आरसीटीले मनायो ९०औं वार्षिकाेत्सव
नेपाली घरेलु फुटबलको सफल क्लबमध्येको अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्नो ९०औं वार्षिकाेत्सव मनाएको छ ।
घरेलु मैदानमा युभेन्ट्सको सानदार जित
युभेन्ट्सले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो ।
एमबाप्पे र मेस्सीको गोलमा पीएसजी विजयी
स्टार स्ट्राइकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानका सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी अजासियोलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
नवौं राष्ट्रिय खेलकुदको समापन केही बेरमा (प्रत्यक्ष प्रसारण)
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिताको अन्तिम स्पर्धा पुरुष फुटबल खेल अहिले पोखरा रंगशालामा जारी छ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरकेको छ ।
कर्णालीमाथि एपीएफको गोल वर्षा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।
महिला फुटबल : सावित्राको दोहोरो ह्याट्रिक
सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।
महिला फुटबल : रेखाको ह्याट्रिकसँगै पुलिसको विजयी सुरुवात
रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।
नवौँ राष्ट्रिय खेलकुद : पोखरा पर्यटनका लागि महत्त्वपूर्ण
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्त्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ ।
च्याम्पियन्स लिग फुटबल : बराबरीमा रोकियो सिटी
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
नेपालको पहिलो खेल भुटानसँग
बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
बार्सिलोना फेरि शीर्षस्थानमा
बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेल्टा डि भिगोलाई १–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो ।
लिभरपुललाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै आर्सनल पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले हरायो ।
यू–१७ एसियन कप छनोट : नेपाल सबै खेलमा पराजित
नेपाल यू–१७ एसियन कप छनोटको सबै खेलमा पराजित भएको छ । समूह ‘एफ’ अन्तर्गत भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा आइतबार भएको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ गोलले पराजित भयो ।
एन्फा बैठक बोलाउन माग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का बहुमत केन्द्रीय पदाधिकारीले एन्फा कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पदाधिकारीले विभिन्न ६ वटा एजेन्डा माग गर्दै कार्यसमिति बैठक तत्काल बोलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङ समक्ष माग गरेका हुन् ।
म्यानचेस्टर सिटी शीर्षस्थानमा
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।
बराबरीमा रोकियो पीएसजी
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
रियल म्याड्रिड शीर्षस्थानमा
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
एएफसी सदस्यमा नेम्वाङको उम्मेदवारी खारेज गर्न माग
एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेज गर्न एन्फाकै बहुमत कार्यसमिति सदस्यले माग गरेका छन् ।
एएफसी यु–१७ एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार
भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५–० गोलले पराजित भयो । नेपाल यसअघि थाइल्यान्डसँगको पहिलो खेलमा ३–० गोलले पराजित भएको थियो ।
युरोपा लिग फुटबल : आर्सनलको सहज जित
आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह ए अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोलले हरायो ।
फिफा वरीयतामा नेपालको एक स्थान सुधार
विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७५औं वरीयतामा उक्लिएको हो ।
मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको बराबरी
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात
नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाईल्यान्डसँग ३-० गोलले पराजित भयो ।
च्याम्पियन लिग : लिभरपुल र बायर्नको सानदार जित
लिभरपुल र बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेका छन् ।