• ७ वैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुदको समापन केही बेरमा (प्रत्यक्ष प्रसारण)

blog

काठमार्डौं, कात्तिक ३ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रतियोगिताको अन्तिम स्पर्धा पुरुष फुटबल खेल अहिले पोखरा रङ्गशालामा जारी छ। फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरकेको छ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको छ। फुटबल खेलको समाप्तिसँगै नवौं राष्ट्रिय खेलकुदको औपचारिक समापन कार्यक्रम सुरु हुनेछ । समापन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा केही समयअघि पोखरा रङ्गशाला पुगिसक्नुभएको छ।

समापनमा खेलाडीको मार्चपास, विभिन्न सांस्कृतिक झाँकीसहित कलाकारले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ। नवौंमा समावेश ३६ खेलमध्ये पुरुष फुटबलबाहेक अन्य प्रतिस्पर्धाहरू सकिसकेको छ । प्रतियोगितामा आर्मीले सर्वाधिक धेरै पदक जितेको छ।