राज्यसँग छैन जलन उपचार अस्पताल
ग्यास आगलागीको जलनमा परेका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । उहाँको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । बुधबार राति आफ्नै निवासमा ग्यास चुहावटका कारण जल्नुभएकी उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
नियमन र अनुगमन नहुँदा दुर्घटना
खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् ।
एक चौथाइ सदस्यले महाभियोग ब्युँताउन सक्ने प्रस्ताव
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा राष्ट्रपति वा उपराष्ट्रपति तथा संवैधानिक निकायका प्रमुखमाथिको महाभियोगको प्रस्तावका विषयमा गरिएको मस्यौदाको व्यवस्थामा अझै सहमति हुन सकेको छैन। तथापि मस्यौदाको विषयवस्तुमाथि सदस्यले बिहीबार समितिको बैठक बस्नुअघि फरक मत राख्न पाउने गरी बैठक स्थगित भएको छ। समितिले बिहीबार नै मस्यौदाको अन्तिम रूप दिने तयारी गरेको छ।
प्रमको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्नुहुने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो ।
स्रोतको दबाबले घटाइयो बजेट
राजस्व सङ्कलनले नकारात्मक वृद्धिको लय समातेपछि सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटको आकार घटाएको छ । आन्तरिक तथा बाह्य कारणले बजेटको स्रोतमाथि दबाब परेपछि सरकारले सुरु विनियोजनको तुलनामा १३.५९ प्रतिशतले बजेट घटाएको छ ।
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
कमजोर साइबर सुरक्षा
२०७५ साल वैशाखमा लोकसेवा, गृह मन्त्रालयसहित ६० वटाभन्दा बढी सरकारी वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरी ह्याकरले तिनलाई नियन्त्रणमा लियो ।
प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास
यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उहाँको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौँमा मृतक आचार्य पत्नीले दिनुभएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।
महाभियोगबारे समयसीमा तोक्न प्रस्ताव
संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाभियोग प्रक्रियालाई बढीमा तीन महिनाभित्र टुङ्ग्याउने गरी प्रतिनिधि सभा नियमावलीमा स्पष्ट व्यवस्था गर्न सांसदहरू एकमत देखिएका छन्। नियमावलीका प्रावधानलाई दुरुपयोग गर्दै पछिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रक्रिया लम्ब्याइएकोतर्फ सचेत गराउँदै अब प्रस्ताव दर्तापछि अन्तिम निर्णय गर्नुपर्ने समयसीमा नियमावलीमै स्पष्ट पार्नुपर्नेमा सांसदहरूको जोड छ। नियमावली संशोधनका लागि गठित समितिका सदस्यहरूले तीन महिनाको अवधि अपुग भए अन्तिम पटकका लागि कति समय दिन सकिने भन्ने पनि नियमावलीमै स्पष्ट पारेर जानुपर्नेमा जोड दिएका हुन्।
मुलुकको आर्थिक स्थिति सुधारोन्मुख
आर्थिक वर्षको आधा समय बित्दा अर्थतन्त्रका मुख्य सूचक सुधारोन्मुख देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र कुल विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखाएको हो ।
यती एयरको पखेटामा समस्या
माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ । दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन ।
अर्थतन्त्रको जग बसाल्ने हिमालयशमशेरको बिदाइ
हिमालयशमशेर जबराको स्वस्थानी पूर्णिमाका दिन आइतबार बिहानै निधन भयो। ९५ वर्षअघि वि.सं. १९८४ माघ ७ गते स्वस्थानी पूर्णिमाकै दिन उहाँ जन्मनुभएको थियो। हिमालयशमशेरको परिचयका लागि उहाँको नाम नै पर्याप्त थियो। नेपालले उहाँलाई नेपाली अर्थतन्त्रको जग हाल्ने व्यक्तिहरूमध्ये एकका रूपमा चिन्दछ। उहाँ नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिको पहिलो अर्थ सचिव हुनुहुन्थ्यो। सुवर्णशमशेर जबराद्वारा २००८ माघ २१ गते प्रस्तुत नेपालको पहिलो बजेट निर्माताका रूपमा उहाँको योगदान अर्थतन्त्रको आधार तयार पार्ने व्यक्तिका रूपमा पनि थियो।
उपचार र मनोबलको लोभलाग्दो सफलता
