• १७ फागुन २०८१, शनिबार

परेवादिनमा परेवाको स्तम्भ निर्माण

blog

धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनस्थित सिमल चोकमा परेवा र सिलामसाक्माको स्तम्भ । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले फागुन १७ गते ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ परेवादिनस्थित सिमल चोकमा परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिका, वडा तथा स्थानीय युवाको सहकार्यमा निर्माण सम्पन्न उक्त स्तम्भ निर्माण गरिएको हो ।

स्तम्भ गाउँपालिकाको दुई लाख र स्थानीयको चार लाख ६३ हजार लागत सहभागितामा रहेको छ ।  को गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले एक समारोहका बिच स्तम्भको उद्घाटन गर्नुभयो ।

लिम्बू जातिको बाहुल्यता भएको तथा स्थानको नाम परेवादिन भएका कारण परेवा र सिलामसाक्माको स्तम्भ निर्माण गरिएको वडा नम्बर पाँचका वडाध्यक्ष डिकबहादुर लिम्बूले जानकारी दिनुभयो । 

पालिका अध्यक्षले अन्य पालिकाले जस्तो धेरै खर्च नगरी थोरै खर्चमै राम्रो तथा सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने स्तम्भ निर्माण गरिएको बताउनुभयो । उहाँले स्थानीय पहिचान संरक्षण तथा पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको यो स्तम्भ यो क्षेत्रकै सांस्कृतिक सम्पदाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।