नेपालका न्यौपाने फिफा डिप्लोमा कोर्षमा छनोट
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुषबहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले संचालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट हुनुभएको छ ।
साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधि चुम्ने नेपालको तयारी
बङ्गलादेशमा मङ्गलबारदेखि साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार नै बंगलादेश पुगिसकेको छ ।
बराबरीमा रोकियो रियल म्याड्रिड
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियलले गिरोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
आर्सनल र युनाइटेड विजयी
शाीर्षटोली आर्सनल र म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोलले हरायो । अर्को खेलमा युनाइटेडले वेस्टहामलाई १–० गोलले स्तब्ध बनायो ।
भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो ।
पीएसजीको रोमाञ्चक जित
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ४–३ गोलले हरायो ।
एन्जिलालाई भारतको शीर्ष लिग खेल्ने मौका
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजन लिग खेल्ने मौका पाउनुभएको छ ।
लिभरपुललाई लिड्सको झट्का
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली लिभरपुललाई लिड्स युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भयो ।
म्यानचेस्टर युनाइटेडको सानदार जित
म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले मोल्दोभाको क्लब एफसी सेरिफलाई ३–० गोलले हरायो ।
साफ यू-१५ महिला टोलीको बिदाइ
बंगलादेशमा यही कात्तिक १५ गतेदेखि सुरु हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको शुक्रबार विदाइ गरिएको छ ।
लिभरपुल नकआउट चरणमा प्रवेश
इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
चेल्सी र डर्टमन्ड नकआउट चरणमा
इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियनसिप लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति भएको खेलमा चेल्सीले आरबी साल्जबर्गलाई २-१ गोलले हरायो ।
घरेलु मैदानमा वेस्टहाम विजयी
इङ्लिस प्रिमियर लिग फुटबलको मध्यमटोली वेस्टहामले बर्नमाउथलाई पराजित गरेको छ । घरेलु मैदानमा सामेबार राति भएको खेलमा वेस्टहामको बर्नमाउथलाई २-० गोलले हरायो ।
शीर्षटोली आर्सनल बराबरीमा रोकियो
शीर्षटोली आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाको सानदार जित
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सोमबार बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई ४–० गोलले हरायो ।
बलियो बन्दै रियल म्याड्रिड
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियौ बनाउँदै लगेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले सेभियालाई ३–१ गोलले हरायो ।
सिटीको सहज जित
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोलले हरायो ।
आरसीटीले मनायो ९०औं वार्षिकाेत्सव
नेपाली घरेलु फुटबलको सफल क्लबमध्येको अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्नो ९०औं वार्षिकाेत्सव मनाएको छ ।
घरेलु मैदानमा युभेन्ट्सको सानदार जित
युभेन्ट्सले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।
एमबाप्पे र मेस्सीको गोलमा पीएसजी विजयी
स्टार स्ट्राइकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानका सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी अजासियोलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
नवौं राष्ट्रिय खेलकुदको समापन केही बेरमा (प्रत्यक्ष प्रसारण)
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिताको अन्तिम स्पर्धा पुरुष फुटबल खेल अहिले पोखरा रंगशालामा जारी छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरकेको छ ।
कर्णालीमाथि एपीएफको गोल वर्षा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।
महिला फुटबल : सावित्राको दोहोरो ह्याट्रिक
सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।
महिला फुटबल : रेखाको ह्याट्रिकसँगै पुलिसको विजयी सुरुवात
रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।