क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा. डा. उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै गर्दा सँगालेको यो अनुभव हो ।
मानवसेवाका उज्यालो ड्र्यागन
मध्याह्नको २ बजेको समय । जनवरी १७ को दिन । डा. सन्दुक रुइतको मोबाइलमा म्यासेजको घन्टी ‘टिङ्ग्रिङ’ बज्यो । डा. रुइतले मोबाइलको म्यासेज बक्स खोले, एउटा अपत्यारिलो सन्देश थियो । “हामीलाई यति ठूलो सम्मान के देलान् र ?” डा. सन्दुकको मनमा यस्तै लाग्यो । यस्तै सम्मान र पुरस्कारका नाममा अन्तर्राष्ट्रिय रूपमै ठगी धन्दा पनि त चलेको छ । सयौँ नेपाली यस्तै पुरस्कारमा लोभिएर लाखौँ उडाएका पनि छन् । कतै त्यस्तै त होइन ? त्यो म्यासेजमा बधाईसहित विश्वप्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छोटो जानकारी थियो ।
फरक फरक वर्षमा निर्वाचन गर्न सुझाव
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन फरक फरक वर्षमा गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा र एकै दिन हुँदा प्रादेशिक ‘एजेन्डा’ ओझेलमा परेको तर्क गर्दै उक्त सुझाव अगाडि सार्नुभएको हो।
जुँगा जतनको भत्ताले जोगिएका जुँगा
कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, आन्तरिक तयारी गरिँदै
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय कानुनले अयोग्य नरहेका तथा मतदाता नामावलीमा नाम भएका वंशज नागरिक उम्मेदवार हुन योग्य हुने व्यवस्था छ । ऐनको उक्त व्यवस्थाबमोजिम नै सक्रिय राजनीतिकर्मी वा बाहिरका व्यक्तिलाई राष्ट्रपति उम्मेदवार बनाउने सम्बन्धमा दलहरूले छलफल चलाएका छन् ।
सिमसार क्षेत्रमा थपिँदै चुनौती
अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।
पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै
भक्तपुरको दरबार क्षेत्रमा रहेको पाँचतले मन्दिर (ङातापोल्हँ, न्यातपोल)को जगलाई असर पर्ने गरी खन्ने कार्य भइरहेको छ । संरक्षित स्मारक क्षेत्रभित्र त्यसरी खन्दा पुरातìव विभागबाट स्वीकृति लिनुपर्नेमा त्यो कार्य पनि नभएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले भक्तपुर नगरपालिका वडा नं. ५, तौमडी क्षेत्रमा पाइपलाइन विस्तार गर्ने क्रममा ऐतिहासिक पाँचतले मन्दिर नै धरापमा पर्ने गरी पाइपलाइनका लागि खोल्सा खनिएको हो । त्यसरी खन्दा मन्दिरको जगका रूपमा रहेको ठूलो ढुङ्गा फुटाउन थालिएको छ ।
भाैतिक पूर्वाधारलगायतका क्षेत्रमा तीव्ररूपमा काम हुने
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गैरआवासीय नेपालीको माग र रवि प्रकरण फरक
सर्वोच्च अदालतको उत्प्रेषण आदेशअनुसार रवि लामिछानेको नेपाली नागरिकता प्रकरणमा प्रतिनिधि सभा सदस्य पद खारेज भई अन्य पदबाट पनि लामिछाने वञ्चित भएपछि गैरआवासीय नेपाली सशङ्कित बनेका छन्। तर गैरआवासीय नेपालीले माग गर्दै आएको नागरिकताको अधिकार र लामिछानेविरुद्धको रिटमा भएको सर्वोच्चको आदेशको प्रकृतिमा ठूलो अन्तर रहेको छ।
सरकारी वेबसाइट पाँच घण्टा अवरुद्ध
नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन्। दिउँसो करिब १२ः३० बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिनुभयो।
नेपाली आकाश कति सुरक्षित
नेपाल भूपरिवेष्टित राष्ट्र भएकोले जल यातायातबाट वञ्चित छ । उच्च हिमाली तथा पहाडी भू–बनोटको कारण सडक यातायात पनि कठिन नै छ । यस्तो अवस्थामा खाद्यान्न, औषधि आदि ओसारपसार गर्न, खोज तथा उद्धार एवं व्यापारिक प्रयोजनका लागि एक मात्र विकल्प हवाई यातायात बन्दै आएको छ । प्राकृतिक सौन्दर्यको दृश्यावलोकन र साहसिक पर्यटनमा पनि हवाई यातायातको स्थान महìवपूर्ण छ । तर यही माघ १ गते आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थ
हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क
सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ्चार सेवा शुल्क र विद्युत् महसुलमा लगाइँदै आएको इनर्जी शुल्क भने अझै उपभोक्तामाथि भार बनाइएको छ।