अर्जेन्टिना, इटाली र जर्मनी विजयी
कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त अरव इमिरेट्स (यूएई) मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो ।
यू–१९ क्रिकेट मङ्सिर ७ देखि
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मङ्सिर ७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
अञ्जनको गोलमा नेपाल विजयी (फोटो फिचर)
पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो। यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो।
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल : पाकिस्तानविरुद्ध गोल गरेपछि अञ्जन विष्ट
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले खेलको ८३ औं मिनेटमा गोल गर्नुभएको छ।
नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो
काठमाडौं, कात्तिक ३० गते। नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा जारी छ। बुधबार साँझ ५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभएको थियो। नेपालले केही राम्रो प्रयास गरे पनि गोल गर्न नसकेको हो। घरेलु मैदानमा भएको खेलमा नेपाललाई दर्शककोसमेत साथ रहेको छ।नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।
दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा सुरु भएको छ । बुधबार साँझ ५ बजे खेल सुरु भएको हो ।
शुल्क तिरेर विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न पाइने
विश्वकम हेर्नका लागि दर्शकसँग मिडिया हब प्रालिले अतिरिक्त शुल्क लिन पाउने भएको छ ।
नेपाल आज पाकिस्तानसँग भिड्दै
नेपालले आज (बुधबार) दशरथ रङ्गशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दाबी गरेका छन् । नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभयो ।
कतार विश्वकपमा ८३१ खेलाडी
कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।
फिफा विश्वकपको दुई सय ९० वटा टिकट बेच्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्व फुटबल महासङ्घ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ ।
दुवै टोलीको जित्ने दाबी
दशरथ रङ्गशालामा बुधबार साँझ नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
कतार विश्वकपका लागि मेक्सिको र क्यानडाको टोली घोषणा
कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् ।
कप्तान मेस्सीसहित अर्जेन्टिना टोली कतारमा
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।
युनाइटेड र एस्टन भिल्लालाई सफलता
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई २–१ गोलले हरायो । अकोृ खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले नै स्तब्ध बनायो ।
अक्जिरमाथि पीएसजीको सानदार जित
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सरे एफसीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले अक्जिर एफसीलाई ५–० गोलले हरायो ।
कतार विश्वकपका लागि इरान टोलीको घोषणा
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
बीके सुनचाँदी टिम बन्यो फुटसल च्याम्पियन
पाँचौं ताम्राकार फुटसल प्रतियोगिता २०२२ को उपाधि बीके सुनचाँदी पसलले हात पारेको छ । ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा बीके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
बासिरको कप्तानीमा पाकिस्तान टोली घोषणा
दशरथ रङ्गशालामा कात्तिक ३० गते आयोजना हुन लागेको नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि पाकिस्तानले हसन बासिरको कप्तानीमा २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
अग्रता बढाउँदै आर्सनल
इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनलले आफ्नो अग्रता बढाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–० गोलले हरायो ।
फिफा विश्वकप २०२२ : धमाधम टोलीको घोषणा हुँदै
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने २२औँ संस्करणको फिफा विश्वकप फुटबलका लागि सहभागी देशले धमाधम आफ्नो खेलाडी टोलीको घोषणा गरिरहेका छन् । कतिपय देशले खेलाडी टोलीको अन्तिम नाम सार्वजनिक गरिसकेका छन् ।
नेपालले पाकिस्तानविरुद्ध रोहितको कप्तानीमा खेल्ने
दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्नुहुने भएको छ ।
ऐतिहासिक उपाधि जित्ने फुटबल टिमलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले यू–१५ महिला साफ च्याम्पियनसिप उपाधि उचाल्ने नेपाली टिमलाई बधाई दिनुभएको छ ।
साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जित्यो
बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
साबिक विजेता फ्रान्सको विश्वकप टोली घोषणा
साबिक विजेता फ्रान्सले कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खेलाडी टोलीको घोषणा गरेको छ । फ्रान्सले बुधबार राति २५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो ।