर चिकित्सक यादव छुटेको इप्रका रानीले जनाएको छ । 

यसरी पछिल्लो समयमा सीमा सुरक्षाका अतिरिक्त राजश्व चुहावट नियन्त्रणमा परिचालित सशस्त्र प्रहरी बलको स्थानीय युनिटकै समन्वयमा तस्करी हुन थालेपछि कोशी प्रदेश प्रहरी कार्यालयको निर्देशन र समन्वयमा जिल्ला प्रहरी कार्यालय र स्थानीय युनिटले सक्रियता देखाएको छ । 

भारतीय बजारबाट विशेष गरी कपडाजन्य सामग्रीका साथै चिनी, जिरा मसला, तेल, काजु, किसमिसलगायतका विभिन्न दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भित्राउने क्रम बढेपछि नेपाल प्रहरीका अतिरिक्त राजश्व अनुसन्धान कार्यालयको गस्ती टोली पनि सक्रिय बनेको छ ।

पछिल्लो समयमा जोगबनी तथा आसपासका नाकाबाट नेपालतर्फ अवैध तस्करी हुने गरेको र यसमा विभिन्न निकायको समन्वय रहेको भन्ने गुनासो बढिरहेको विषयला मध्यनजर गरी कार्यालयले रात्री गस्तीसमेत परिचालन गरिरहेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत घिमिरेको भनाइ छ ।