• ८ वैशाख २०८१, शनिबार

युरोपा लिग फुटबल : आर्सनलको सहज जित

blog

बोडोविरुद्ध गोल गरेपछि आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज २१ गते । आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह ए अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोलले हरायो ।

आर्सनलको जितमा एड्डी एनकेटीह, रोब होल्डीङ र फाबियो भिइराले एक एक गोल गर्नुभयो । २३औँ मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाउनुभयो ।

२७औँ मिनेटमा रोबले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो । ८४औँ मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई सहज जित दिलाउनुभयो ।

जितसँगै आर्सनल समूहको शीर्षस्थानमा छ । आर्सनलले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलबाट चार अङ्क बनाएको बोडो तेस्रो स्थानमा छ । यसैगरी समूह ई अन्तर्गतको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ओमानिया निकोसियालाई ३-२ गोलले हरायो ।

युनाइटेडले पुनरागमन जित निकालेको हो । युनाइटेडको जितमा मार्कुस रासफोर्डले दुई तथा एन्थोनी मार्सियलले एक गोल गर्नुभयो । ओमानियाका लागि करिम अन्सारीफ्राड र निकोलस पाङ्गीटोउले गोल गर्नुभयो ।

३४औँ मिनेटमा करिमले गोल गर्दै ओमोनियालाई सुरुवाती अग्रता दिलाउनुभयो । ५३औँ मिनेटमा रासफोर्ड गोल गर्दै युनाटेइडलाई बराबरीमा ल्याउनुभयो ।

६३औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अगाडी बढाउनुभयो । ८४औँ मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाटेइडलाई थप बलियो बनाउनुभयो ।

लगत्तै ओमोनियाका निकोलसले गोल गरेपनि टोलीको हार टरेन । जितसँगै समूहको शीर्षस्थानमा रहेको युनाईटेडले तीन खेलमा ६ अङ्क बनाएको छ । अङ्कविहीन ओमोनिया तालिकाको अन्तिममा छ । एजेन्सी