• १० मंसिर २०८१, सोमबार

नेपालको पहिलो खेल भुटानसँग

blog

बन्द प्रशिक्षणमा रहेका यू–१५ महिला खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, असोज २४ गते । बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश र भुटान गरी तीन टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्षटोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गराईरहेको छ । खेलाडीलाई प्रशिक्षक भगवती रानामगरले प्रशिक्षण गराउनुभएको छ ।