• १९ असोज २०८१, शनिबार

आरसीटीले मनायो ९०औं वार्षिकाेत्सव

blog

काठमाडौं, कात्तिक ५ गते । नेपाली घरेलु फुटबलको सफल क्लबमध्येको अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्नो ९०औं वार्षिककाेत्सव मनाएको छ । आरसीटी अहिले शहीद स्मारक लिग ‘बी’ डिभिजनमा  छ । आरसीटीले ६ पटक ‘‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । आरसीटीको स्थापना १९८९ मा भएको थियो।

रानीपोखरीको दरवार हाई स्कुलमा आयोजित कार्यक्रमका अवसरमा क्लबले दिवंगत खेलाडी, सदस्य र समर्थकको सम्मानमा भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । साथै क्लबको इतिहास निर्माणमा प्रशंसनीय भूमिका निर्वाह गरेका सबैलाई आभार पनि व्यक्त गरेको छ ।